राजनीति

असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाईओभरको उद्घाटन गर्ने

असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाईओभरको उद्घाटन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
२, असार काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो । आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, असार काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२.८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिनेछन् । यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।...
निष्पक्षताका लागि लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री

निष्पक्षताका लागि लोकसेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री

ताजा अपडेट, राजनीति, समाचार
१, असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे । “नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।” राष्ट्रपति रामचन्...
लोकसेवाले जिम्मेवारी निर्वाह गर्न र कर्मचारीले नागरिकलाई पहुँच दिनु जरूरी छ : राष्ट्रपति पौडेल

लोकसेवाले जिम्मेवारी निर्वाह गर्न र कर्मचारीले नागरिकलाई पहुँच दिनु जरूरी छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असार काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । लोक सेवा आयोगको आइतबार आयोजित हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गरेमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिने बताए । उनले भने, ‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ । कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन हुँदैन।’...
प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असार काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरे । त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१’ टेबुल भयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरे ।...
एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धास् उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन

एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धास् उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असार काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल भएन । यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो । उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यशोदा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै महासचिवमा देवीप्रसाद भट्टराई, चूडामणि पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौ...
राप्रपा र रास्वपाको अवरोधका बिच अघि बढ्यो संसद

राप्रपा र रास्वपाको अवरोधका बिच अघि बढ्यो संसद

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असार काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् । त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरे ।संसदमा एकजना उभिँदा पनि संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेलले बोलेका छन् । पौडेलपछि सभामुख घिमिरेले रास्वपाका सन्तोष परियारलाई...
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् । आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन् । जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन् ।...
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, जेठ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५० अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२स्०० देखि राति १२:०० बजेसम्म जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु...
सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
१,असार काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आइतवार सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ । संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश ...