राजनीति

राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित

राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, जेठ काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्न गरेका थिए । मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए । कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने बताए । अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र बाह्य रूपमा पहुँच अभिवृद्धि गर्न ध...
‘हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ’: ब्रिटिस गोर्खा सैनिक

‘हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ’: ब्रिटिस गोर्खा सैनिक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, जेठ काठमाडौं । बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ नभई भएकै नागरिकताको निरन्तरता चाहेको धारणा राखे त्यस अवसरमा ब्रिटिस गोर्खा भूपू सैनिक कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए । भूपू गोर्खा सैनिकले बेलायती सेनामा गरेको योगदान स्वरूप नेपाललाई वार्षिक करिब २१ करोड बेलायती मुद्रा प्राप्त भइरहेको जानकारी दिँदै उनले राज्यको सम्झौताअनुरूप बेलायती सेनामा भर्ना भएका युवाको नागरिकताले निरन्तरता नपाउने विषय मानवअधिकारको मूल्यमान्यता विपरीत रहेको धारणा राखे । सो अवसरमा अहिले बेलायती सेनामा करिब तीन हजार ५०० क...
९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै

९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
२६, जेठ काठमाडौं । श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार भईरहेको छ । दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । ‘उनको दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ ।...
आजदेखि संसद् सञ्चालन हुन्छ : सभामुख

आजदेखि संसद् सञ्चालन हुन्छ : सभामुख

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, जेठ काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन स् हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताए । ‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,” सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ ।’ उनले बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध हुने अब छलफलमा भाग सांसद सङ्ख्या घटाउनुपर्ने, विधि पुर्‍याएर छलफल गर्नुपर्ने उल्लेख गर्दै भने, ‘नोक्सानी हुने त भइसक्यो, ‘अवको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमा...
गृह सचिवलाई सात दिने अल्टिमेटम : अध्यागमनमा दरबन्दी भन्दा बढी पठाइएका कर्मचारीको विवरण माग

गृह सचिवलाई सात दिने अल्टिमेटम : अध्यागमनमा दरबन्दी भन्दा बढी पठाइएका कर्मचारीको विवरण माग

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, जेठ काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई अध्यागमन कार्यालयलगायत विभिन्न निकायमा दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको विषयमा सात दिनभित्र विवरण उपलब्ध गराउन र कर्मचारी व्यवस्थापन गर्न कडा निर्देशन दिएको छ । कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव गोकर्णमणि दुवाडीलाई लेखेको पत्रमा यस्तो व्यवस्थापन नगरे कानुनी कारबाहीको चेतावनी दिइएको छ । गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको भन्दै परेको उजुरी पछि आयोगले कारवाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको थियो । साथै, आवश्यक ठाउँमा दरबन्दी रिक्त राखेर सेवा प्रवाहमा अवरोध भएको उजुरीमा उल्लेख छ । आयोगले २०८२/०२/१३ म...
सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीन महिने अभियान सुरु

सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीन महिने अभियान सुरु

ताजा अपडेट, राजनीति, समाचार
२६, जेठ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ । आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा सङ्गठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए । अभियानका क्रममा एक एकाइ एक प्रशिक्षण, जनपरिचालन, प्रत्येक सदस्य सङ्गठित सदस्य र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयलगायत कार्यक्रम सञ्चालन गरिनेछ । अभियान अवधिभर नयाँ सदस्यता र नवीकरणसहित पाँच लाख सदस्यता वितरण गर्ने उद्देश्य रहेको उपाध्यक्ष ढकालले जानकारी दिए ।...
कर्मचारीहरूद्वारा कालो पट्टी बाँधेर आज पनि धर्ना

कर्मचारीहरूद्वारा कालो पट्टी बाँधेर आज पनि धर्ना

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, जेठ काठमाडौं । कर्मचारी ट्रेड युनियनहरूले आज पनि देशभरका कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्नालाई निरन्तरता दिएका छन् । आइतवारदेखि दोस्रो चरणको आन्दोलन स्वरूप कालोपट्टि बाँधेर धर्ना दिन शुरु गरेका थिए । विधेयकको मस्यौदा संसदमा दर्ता नहुँदासम्म कालो पट्टी बाँधेर विरोध जारी राख्ने र दर्ता भएपछि थप कार्यक्रम तय गर्ने कर्मचारीहरूले बताउँदै आएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नभएको भन्दै ट्रेड युनियनहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् । उनीहरूको मागमा सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ वर्षबाट घटाएर ५ वर्ष कायम गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एक पटक समायोजन छनोटको अवसर दिनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाष...
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
२६, जेठ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नुपरिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनिएको थियो । सोहीअनुसार सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । साथै बि...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, जेठ काठमाडौं। संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ू पेस गर्ने कार्यसूची छ । यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल...
‘राज्यको चौथो अंगमामा महिलाको पहुँच र भूमिका अझै न्यून’ : पूर्वराष्ट्रपति भण्डारी

‘राज्यको चौथो अंगमामा महिलाको पहुँच र भूमिका अझै न्यून’ : पूर्वराष्ट्रपति भण्डारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, जेठ ‘काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अंगको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छन् । झापामा आइतबार विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकमललाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि सङ्ख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताइन् । उनले समाचार सम्पादन, निर्णय र नीति निर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो सङ्ख्या न्यून रहेको बर्ताइन् । जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो । “महिला आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका ...