इलाम २ उपनिर्वाचन अपडेट : स्वतन्त्र उम्मेदवार डाकप्रसादलाई शून्य मत,१० मत पनि नकटाउने उम्मेदवार ५ जना
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले खाता नै खोल्न पाएका छैनन् ।अहिलेसम्म उनको पक्षमा एक मत पनि पाप्त भएको छैन ।
यस्तै १० मत पनि नकटाउने उम्मेदवार ५ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन् ।
नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।
यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् ।भने,मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका छन् ।डाकप्रसाद...
