राजनीति

राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१,जेठ काठमाडौं । सरकारले राष्ट्रिय समाचार समितिको (रासस) महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् असार १५ गतेसम्म, कार्यालय समयभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ। ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यममा प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनहरूमध्येबाट उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजनाको मूल्याङ्कन, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा महाप्रबन्धक पदका लागि नियुक्तिको सिफारिस गरिने मन्त्रालयले ...
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असार काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । बिहान ९ बजे सिंहदरबारमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।...
‘नयाँ संस्कृति नीति’ यथाशीघ्र ल्याउने छौँ’ : पर्यटन मन्त्री पाण्डे

‘नयाँ संस्कृति नीति’ यथाशीघ्र ल्याउने छौँ’ : पर्यटन मन्त्री पाण्डे

ताजा अपडेट, राजनीति, समाचार
१, असार काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्न नयाँ ‘संस्कृति नीति’ यथाशीघ्र ल्याइने बताएका छन् । सुकेधारास्थित ओजी मिडिया हाउसले शनिबार आयोजना गरेको ‘नेपाल र जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम’ मा मन्त्री पाण्डेले संस्कृतिबिना देश र समाजको पहिचान नहुने भन्दै संस्कृति प्राणतत्व रहेको बताए । उनले भने, “हामीले पुर्खाबाट प्राप्त गरेको संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । हामी संस्कृतिबिना आत्मा नभएको शरीरमात्र हुन्छौँ । त्यसैले हाम्रो तीनै तहमा संस्कृति संरक्षण र प्रवर्द्धनका गतिविधिलाई बढाउन मन्त्रिपरिषद्को बैठकबाट ‘संस्कृति नीति’ पारित गर्ने तयारीमा छौँ ।” मन्त्री पाण्डेले संस्कृतिसँगै भाषाले देश र मानिसलाई समृद्ध बनाउनेमा जोड दिए । नेपालमा आएका विदेशी पाहुनालाई मौलिक संस्कृतिसँगै उहा...
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१,असार काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु बैठकमा पेस गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएक...
निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव

निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
३१, जेठ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र संचालन गर्ने प्रस्ताव गरेको छ । मन्त्रालयले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन हुनेछ । मन्त्रालयले गरेको प्रस्तावमा यो ऐन प्रारम्भहुनुभन्दा अघि विद्यालयको स्थापना र सञ्चालन गर्न अनुमति प्राप्त गरेको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा नआएका विद्यालय यो ऐन जारी भएपछिको पहिलो शैक्षिक सत्रबाट सञ्चालन नभए त्यस्तो अनुमति स्वतः खारेज हुने भनिएको छ ।...
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आज यहाँ आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी र्‍याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए । अर्थमन्त्री पौडेलले भने, “स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो । एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नुछ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण । ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ ।”उनले विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा सरकार दृढतापूर्वक उभिएको बताए ।...
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ : मन्त्री पन्त

असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ : मन्त्री पन्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, जेठ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् । सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले आफूसँग भएको ९ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने बताउँदै त्यसअघि भएका सम्झौताहरूका बारेमा पनि छलफलका लागि आफू तयार रहेको बताए । शिक्षकहरूसँग भएको ९ बुँदे सम्झौताको दायित्व ८ अर्ब रुपैयाँ हुने र त्यसको दायित्व सरकारले व्यहोर्ने उनले बताए । थप आर्थिक भार पर्ने माग धान्न नसकिने पनि उनले स्पष्ट पारे । शिक्षकहरू फेरि सडकमा फर्किएर जान नपरोस् भन्नेमा सरकार गम्भीर रहेको मन्त्री पन्तले बताए ।...
मातृभाषा बलियो भए राष्ट्र बलियो हुन्छ : सभामुख

मातृभाषा बलियो भए राष्ट्र बलियो हुन्छ : सभामुख

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३१, जेठ काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख भाषाको संरक्षण संवर्धनमा राज्य संवेदनशील हुनुपर्ने बताउँदै मातृभाषा बलियो भए राष्ट्र बलियो हुने बताएका छन् । नेवा पत्रकार राष्ट्रिय दबुले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको शुव्रबार उद्घाटन गर्दै उनले मातृभाषा संरक्षणका लागि राज्यले आवश्यक नीति बनाउनुपर्ने बताएका हुन् । नेपालको पछिल्लो जनगणना अनुसार १२४ भन्दा बढी भाषा रहेको र तीमध्ये ६२ भाषा प्रचारमा बढी आएको प्रसङ्ग उल्लेख गर्दै सभामुख घिमिरेले मातृभाषा पत्रकारितालाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिए । देशका विभिन्न मातृभाषाको संरक्षण, संवर्धन एवं प्रचारप्रसारमा गोरखापत्र, राष्ट्रिय समाचार समिति र सार्वजनिक प्रसारण संस्थाले काम गर्दै आएकोमा उहाँले प्रशंसा गरे । पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषामा पत्रकारिता आरम्भ गर्नु...
खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : माधव नेपाल

खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन : माधव नेपाल

ताजा अपडेट, राजनीति, समाचार
३०, जेठ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् । शुक्रबार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताए । खाएको विष लाग्ने र नखाएको विष नलाग्ने बताएका हुन् साथै उनले घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए ।...
माधव नेपालको पद निलम्बनबारे सभामुखद्वारा संसद्‌मा जानकारी

माधव नेपालको पद निलम्बनबारे सभामुखद्वारा संसद्‌मा जानकारी

ताजा अपडेट, राजनीति, समाचार
३०, जेठ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रावधानबारे संसद्लाई जानकारी गराएका हुन् ।...