ताजा अपडेट

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१५ माघ, काठमाडौं ।निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी,पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। उनका अनुसार केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।    ...
चलचित्र विकास बोर्डद्वारा तालिम तथा कार्यशालाको आवेदन माग

चलचित्र विकास बोर्डद्वारा तालिम तथा कार्यशालाको आवेदन माग

ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
१५ माघ,काठमाडौं ।चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२–०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा ११ विधामा सञ्चालन हुने तालिम तथा कार्यशालाका लागि आवेदन मागेको छ। बोर्डद्वारा जारी सूचनाअनुसार चलचित्रकर्मीको प्राविधिक,सिर्जनात्मक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ध्वनि,पोस्ट–प्रोडक्सन,छायांकन,पटकथा लेखन,ड्रोन,मेकअप,फोटो तथा भिडियो पत्रकारिता,एआई चलचित्र निर्माण,प्रतिलिपि अधिकार,साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ । इच्छुक चलचित्रकर्मीले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्न सक्ने तर ।सम्बन्धित विधामा ५ वर्षदेखि कार्यरत चलचित्रकर्मीलाई प्राथमिकता दिइने बोर्डको भनाइ छ। बोर्डका अनुसार यी कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्...
प्रतिनिधिसभा सदस्य निर्वाचन : सबै जिल्लामा पुग्यो नमुना मतपत्र

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबै जिल्लामा पुग्यो नमुना मतपत्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको छ।यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ। समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।...
काठमाडौंमा  हल्का वर्षा

काठमाडौंमा हल्का वर्षा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४ माघ, काठमाडौं ।आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ ।  पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ ।  जल तथा मौसम विज्ञान विभागका  अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लामा वर्षा गराउने पूर्वानुमान छ ।...
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ माघ, काठमाडौं । यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।...
सुनचाँदीको भाउ इतिहासकै उच्च

सुनचाँदीको भाउ इतिहासकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१४ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । मंगलबार छापावाल सुन सोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ ।    ...
रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो ‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
सीता पौडेल काठमाडौं। महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी जनचेतना फैल्याउनुका साथै क्यान्सर पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले रोटरी क्लब अफ काठमाडौं नर्थले  निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सम्पन्न गरेको छ । ‘लक्षण देखिनु अघि नै जाँच गरौं : स्वस्थ जीवन बाँचौं ’ भन्ने नाराका साथ क्लबले ‘नेपाल अबुर्द रोग निवारण संस्था’ (एनसीआरएस) काभ्रे शाखासँगको समन्वयमा ‘अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसन’ (एनएसीसीएफ) को प्राविधिक सहयोगमा १ दिने निःशुल्क भीआइए परिक्षण र स्तन क्यान्सर परिक्षण शिविर हालै आयोजना गरी सम्पन्न गरेको क्लबका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए । आगामी रोटरी वर्षका लागि निर्वाचित प्रेसिडेन्ट सीता पौडेलको संयोजकत्वमा सम्पन्न भएको उक्त शिविर काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १ का महिलाहरुलाई लक्षित गरेर आयोजना गरिए...
आज ३ सय रुपैयाँले बढ्यो सुन

आज ३ सय रुपैयाँले बढ्यो सुन

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१३ माघ,काठमाडौं ।मंगलबार पनि सुनको भाउ बढेको छ ।भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।अघिल्लो दिन सोमबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।    ...

काठमाडौंको जमलमा दुर्घटना,तीन वटा सवारी आपसमा ठोक्किए

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१३ माघ,काठमाडौं ।काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आज मंगलबार दिउँसो मोटरसाइकल,स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार,दुर्घटनामा परेर एक जना घाइते भएका छन्।घाइतेको अवस्था सामान्य  छ ।    ...
जुम्लामा ७१ हजार ६३९ मतदाता,नयाँ ३१०१ जना

जुम्लामा ७१ हजार ६३९ मतदाता,नयाँ ३१०१ जना

ताजा अपडेट, ब्यानर-१, राजनीति, स्थानीय
१३ माघ, काठमाडौं । जुम्लामा तीन हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जुम्लाको जम्मा मतदाता संख्या ७१ हजार ६३९ जना पुगेको छ । आगामी निर्वाचनलाई मध्यनजर गरेर जुम्लमा मतदाताको संख्या र मतदान केन्द्रको विवरण सार्वजनिक गरिएको छ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको संख्या ७१ हजार ६३९ पुगेको बताएको छ । जम्मा मतदातामध्ये पुरुषको संख्या ३७ हजार ४५९ र महिलाको संख्या ३४ हजार २८० रहेको छ । वि.स. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन् । थपिनेमा पुरुष १ हजार ७५९ र महिला १ हजार ३४२ जना रहेका छन् । जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार जुम्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र रहेका छन्  जिल्लाका आठ स्...