समाचार

चार सयले बढ्यो सुनको मूल्य

चार सयले बढ्यो सुनको मूल्य

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैंयाले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । अघिल्लो दिन एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । वैशाख ७ गते सुनको भाउ प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यसैगरी, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ थियो ।...

दुई घण्टाका लागि पछि सर्याे बजेट भाषण

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । आज दिउँसो १ बजे हुने भनेको बजेट भाषण दुई घण्टाका लागि पछि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक दुई घण्टाका लागि सरेपछि बजेट भाषण पनि सरेको हो । आजको बजेट भाषण दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

आज गणतन्त्र दिवसः टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न

राजनीति, समाचार
काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपास गरेका थिए भने नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।...
गृहमन्त्रीद्वारा महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई बिदाको घोषणा

गृहमन्त्रीद्वारा महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई बिदाको घोषणा

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीको ४ दिन बिदाको घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा फेसबुकमा एक पोष्ट गर्दै गृहमन्त्री लामिछानेले सो घोषणा गरेका हुुन् । ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले लेखेका छन् । महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका छन् । फेसबुकमा उनले लेखेका छन्,‘मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’...
अष्ट्रेलियामा डुंगा पल्टियोः दुई जना नेपालीको मृत्यु

अष्ट्रेलियामा डुंगा पल्टियोः दुई जना नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिदा दुई जनाको मृत्यु भएको छ । सेभेन न्यूजका अनुसार २२ र २५ उमेरका दुई नेपालीहरूको मृत्यु भएको हो । दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार दिउँसो पौने तीन बजे ज्यान गएको थियो । उनीहरु उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्न गएको बताइएको छ ।...

गण्डकीको संसद बैठक स्थगित

ब्यानर-२, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशको आजको लागि बोलाइएको संसद बैठक स्थगित भएको छ । प्रदेशको सरकार फेरिने भएपछि मंंगलबारका लागि डाकिएको बैठक स्थगित गरिएको हो । बजेटको प्राथमिकता र सिद्धान्त संसदमा टेबुल गर्ने गरी दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइएको छ । यसअघिको प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रतिपक्षी सांसदहरू अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो । सामान्यतया बजेट पेस हुनुभन्दा १५ दिन अगाडि नै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान भएपनि राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।...

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

अर्थतन्त्र, समाचार
काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकोले त्यसलाई निकाल्ने प्रयास गरिएको छ । भाँसिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले ...
आज काँग्रेस संसदीय दलको बैठक बस्ने

आज काँग्रेस संसदीय दलको बैठक बस्ने

राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान १० बजे बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसिने काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सरकारले आज नयाँ बजेट ल्याउने तयारी गरिरहेका काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो । पछिल्लो समय काँग्रेसले सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।...
सहकारी ठगी प्रकरणः आजै ७ सदस्यीय छानबीन समिति गठन गरिने

सहकारी ठगी प्रकरणः आजै ७ सदस्यीय छानबीन समिति गठन गरिने

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी तथा अपचलनको विषयमा छानबीन गर्न आजै सात सदस्यीय समितिको गठन गर्न दलहरुले तयारी गरेका छन् । त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने तयारी गरेको एक नेताले बताएका छन् । कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले पूर्णता दिनेछ । त्यसपछि कांग्रेस र एमालेका २–२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक–एक जना सदस्य रहने गरी संसदीय समिति बन्ने छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी गरिएको बताइएको छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनको नाम नै तोकेर समिति गठन गर्न माग गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक संसदीय समिति गठन गर्न पहल गर्दै आएका थिए । त्यसमा दलहरु सहमत भए पनि सो समितिको कार्यादेशमा ...
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि नेपालमा रेमल चक्रवातको प्रभाव कायम नै छ । जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...