समाचार

आज आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिँदै

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । जेठ १५ मा प्रत्येक्ष नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन अनुरुप आज पनि आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दिउँसो १ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।...

सक्रिय पत्रकारहरु नै सदस्यताबाट बन्चित भएपछि प्रेस चौतारीको तालाबन्दी

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रेस चौतारीले पनि नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सक्रिय पत्रकारहरु नै सदस्यता लिनबाट बन्चित भएपछि चौतारीले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । ‘प्रेस चौतारी नेपाल अन्ततः नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको छ । अग्रजहरुको बलिदान, कष्टसाध्य संघर्ष, असाधारण त्याग र श्रमजीवी पत्रकारहरुको योगदानको जगमा पत्रकार महासंघ नेपालको अगुवा नागरिक संगठन रुपमा स्थापित छ । निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ हामीले पत्रकार महासंघको वर्तमान नेतृत्वलाई सहजीकरण र सहयोग गर्दै आएका थियौं ।’, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले आज फेसबुकमा फोटो शेयर गर्दै भनेका छन् । उनले भनेका छन्, ‘निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ हामीले पत्रकार महासंघको वर्तमान नेतृत्वलाई सहज...

बन्द भएका उद्योगहरु सञ्चालन गर्दै बागमती सरकार

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशमा बन्द भएका उद्योगहरु पुनः सञ्चालन हुने भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेशमा बनद भएका उद्योगहरु सञ्चालनमा ल्याइने बताएका हुन् । देशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उनले बताए । उनका अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ । प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने छ ।...
सिरोहियालाई ५ दिन म्याद थप्न प्रहरीको माग

सिरोहियालाई ५ दिन म्याद थप्न प्रहरीको माग

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पाँच दिनको म्याद थप्न प्रहरीले अदालतसँग माग गरेको छ । जेठ ८ गते पक्राउ परेका सिरोहियालाई दुई पटक तीन–तीन दिन म्याद थपिएकोमा आज म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषासँग पाँच दिन म्याद थप्न अनुमति मागेको हो । प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ ।...

एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपको उपाधि नेपाललाई

खेलकुद, समाचार
काठमाडौं । एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको छ । शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल लगातार १५ औँ पटक च्याम्पियन भएको हो । प्रतियोगितामा नेपालले १९ स्वर्ण जित्दै १५ औँ पटक च्याम्पियन बनेको हो । नेपालले १९ स्वर्णका साथै २४ रजत र ३० कास्य पदक जितेको छ । यस्तै, प्रतियोगितामा भारत १२ स्वर्णसहित दोस्रो बनेको छ । उसले १२ स्वर्णसहित ६ रजत र १२ कास्य पदक जित्यो ।...

अफगानिस्तानमा बाढीः १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । अफगानिस्तानमा बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीका कारण पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको स्थानीय अधिकारीहरुले बताए । टोलो न्यूजकाअनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको छ । बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति बाढी आउँदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापाक क्षति भएको बताए । लर्खाबमा तीन बालबालिका, एक महिला र दुई पुरुषसहित पाँचजनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् ।...

नेप्से परिसूचकमा सुधार, आज ३ अर्ब ८९ करोडको कारोबार

अर्थतन्त्र, समाचार
काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा पुगेर बन्द भएको छ । आइतबार २२ अंकमाथिले घटेको बजारमा सोमबार केही अंकको सुधार आएको हो । अघिल्लो दिन ४ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएकोमा सोमबार घटेर ३ अर्ब ८९ करोडमा झरेको छ । आज बैंकिङ, होटल तथा पर्यटन र नन् लाइफ इन्स्योरेन्सको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मकम भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २४७ कम्पनीको सेयर कारोबार हुँदा १४९ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ । सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वाइरिङ्गहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।...

महालेखाले औंल्यायो बन्चरेडाँडा ल्याण्डफिल्डका पाँच कमजोरी

ताजा अपडेट, समाचार
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बन्चरेडाँडा ल्याण्डफिल्डका पाँच कमजोरी औंल्याएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरले गरेका पाँच कमजोरी औंल्याएको हो। धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ मा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकासहित उपत्यका आसपासका २१ वटा स्थानीय तहले फोहोर विसर्जन गर्दै आएका छन्। भक्तपुर नगरपालिका मात्रैको फोहोर त्यहाँ बञ्चरेडाँडा जाँदैन। बञ्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले लिँदै आएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको कार्यविधि पनि बनेको छ। तर कार्यविधि अनुसार काम नभएको महालेखाले औंल्याएको हो। कार्यविधिमा फोहोर तौल गर्ने स्थानमा फोहोरसँग जोखिमयुक्त रेडियोधर्मी फोहोरहरू रहे–नरहेको जाँच गर्ने, विसर्जनको लागि ल्याइएको फोहोरको तौल लिई अभिलेख रा...

जलविद्युत आयोजनाः २८ करोडभन्दा बढी रोयल्टी उठाउन बाँकी

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी असुल गर्न बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । महालेखाको ६१ औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ । विद्युत ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउनु पर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन । रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षकको सुझाव छ ।...

वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द

शिक्षा, समाचार
वीरगञ्ज । वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिको आजको बैठकले अत्यधिक गर्मी बढेसँगै वीरगञ्जमा सञ्चालित विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए । भोलि (मंगलबार) भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए । पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भए...