ताजा अपडेट

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
४, पुस काठमाडौं । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स ९गाभी०को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए। ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने जानकारी दिए । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ । पन्ध्र दिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए ...
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४, पुस काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिको बैठक आज बस्दैछ ।महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यव्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मुलन सम्बन्धी महासन्धी (सिडअ) को आधारभूत सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि ११ बजे नै बस्नेछ। बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसम...
एनपीएल क्वालिफायर : आज कर्णाली र जनकपुर भिड्दै

एनपीएल क्वालिफायर : आज कर्णाली र जनकपुर भिड्दै

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
४, पुस काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२: ३० बजे सुरु हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ । लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । कर्णालीका विल...
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह

गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
४, पुस काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सङ्कटमा पर्दा नेपालका ठुला दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेस सधैँ एकजुट भएर निकास दिँदै आएको बताएका छन् । राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव तथा ५१औँ अभिभावक दिवसका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, “तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला, कि सरकार फेरिन्छ, भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर, कांग्रेस र एमालेको सरकार रहिरन्छ ।” उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री समय पूरा भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । गठबन्धन सरकारबिचको यो समझदारीमा तलमाथि नहुने उनले ...
सामाजिक अपराधजन्य घटनामा वृद्धि

सामाजिक अपराधजन्य घटनामा वृद्धि

अपराध, ताजा अपडेट, वातावरण, समाचार
३, पुस काठमाडों । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष ९२०८१/८२०को पहिलो चौमासिकको तथ्याङ्क सार्वजनिक गर्दै सामाजिक अपराधका घटनाहरु बढ्दो क्रममा रहेको जनाएको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्नुहुँदै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए। उनले आत्महत्याका दैनिक २० वटा घटना र जबरजस्ती करणीका दैनिक सात वटा मुद्दा दर्ता हुने गरेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घटनाहरु बढेको बताए ।...
निजी लगानी वृद्धिलाई प्रोत्साहन : अर्थमन्त्री पौडेल

निजी लगानी वृद्धिलाई प्रोत्साहन : अर्थमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३, पुस काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले स्वदेशी र विदेशी निजी लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजी विस्तार र परिचालन प्रोत्साहन गर्नुपर्ने बताए । सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री पौडेलले विकासका लागि निजी पूँजी परिचालन आवश्यक भएको धारणा राखे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने उनको भनाइ थियो ।...
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, पुस काठमाडों । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारत र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन् : प्रधानमन्त्री

त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन् : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् । ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’ ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने बताएका छन् । ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्‍याएरै छाडिने छ’, उनले भने ।...
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरे । सो अवसरमा दुई देशबिचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो ।...
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

ताजा अपडेट, वातावरण, समाचार
३, पुस मकवानपुर । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...