ताजा अपडेट

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ...
एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

एमाले कार्यवाहक अध्यक्षमा ईश्वर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९ चैत, काठमाडौं ।नेकपा (एमाले) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन  बैङ्कक प्रस्थान गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो। एमालेको विधान २०४९ को संशोधन २०७८० को व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ। प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।...
हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : सचिव भट्टराई

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल : सचिव भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडों । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् । मङ्गलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हनु । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको जानकारी दिए । उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए । सचिव भट्टराईले भने , ‘‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बिचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्य...
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् । ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । उनी थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।...
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१९, चैत काठमाडौ । नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा ुशैक्षिक सडक आन्दोलनु गर्ने भएको छ। माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले काठमाडौँ जा‍औँ अभियानु अन्तर्गत अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो । आन्दोलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न माग सहित आन्दोलन थालिएको बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए। आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनको भनाइ थियो । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले बताए ।...
संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडौं । संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरु भएको थियो ।...
राप्रपा सांसद दीपक बोहराको निधन

राप्रपा सांसद दीपक बोहराको निधन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९, चैत काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । सांसद बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । पोष्ट कोभिडका कारण उनलाई घाँटीको क्यान्सर भएको थियो । त्यसपछि उनी बोल्न नसक्ने अवस्थमा थिए । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।...
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

ताजा अपडेट, वातावरण, समाचार
१९, चैत काभ्रेपलाञ्चोक। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । भ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ । कार्यालयले दीर्घकालीन पक्की सडक निर्...
डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१९, चैत काठमाडों । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन स्थायी ठेगाना भएका २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा एक्कासि आगोको ज्वालाले भेटेको र ल्वागुनको जलेर मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। प्रनाउ रावलका अनुसार रावलका अनुसार डढेलो निभाउने क्रममै निघुरादिनका ७५ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको छ । आगोको लप्काले भेटेपछि भाग्ने क्रममा लडेर तामाङको मृत्यु भएको जिल्ला प्...
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन्  कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९, चैत काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको कार्यसूची छ । त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०...