राजनीति

देशको पहिचान बनाउने ढङ्गले प्रस्तुत हुनुहोस् : प्रधानमन्त्री ओली

देशको पहिचान बनाउने ढङ्गले प्रस्तुत हुनुहोस् : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पादन भएको शैक्षिक जनशक्तिले देशको पहिचान कस्तो बनाउने ढङ्गले प्रस्तुत हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले नेपालमा उत्पादित जनशक्तिले हरेक क्षेत्रमा कर्तव्यनिष्ठ र विनम्रतापूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिएका हुन् । दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भने, “विद्याले घमण्डलाई प्रवेश गर्न दिँदैन, विद्याले केवल विन्रमता, मित्रता मात्रै दिन्छ। नेपालमा उत्पादित जनशक्ति अन्य मुलुकमा उत्पादित जनशक्ति भन्दा अब्बल रहेका कारण नै स्वेदशमा अध्ययन गरेर विभिन्न देशमा पुगेका नेपाली जनशक्ति दक्ष र सफल भएको छ ।” उनले काठमाडौँ विश्वविद्यालयबाट शुक्रबार दीक्षित भएका विद्यार्थीलाई आफ्ना अभिभावकलाई माया गर्दै अत्यन्तै सामाजिक...
संसद अवरोध खुलाउन काँग्रेस-एमाले र माओवादीबीच सहमति

संसद अवरोध खुलाउन काँग्रेस-एमाले र माओवादीबीच सहमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, जेठ काठमाडौं । संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध खुलाउन सहमत भएका हुन् । नेताहरूका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि बृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा बिहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ । नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।...
महाधिवेशनमा पारित गरिएको विषय बोक्नु हामी सबैको कर्तव्य हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

महाधिवेशनमा पारित गरिएको विषय बोक्नु हामी सबैको कर्तव्य हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन् । राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रीकरण बाटोमा ठिक ढङ्गबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे । पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टीकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, “हाम्रो पार्टीभित...
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, आजै नतिजा आउने

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, आजै नतिजा आउने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, जेठ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको हो । ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राती नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।...
दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९,जेठ काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्नेछ  । बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धी छलफल गरिनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ । बैठकमा नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।...
अन्तरमन्त्रालय सहजीकरणमा प्राथमिकता दिन निर्देशन

अन्तरमन्त्रालय सहजीकरणमा प्राथमिकता दिन निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् । “अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिँडौँ । प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौँ,” उनले भने । व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्ष २०८२/८३ को मासिक र वार्षिक लक्ष्य निर्धारण गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । आगामी बजेट कार्यान्वयनमा जाँदा कानुन संशोधन गर्नुपर्ने आवश्यकता भएकाले सबैसँग...
बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८,जेठ काठमाडौं। बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औँ राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन् । बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्। ९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ।...
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। सामाखुसी कोरिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक परियारसहित निर्देशक रबीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध मुद्धा दर्ता भएको हो । ठेक्का प्रक्रियामा समानान्तर सेवा प्रा।लि।लाई सबैभन्दा कम कबोल रकम १८ करोड ९ लाख २२ हजार तीन सय २५ प्रस्ताव गरेको भए पनि ‘पेन्डिङ लिटिगेसन’ को गलत व्...
प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं। प्रतिनिधिसभा बैठक बिहीबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि अवरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।...
एमालेको झोलामा राष्ट्रवाद छ : गुरुङ

एमालेको झोलामा राष्ट्रवाद छ : गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२८, जेठ काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् । बुधबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूको प्रश्नमा सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने जिकिर गरे । मन्त्री गुरुङले भने, ‘झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला ...