राजनीति

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड लागुऔषध : गृहमन्त्री लेखक

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड लागुऔषध : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुव्र्यसनले अवस्था भयावह रहेको भन्दै उनले यसको नियन्त्रणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिए । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताएका हुन् । आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागूऔषध’ भएको उनको भनाइ छ । यसकारण यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने लेखकको आग्रह छ । मन्त्री लेखकको सचिवालयका अनुसार उनले भनेका छन्, ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्या...
ओलीको दाबी-‘०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी लागेका छौँ’

ओलीको दाबी-‘०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी लागेका छौँ’

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने गरी अघि बढेको बताएका छन् । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमूर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गर्नु हो,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय शक्ति छँदै छ । यसलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने गरी हामी अघि बढेका छौँ ।’ उनले अबको १३ महिनापछि काँग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र त्यसपछि आफूहरू मिसन ८४ मा लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।‘अब १३ महिनापछि फेरि हामी नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । र हामी सरकारमा सामेल रहन्छौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले हिजो दुनियाँमै ...
अनेरास्ववियुको महाधिवेशन सुरु

अनेरास्ववियुको महाधिवेशन सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरु भएको छ । कीर्तिपुरमा सुरु भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशन सुरु भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ । पार्टीले ३२ वर्षे उमेर हद लगाएसँगै धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन् ।  अध्यक्षका लागि चारजनाको प्रबल दाबेदारी छ । डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दीपक धामीले अध्यक्षमा दाबी गरेका छन् । उनीहरूलाई राखेर सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलले बताए । भर्खर महाधिवेशन उद्घाटन भएको तथा मनोनयन दर्ता नभइसकेकोले अनौपचारिक छलफल चलिरहेको छ ।...
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन आज यहाँ प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन आगामी तीन दिनसम्म जारी रहनेछ । त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने बताए । राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घ सङ्गठनले युवाका विषयमा एकजुट हुनुपर्नेमा जोड दिए । अनेरास्ववियुकी पूर्व अध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरूको सङ्गठनले प्रतिवाद गर्नुपर्ने बता...
भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ स् प्रधानमन्त्री ओली

भूमिसम्बन्धी विधेयक चाँडै पारित हुन्छ स् प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुकुम्वासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवादरकमोद गरेर बसोबास गरिरहेको हुनुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए ।...
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् । ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि आन्दोलन थालेका हुन् । निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् । यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्...
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

ताजा अपडेट, राजनीति, समाचार
२५, जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतवार मध्याह्न १२ बजे बस्ने गरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।...
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि

अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, जेठ काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएको छ । जसले गर्दा अध्यक्षका हालका चार जना उपाध्यक्ष र एक जना महासचिव त्यो दौडबाट बाहिर छन् भने अध्यक्षका चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिए । ३२ वर्षे उमेरहद लागू भएपछि पाँच जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरे...
अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, जेठ काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ४० जनाभन्दा बढी नेपाली आजै चार्टर्ड विमानमार्फत काठमाडौं आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीहरु सवार विमान आइतबार अपराह्न ४स्१५ बजे अवतरण गर्ने तालिका रहेको छ। विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आउने पुष्टि गरे पनि सङ्ख्या भने यकिन नभएको बताए। “हामीलाई १०–१२ दिनअघि नै नेपालीहरु डिपोर्ट हुनेबारे जानकारी आएको थियो, तर सङ्ख्या यकिन थिएन,” न्यौपानेले भने, “विमान अवतरणपछि मात्रै यकिन सङ्ख्या थाहा हुन्छ।” अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुने नेपालीको सङ्ख्या ४० भन्दा बढी हुन सक्ने अनुमान छ। सुरुमा ४८ जनालाई डिपोर्ट गर्ने तयारी भए पनि केहीको प्रक्रिया रोकिएकाले सङ्ख्या घट्न सक्ने बताइएको छ। अमेरिकाले चार्टर्ड गरेको उक्त विमानले डिपोर्ट गरिए...
वंशीय सत्ताको पक्षमा एमाले छैन : नेता पोखरेल

वंशीय सत्ताको पक्षमा एमाले छैन : नेता पोखरेल

ताजा अपडेट, राजनीति, समाचार
२५, जेठ काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताएका छन् । नेकपा (एमाले) ओखलढुंगा–लिखु सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले पार्टी देश र जनताप्रति सधै उत्तरदायी रहेको बताएका हुन् । उनले एमालेले तीनवटा विषय कहिल्यै नगर्ने बताए । उनले एमालेले जन्मसिद्ध नागरिकलाई कहिल्यै पनि शासन चलाउने अधिकार नदिने प्रतिबद्धता व्यक्त गरे । उनले दोस्रोमा एमाले वंशको परम्पराको आधारमा शासन चलाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । वंशलाई आधार मानेर शासन चलाउन दिने पक्षमा एमाले कहिल्यै नरहेको र अब पनि नरहने स्पष्ट पार्दै पोखरेलले पूर्वराजा पक्षको सपना पूरा नहुने बताए । एमाले नेता पोखरेलले एमाले पार्टी कहिल्यै पनि अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताएका हुन् । उनले राजाको पालामा र अहिलेको तुलना गर्दा देशम...