स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक
३, चैत काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिवेदन सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताएका छन्।स्वास्थ्य बीमा संघ मात्र नभएर स्थानीय सरकारको समेत भएको भन्दै मन्त्री पौडेलले तीनवटै सरकार मिल्ने हो भने यसले सार्थकता पाउने धारणा राखेका छन् ।
हाल यस्तो रकम ३० अर्ब हाराहारीमा भएको भन्दै पौडेलले जानकारी दिए । स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणालीमार्फत यो रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने उनको दाबी छ। हरेक वर्ष बजेटमा रहेको ३ अर्बले बीमाको खर्च धान्ने अवस्था नभएकाले आगामी बजेटमा यसलाई १० अर्ब पुर्याइने मन्त...








