राजनीति

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख

विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने बताएका छन् । हिकारु गौतम फाउन्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक वर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठुलो धनजनको क्षति हुने गरेको भन्दै विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुराउन सके क्षति न्यूनीकरण गर्न सकिने बताएका हुन् । उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गरे । सभामुख घिमिरेले विपद् न्यूनीकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबिच सहकार्य आवश्यक रहेको जिकिर गरे । सिमलतालमा डुबेका बसहरू र गृहमन्त्री भइसक्नुभएका माधव घिमिरेसहितको जिप डुबेको घटना अझै पत्ता लाग्न नसक्ने खालका अप्ठेरो प्राकृतिक बिपद भोग्नुपरेको उनले बताए...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।‘ भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्...
कोरिया सरकारको सहयोगमा नेपालमा पहिलो पटक हरित ऋणपत्र निष्कासन

कोरिया सरकारको सहयोगमा नेपालमा पहिलो पटक हरित ऋणपत्र निष्कासन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८,जेठ काठमाडौं । कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्कासन भएको छ । आज आयोजित विशेष समारोहमा यस्तो जानकारी दिइएको हो । यसका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्युट (जीजीजीआई) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइकाको आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकलगायत नियामक निकायबाट स्वीकृति लिइएको जानकारी दिइयो । निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८/८९ शीर्षकमा निष्कासन गरिएको ऋणपत्र रु. पाँच अर्ब तीन करोड लाख अमेरिकी डलर बराबरको हुनेछ र सात वर्षको अवधिका लागि वार्षिक छ प्रतिशतका दरले ब्याज प्रदान गरिने छ । ऋणपत्रबाट प्राप्त हुने रकमले नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर सहयोग गरिने र यसले नेपालमा स्वच्छ, हरियाली पूर्वाधार लगानीमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले न...
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन्, राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भने । रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत दिए । विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले राजर्षी जनक विश्वविद्यालयमा पढेका विद्यार्थी हरेक ठाउँमा पूर्ण हुनुपर्नेमा जोड दिए । जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।...
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, जेठ काठमाडौं । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा।सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए । ती नामहरूमा विरोध गर्दै असन्तुष्ट पक्षले नाराबाजी गरेको थियो । जसले गर्दा बन्द सत्र स्थगित गर्दै निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।...
बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री

बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएका छन् । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् हो । उनले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गरे । उनले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताए । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित...
खोकना विवादमा प्रमको चासो

खोकना विवादमा प्रमको चासो

ताजा अपडेट, राजनीति, समाचार
२७, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै द्रुतमार्गको प्रस्थान विन्दुमा उठेका विवाद र यसको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा जाने जानकारी गराएका हुन् । सो अवसरमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी थिए । द्रुतमार्ग निर्माण भई सञ्चालनमा आएपछि खोकनाको जातीय तथा सांस्कृतिक सम्पदा नष्ट हुने, खोकना गाउँ नै विस्थापित हुने भन्दै खोकनावासीले सो क्षेत्र भएर द्रुतमार्ग निर्माणको विरोध गर्दै आएका छन् तर खोकना क्षेत्रमा...
तारकेश्वरमा मेयरसँग सञ्चारकर्मी अन्तरक्रिया : सहिलाई साथ गलतलाई सुधार,सूचनाको सेतु सृदिृढमा पालिका

तारकेश्वरमा मेयरसँग सञ्चारकर्मी अन्तरक्रिया : सहिलाई साथ गलतलाई सुधार,सूचनाको सेतु सृदिृढमा पालिका

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) जेठ २७ काठमाडौं । तारकेश्वर नगरपालिकाले ‘नगरप्रमुखसँग सञ्चारकर्मीै अन्तरक्रिया तथा अभिमूखिकरण’ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको उत्तरीभेगमा नागार्जुन–शिवपुरी,जंगलको फेदमा रहेको तारकेश्वर नगरपालिकाले सोमबार ३ नं वडाको ओशो तपोवनस्थीत,होटल मोनालिसामा उक्त कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको कार्यक्रमका संयोजक,समार्टपार्टी मिडिया हाउसका अध्यक्ष ऋषी बस्यालले जानकारी दिए। अध्यक्ष बस्यालका अनुसार संवादमार्फत स्थानीय सरकार र मिडियाबीच सशक्त सहकार्य र सहयात्रा गरी दुबै पक्ष मिलेर जनउत्तरदायी शासन प्रलालीको विकास,सेवा प्रवाहलाई पारदर्शी एवम् चुस्त–दुरुस्त बनाउन  र समृद्ध तारकेश्वर निर्माणको लागि मिडिया र नगरबीच सहयोग,समन्वय र सहयात्रा गर्ने प्रणालीको विकास गर्न यस प्रकारको खुला संवादको आयोजना गरिएको हो ।कार्यक्रममा नगरप्रमुख (मेयर) कृष्णहरि महर्जजनले आफु निर्वाचित भएर ...
मर्यादित र सुरक्षित श्रमप्रति नेपाल प्रतिबद्ध : श्रममन्त्री

मर्यादित र सुरक्षित श्रमप्रति नेपाल प्रतिबद्ध : श्रममन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२७, जेठ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल मर्यादित श्रमको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) द्वारा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सो कुरा बताएका हुन् । सोमबार जेनेभा, स्विट्जरल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सुरक्षित, मर्यादित र नैतिक श्रमको सर्तसहित निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारको सहकार्यमा स्वदेश तथा वैदेशिक रोजगारीका लागि श्रमशक्ति तयार गरेको पनि जानकारी दिए । नेपालले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्यलाई निरन्तर सुदृढ गर्न प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “हामी न्यायोचित र नैतिक आपूर्ति शृङ्खला, सिप मान्यता र श्रम गतिशील प...
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, जेठ काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।...