समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरीमा उजुरी दर्ता

ताजा अपडेट, समाचार
काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। सर्लाहीका एक व्यक्तिले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक–फरक रहेको जाहेरीमा उल्लेख छ ।प्रहरीले जाहेरी उपर आवश्यक प्रक्रिया थालिने बताएको छ ।...

बझाङमा एमालेले लियो अग्रता

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ । एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन्। तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।...

इलाम २ उपनिर्वाचन अपडेट : स्वतन्त्र उम्मेदवार डाकप्रसादलाई शून्य मत,१० मत पनि नकटाउने उम्मेदवार ५ जना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले खाता नै खोल्न पाएका छैनन् ।अहिलेसम्म उनको पक्षमा एक मत पनि पाप्त भएको छैन । यस्तै १० मत पनि नकटाउने उम्मेदवार ५ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन् । नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् । यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् ।भने,मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका छन् ।डाकप्रसाद...

के बिहान खाली पेटमा कफी पिउनु फाइदाजनक छ ? जानीराखौं

जीवनशैली, ताजा अपडेट, समाचार, स्वास्थ्य
मनिषा गुरूङ काठमाडौं । हामीमध्ये धेरैको बानी चिया वा कफीबाट दिनको सुरुवात गर्ने हुन्छ ।तर,बिहान खाली पेटमा कफी खाँदा के हुन्छ। भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ । यदि कफी सीमित मात्रामा र सही तरिकाले खाने हो भने स्वास्थ्यका लागि निकै फाइदाजनक रहने स्वाथ्यकर्मीहरु बताउँछन्।कफीमा मेटाबोलिजम बूस्ट गर्ने तत्व भएको हुँदा यसले टाउको दुखाइबाट राहत प्रदान गर्नुका साथै पाचन प्रणलीलाई पनि राम्रो बनाउँदछ । त्यस्तै कफीले तौल घटाउन समेत मद्धत गर्छ ।यसले तत्काल ऊर्जा प्रदान गर्दछ।भने,छिटोछिटो क्यालोरी घटाउन मद्दत गर्दछ ।आहारविज्ञ भन्छन,‘कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर बिहान खाली पेटमा कफी पिउनु कत्ति पनि ठीक होइन।यसो गर्दा तपाईंको स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुनसक्छ । यसकारण पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास,कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्...

बझाङमा कांग्रेसको अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
 धनगढी । बझाङको प्रदेश सभा–१ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहलाई ७ हजार ४९२ मत प्राप्त भएको छ । भने नेकपा एमालेका भण्डारीलाई ७ हजार २२८ मत मिलेको छ । सुरुआती मत गणनामा भने यहाँ एमाले दोब्बर मतसहित अग्र स्थानमा थियो । यसैगरि नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् ।भने, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् । तर,राप्रपाका किशोर खड्काले भने,जम्मा १ सय ८२ मत पाएका छन् ।...

सबै नागरिकलाई पेन्सन योजनामा समेट्ने नागरिक लगानी कोषको तयारी

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं ।नागरिक लगानी कोषले देशभरका सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी गरेको छ। विराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले सबै नागकिरकलाई नागरिक पेन्सन योजनामा समेटने तयारी गरेको जानकारी दिए। उनका अनुसार यस योजनामार्फत चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको र यस अवधिसम्म ६ हजार एक सय १० जनाले सहभागिता जनाएका छन् । यस योजनामा आय आर्जन गर्ने,प्रचलित कानुन बमोजिम स्थापना भएका संघ,संस्था,एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक,कर्मचारी,स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ। भने,बचतकर्ताहरूले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् ।बचतकर्ताक...

बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

ताजा अपडेट, समाचार
विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा उच्च अदालत विराटनगरले प्रत्यर्थी झिकाउने आदेश दिएको छ । न्यायधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार  प्रतिवादी झिकाउने आदेश गरेको हो ।जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी प्रतिवादी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो । उच्च अदालत रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार अदालतको आदेशपछि अब प्रतिवादीका नाममा म्याद जारी हुनेछ ।...

उपनिर्वाचन अपडेट : इलाम २ मा एमालेको फराकिलो अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
 इलाम । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनमा ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २८२ को फराकीलो मतान्तर बनाएका छन् । इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो। वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहाङ नेम्वाङले ७६७७ मत पाएका छन्।भने,कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन्।त्यस्तै चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४हजार ५८ मत पाएका छन् ।यस्तै रास्वपाका उम्मेदवारले ११६२ मत प्राप्त गरेका छन्। हेर्नुस् कसको मत कति ?...

विद्यार्थी बोक्ने सवारीको गति निर्धारणबारे गृहमन्त्रीको चासो

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेका छन् । गाडीको गति बढी हुँदा बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई गति निर्धारणबारे जिम्मेवार बन्न आग्रह गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनको दुर्घटना न्यूनीकरण गर्न सवारी साधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएको पत्रमा उल्लेख गरेका छन् ।...

गृह मन्त्रालय जान अनलाइनबाटै प्रवेश पास

ताजा अपडेट, ब्यानर-१, राजनीति, विचार, समाचार
काठमाडौं ।अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै पास पाइने भएको छ । गृह मन्त्रालयले हिजो आइतबार सूचना जारी गर्दै आज सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबारपास डट जीओभी डट एनपी सर्च गरी क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुन्छ ।  ...