राजनीति

बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर।बागमती प्रदेश सरकारले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। यहि जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्। उनका अनुसार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने कार्यसूची रहेको छ।  ...

यस्तो छ सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण

राजनीति, समाचार
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरण उल्लेख गरेकी छन् । उनले आफ्ना श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा घर रहेको उल्लेख गरेकी छन् । उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् । यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।...

परराष्ट्रमन्त्री श्रेष्ठसँगै ३८ रोपनी पैतृक सम्पत्ति

राजनीति, समाचार
काठमाडौँ । उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नो नाममा ३८ रोपनी जग्गा पैतृक सम्पत्ति आफ्नो नाममा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बुझाएको विवरणअनुसार उनको नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखिएको छ । यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।...

शिक्षामन्त्रीको कुल सम्पत्ति डेढ करोडभन्दा बढी

राजनीति, शिक्षा, समाचार
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनको व्यक्तिगत नाममा कुनै घर भने छैन । आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् । यता उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् । उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको...
११ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

११ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभा बैठक यही जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मंगलबार केही बेर बैठक सञ्चालन भएको थियो । प्रतिपक्षको विरोधबीच सभामुख देवराज घिमिरेले संसद्को काम–कारबाही अघि बढाएका थिए । आजका निम्ति तय सबै कार्यसूचीमा भने प्रवेश गरिएको थिएन् । सभामुख घिमिरेले जेठ ११ गतेको बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने कार्यसूची निर्धारण गरेका छन् ।...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दाः न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलास

राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे बहस हुने जनाइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि मिति तोक्दै बोलाएको थियो । आज हुने सुनुवाइले गण्डकी प्रदेशको सरकारको भविष्य निर्धारण गर्ने छ। सर्वोच्चले अन्तरिम आदेश मुद्दाको फैसला न...
सहकारी ठगी छानवीन समितिः कार्यादेशबारे कार्यदलमा सहमति

सहकारी ठगी छानवीन समितिः कार्यादेशबारे कार्यदलमा सहमति

राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ । मंगलबार बिहान सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुटेको हो। कार्यदलबीच सहमतिपछि सोको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको छ । बैठकअघि रास्वपाका सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेको विषय समेट्न आफूहरूलाई कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका थिए । गृहमन्त्री समेत रहेका लामिछानेले पनि आफ्नो विषय समेट्न आफूलाई कुनै फरक नपर्ने भनेर भनेको उनको भनाइ थियो ।...
यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ ।प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि बैठकको आह्वान गरिएको संसद सचिवालयले जनाएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।यस्तै,सभामुखले प्रतिनिधिसभा नियमावली,२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने र सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी,उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्।...
एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम निर्वाचित,अन्य पदाधिकारीमा को को भए ?

एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम निर्वाचित,अन्य पदाधिकारीमा को को भए ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नेकपा (एमाले) तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन।   आज सोमबार राती साढे नौ बजे सम्पन्न मत गणना अनुसार उनी नगर कमिटिको दोस्रो अधिवेशनबाट कञ्चन भट्टलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। गौतमले १०१ मत प्राप्त गरेर विजयी हुँदा भट्टले ८९ मत पाएको भएको प्रमुख निर्वाचन अधिकृत विश्वराम साप्कोटाले जानकारी दिए ।गौतम यस अघिको कार्यकालका पनि अध्यक्ष(निवर्तमान अध्यक्ष) हुन्। यस्तै  प्रमुख निर्वाचन अधिकृत साप्कोटाका अनुसार निर्वाचनबाट उपाध्यक्षमा राजु तिमिल्सिना विजयी भएका छन्।तमिल्सिनाले १०५ मत प्राप्त गरेका छन्।भने,उनका प्रतिस्पर्धी श्याम गजुरेलले ७९ मत पाएका छन्।   त्यस्तै सचिवमा रबिन्द्र के.सी निर्वाचित भएका छन्।उनी आफ्ना प्रतिस्पर्धी बलराम सीटौलासँगको पराकिलो अन्तरले विजयि भएका हुन्। के.सी...
एमाले तारकेश्वर नगर कमिटीको निर्वाचन सम्पन्न,मत गणना शुरु

एमाले तारकेश्वर नगर कमिटीको निर्वाचन सम्पन्न,मत गणना शुरु

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । एमाले तारकेश्वर नगरपालिका कमिटीको मतदान सम्पन्न भएको छ । प्रमुख मतदान अधिकृत विश्वराम सापकोटाका अनुसार मतदान शान्त वातावरणमा सम्पन्न भएको छ ।मतदानमा २०१ जना सहभागी रहेको उनले बताए ।अहिले बेलुका ७ः३० बजेबाट मत गणना प्रकृया थालिएको र अन्तिम परिणाम समेत दुुई घण्टाभित्रै आउने उनले बताए । तारकेश्वर नगर कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष बासु गौतम र कञ्चन भट्टले उम्मेदवारी दिएका छन्।यस्तै सचिव पदका लागि रविन्द्र केसी र बलराम सिटौलाको दाबेदारी रहेको छ । उप–सचिव पदमा मनहरी थापा र कल्पना जोशी निर्विरोध भइसकेका छन् ।यस्तै,लेखा समितिको सचिवमा कपिल अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।लेखा समितिको अध्यक्ष पदका लागि भने,प्रमेश धिताल र आलोक गजुरेलको उम्मेदवारी छ ।  अधिवेशनबाट ५ पदाधिकारी सहित ७५ जनाको नगर कमिटि बन्ने बताइएको छ ।...