ताजा अपडेट

चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही

चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही

ताजा अपडेट, वातावरण, समाचार
३, पुस नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिना अनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठ जनालाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जभित्र प्रवेश गर्ने तथा नियम विपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उनले जानकारी दिए । यसबिचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबिच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि...
चक्कु प्रहार गरी भक्तपुरमा बुवाले गरे छोराको हत्या

चक्कु प्रहार गरी भक्तपुरमा बुवाले गरे छोराको हत्या

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३, पुस काठमाडौं । भक्तपुरमा चक्कु प्रहार गरी बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् । अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए । बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।शव पोष्टमार्टमका लागि राति सवा १२ बजे काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको थियो । छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।...
सुनको मूल्य घट्यो,आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो,आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३, पुस काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको भाउ ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो ।यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
बन्द मनकामना केबुलकार आजबाट सुचारु

बन्द मनकामना केबुलकार आजबाट सुचारु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३, पुस काठमाडों । नेपालको पहिलो केबलकार मनकामना केबलकार आज बुधवारबाट सुचारु भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै २ दिन सम्म टावर मर्मत सम्भार गर्ने कार्य सम्पन्न भएकाले आजबाट पूर्ण रूपमा मनकामना केबुलकार सञ्चालनमा ल्याइएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिए । उनका अनुसार मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गते देखि पुस २ गते सम्म २ दिन मनकामना केबलकार बन्द गर्नु परेको उनले बताए । २०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएता पनि टावरमा मर्मत कार्य गर्नु परेको मनकामना केबलकार प्रालिले ज...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३, पुस काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुनेछ । बिहान ११ बजे नै हुने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।...
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३, पुस काठमाडौं । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ । दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।...
आजको मौसम : मुख्यतया सफा

आजको मौसम : मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३, पुस काठमाडौं । पश्चिमी वायुको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रही गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
माथिल्लो तामाकोसी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती

माथिल्लो तामाकोसी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती

ताजा अपडेट, वातावरण, समाचार
२, पुस काठमाडौं । गत असोज दोस्रो साता आएको बाढी पहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुनः सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ ।...
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

ताजा अपडेट, राजनीति, समाचार
२, पुस काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । यसअघि, उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।...
सेयर बजार तीन अंकले बढ्यो

सेयर बजार तीन अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२, पुस काठमाडौं । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो । मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । गएका दुई कारोबार दिन ६ अर्ब हाराहारीमा कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।  ...