‘बोक्सीको घर’को कमाई कति भयो ?
काठमाडौं । अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले दर्शकको राम्रो साथ पाएको निर्माताको दाबी छ । अहिले पनि उच्च अकुपेन्सीका साथ यो फिल्म चौथो दिनमा प्रदर्शनरत छ।
यस फिल्मले तीन दिनमा ३ करोडको व्यापार गरेको वितरक कम्पनी टी(फोल्कस्को दाबी छ । वितरकका अनुसार फिल्मले शुक्रबार र शनिबार दुई करोड ३० लाख ‘ग्रस कलेक्सन’ गरेको छ ।त्यस्तै, आइतबार कम्तीमा ६५ करोडको व्यापारको गरेको ट–फोल्कका प्रबन्धक प्रचण्डमान श्रेष्ठले बताएका छन् ।
सुलक्षण भारतीको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी मुख्य भूमिकामा छन् ।फिल्ममा बालकलाकार सुपला सापकोटाको अभिनयले पनि निकै चर्चा पाएको उनिहरुको भनाई छ ।...
