समाचार

नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेशको अधिवेशन सम्पन्न

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार उपत्यका प्रदेशका अध्यक्ष श्रिजन झाको अध्यक्षतामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा उक्त अधिवेशन सम्पन्न भएको हो । मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन सत्रमा उप—मेयर विजय कृष्ण श्रेष्ठ,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,केन्द्रिय सदस्य शान्ताराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतको उपस्थिति रहेको थियो । यस्तै बागमति प्रदेशका अध्यक्ष शिवप्रसाद सिमखडा, प्रेस युनियनका अध्यक्ष नकुल अर्याल,प्रेस सेन्टरका अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’,प्रेस चौतारी उपत्यका प्रदेशका इन्चार्ज हेमराज सिलवाल, श्रमजीवि पत्रकार संघमा अध्यक्ष जन्...

इलाम–२ मा एमालेका सुहाङको अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् । सुहाङले ३ हजार २४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई २ हजार ४६९ मत प्राप्त भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन् ।...

कोशी प्रदेश राष्ट्रिय महिला लिगमा छनोट

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।कोशी प्रदेश राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ ।सुर्खेतमा भइरहेको एन्फा महिला लिग छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरी खेलेपनि कोशीले शीर्ष तीनमा रहने पक्का भएको छ । यसअघि लगातार चार खेल जितेको कोशीको यो पहिलो बराबरी हो । ५ खेलबाट कोशी १३ अंकसहित शीर्ष स्थानमा छ । कोशीले अब बागमती प्रदेशसँग खेल्न बाँकी छ ।सात प्रदेश सहभागि छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली आसन्न राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । मधेशलाई शीर्ष तीनमा रहेर राष्ट्रिय लिगमा छनोट हुन अन्तिम खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशले समान ९ अंक छ र दोस्रो र तेस्रो स्थानमा छ । दुवै टिमले समान चार खेल खेलेका छन् । अब आगामी मंगलबार कर्णाली र सुदूरपश्चिमबीच खेल हुँदैछ । यस खेलको विजेता शीर्ष तीनमा रहने पक्का हुनेछ । त्यसपछि कर्णालीले गण्डकी ...

बझाङमा एमाले उम्मेदवारको अग्रता कायमै, ६०८ मतले अगाडि

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीभन्दा उनि ६०८ मतले अगाडि छन् । भण्डारीले २८९० मत प्राप्त गरेका छन् ।भने, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत प्राप्त गरेका छन् । यो संख्या ८०७२ सदर मतमध्येको हो । त्यस्तै गरि नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।...

इलाम–२ मा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा,कांग्रेसले लियो अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । त्यसपछि स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् ।भने ,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् । त्यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएकी छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले भने शून्य मत पाएका छन् ।...

बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । नेकपा एमालेका दमन भण्डारीले ७५७ मत पाउँदा नेपाली काँग्रेसका अविशेक सिंहले ३८० मत पाएका छन् । त्यस्तै जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना भइरहेको बताइएको छ ।  ...

नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट बाहिर निकालियो

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेस डटकमका वरिष्ठ संवाददाता नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उपचारमा संलग्न काठमाडौं मेडिकल कलेजका चिकित्सकका अनुसार उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।उनको शनिबार करिब ६ घण्टा लगाएर टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया सम्पन्न भएको थियो। अहिले नविनले श्वासप्रश्वास लिन, शरीरका अंगहरू चलाउन थालेको लेचिकित्सकले बताएका छन्।उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषधि चलाइएको छ। चिकित्सकले १४ दिनसम्म प्रत्यक्ष निगरानीमा राखेर हेर्ने बताएका छन्।नविन शनिबार बिहान दरबारमार्गको राइजिङ मलअगाडि सडक दुर्घटनामा परेका थिए ।उनलाई ट्रमा सेन्टरले केएमसीमा रिफर गरेको थियो ।...

सुन बढ्यो,चाँदी घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।आइतबार सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।तर,चाँदीको भाउ भने घटेको छ। शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १ हजार ६६० रुपैयाँमा झरेको महासंघको भनाई छ।...

शंखमुलको एक पसलमा आगलागी

ताजा अपडेट, समाचार
काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । दोभानपुल नजिकैको एक पसलमा ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको छ।भने, आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।सो सेवा सुविधाका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर महानगरपालिकामा सम्पर्क गर्नु पर्ने उनको भनाई छ। मेयर बालेनले महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने उल्लेख गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् ।जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।...