समाचार

सहकारी ठगी प्रकरण छानबिनका लागि ७ संसदीय समिति

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं।सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति बनेको छ। समितिमा एमाले रकांग्रेसबाट २÷२ जना र अन्य दलबाट १ ÷१ जना रहने जनाइएको छ। संसद सचिवालयले जनाए अनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने,एमालेबाट सूर्य थापा र सरिता भुसाल,माओवादीबाट लेखनाथ दाहाल,राप्रपाबाट ध्रुवबहादुर प्रधान र रास्वपाबाट शिशिर खनाल सदस्य रहनेछन्।  सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने पनि बजेटमा उल्लेख गरेको छ।    ...

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन,कक्षा ६ देखि नै छात्रवृत्ति,छात्रवृत्तिका लागि ६० करोड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौ। सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको बताएका हुन् ।यस्तै सरकारले छात्रवृत्तिका लागि ६० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् । अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ।हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो।यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको हो।...

एक वडा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने,सहुलियत उपचारका लागि पनि बजेट छुट्टाइयो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं। सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। आज मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२को बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।उनले एक वडा एक आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको उल्लेख गरेका छ। यस्तै सरकारले सरकारले सहुलियत उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।आगामी आव२०८१÷०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर,मृगौला,अल्जइमर्स,स्पाइनल इन्जुरी,हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो। सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। ...

बिहीबारदेखि सुरु हुने श्रमाधान मेलाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । बिहीबारदेखि काठमाडौंमा श्रमाधान मेला सुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेला सुरू गर्ने मेलालाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । देशका सातैवटा प्रदेशमा हुने मेला दुई–दुई दिन सञ्चालन हुनेछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले जानकारी दिए। युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको रिजालले बताए। उनका अनुसार मेलाले समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्त्वपूर्ण भूमिका रहनेछ ।...

पाकिस्तानमा उच्च गर्मीः ५२ डिग्रीभन्दा माथि पुग्यो तापक्रम

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । पाकिस्तानमा गर्मी उच्च रुपमा बढेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि पुगेको थियो । जलवायु विभागका वरिष्ठ अधिकारीका अनुसार सोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको थियो । जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबीच पछिल्लो समय एसियाभर नै गर्मी खपीनसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमान कायम गरेको थियो ।...
सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी

सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि धनुषाको जनकपुरस्थित काब्या अस्पतालमा उपचाररत उनलाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । सो अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो । सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए । सिरोहियालाई काठमाडौँ ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने परिवारले जनाएको छ । उनलाई कुन अस्पतालमा राख्ने भन्ने परिवार स्रोतले खुलाएको छैन । जिल्ला अदालत धनुषाले उनलाई तीन पटक तीनतीन दिन म्याद थप गर...
सहकारी छानबीन गर्न सत्तापक्ष र काँग्रेसबीच सहमति

सहकारी छानबीन गर्न सत्तापक्ष र काँग्रेसबीच सहमति

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सत्तापक्ष र काँग्रेसबीच ४ बुँदे सहमति भएको छ । दुवै पक्षबीच कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ। यस्तै २० वटा समस्याग्रस्त सहकारीको नाम राख्ने सहमति पनि भएको छ । यस्तो छ टीओआर :...
प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै काँग्रेस

प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै काँग्रेस

राजनीति, समाचार
काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनमार्फत कांग्रेसले संसदीय समिति गठन, सहमतिलगायत विषय जानकारी गराउने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कार्यदलको कार्यादेश, कार्यावधि र कार्यपद्धतिको विषय पनि पत्रकार सम्मेलनमा जानकारी गराइनेछ । मंगलबार नै प्रतिनिधिसभाको बैठकबाट संसदीय समिति छानबिन समिति घोषणा हुँदै छ ।...

काँग्रेसद्वारा संसदीय छानबिन समिति बनाउन भएको सहमति अनुमोदन

राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले सहकारी रकम ठगी तथा अपचलनसम्बन्धि संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । आज संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । काँग्रेसलगायत संसद्‍मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमबार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहकारी अपचलन सम्बन्धि कार्यादेशमा पनि सहमति भएको जानकारी दिए । लेखकले समग्र सहकारीको बारेमा कानुनी र संस्थागत प्रबन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए ।...

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेरिने, नयाँ नाम ‘राष्ट्रिय रोजगार कार्यक्रम’

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । यस वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम फेरिएर आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो नाम फेरेर राष्ट्रिय रोजगार कार्यक्रम राख्न लागेको हो । कार्यक्रमले सात सय ५३ वटा पालिकाको मागको आधारमा सीप र तालिमको विवरण माग गर्ने र त्यसैको आधारमा सीप दिने गरेर कार्याक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । गत आर्थिक वर्ष २०७९–८० मा नै यो कार्यक्रम परिमार्जन गर्ने उद्देश्य राखिएको थियो। यो कार्यक्रम आर्थिक वर्ष २०७५–७६ देखि यो कार्यक्रम सञ्चालनमा आएको हो। २०७५ फागुन एक गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका थिए। चालु आर्थिक वर्षमा यो कार्यक्रमको लागि पाँच अर्ब ९५ करोड रूपैयाँ बजेट विनियोजन भइसकेको छ। गत आर्थिक वर्ष २०७९–८० मा यो कार्यक्रमको लागि सात अर्ब १५ करोड १० लाख बजेट छुट्याएको थियो।...