ताजा अपडेट

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१६ माघ,काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने जानकारी दिएको छ। एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता,विकास योजना,सुशासन (गभर्नेन्स) र भविष्यको दिशाबारे छलफल गरिने उक्त सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि,प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्।  ...
बुढीगण्डकी आयोजना अगाडि बढाऔं,निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल

बुढीगण्डकी आयोजना अगाडि बढाऔं,निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
 १६ माघ,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सव उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले नेपालभरिका उद्यमी,व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यसमा स्रोतको कमी भए निजी क्षेत्रका तर्फबाट यस कम्पनी मार्फत लगानी गर्न आफूहरू तयार रहेको समेत स्पष्ट पारे उनले खनिज,कृषि तथा अन्य कुनै पनि उद्यम,व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको पनि जिकिर गरे ।निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा,तोकिएको गुणस्तर र तोकिएकै बजेट...
मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना, ३८ जना घाइते

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१६ माघ,काठमाडौं ।चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर तिर सडक छेउमा पल्टिएको थियो । लुम्बिनी प्रदेश ०२÷००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । दुर्घटनालगत्तै पुगेको प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको बताएको छ । मौलाकालिका अस्पताल भरतपुरमा १५ जना,पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना,नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ। थप विवरण आउन बाँकी छ ।...
आज सहिद दिवस,विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी मनाइँदै

आज सहिद दिवस,विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१६ माघ, काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकहरुले मृ...
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्वास्थ्य
१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । स्टेजबाट ओर्लिँदा लामिछानेको देब्रे खुट्टामा चोटलागेको थियो ।केही दिनको सामान्य उपचार गर्दा निको नभएपछि उनी टिचिङ अस्पताल पुगेको थिए। ...
निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५ माघ,काठमाडौं ।निर्वाचन पूर्व निर्वाचनको समय र निर्वाचनपश्चात आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ।  १३ माघमा निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकहरूलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो । आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएपछि गृहले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरी प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारी रुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु निर्देशन जारी गरेको हो । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंहिता लागू भएको १० दिन नबित्दै केही राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूलाई आचारसंहिता उल्लघंनको कसुरमा निर्वाचन आयोगले स्पष्टीकरण पनि सोधिर...
मधेश प्रदेशमा १८ माघमा सार्वजनिक बिदा

मधेश प्रदेशमा १८ माघमा सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, समाचार
१५ माघ,जनकपुर।मधेश प्रदेश सरकारले १८ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार गृह,सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार विज्ञप्ती जारी गर्दै १८ माघमा सार्वजनिक बिदा दिने निर्णयबारे जानकारी गराएका हुन् । १६ मंसिरको मन्त्रिपरिषद् निर्णयानुसार १८ माघमा सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ। मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरूप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा छ।...
त्रिविले सञ्चालनमा ल्यायो आफ्नै आधिकारिक युट्युब च्यानल

त्रिविले सञ्चालनमा ल्यायो आफ्नै आधिकारिक युट्युब च्यानल

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१५ माघ,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले युट्युब च्यानल सञ्चालनमा ल्याएको छ। त्रिविले आज बिहिबारदेखि विद्यार्थी,क्याम्पस वा कलेजहरुको सहजताका लागि आफ्नै आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएको जनाएको हो । युट्युव च्यानलको नाम : TU Office of the Controller of Examinations YouTube Chanel  रहेको छ। लिंक : https://www.youtube.com/@OCOE-AK रहेको छ। त्रिविका अनुसार अनलाइन परीक्षा फाराम, तालिका, रिटोटलिङ, नतिजा सम्बन्धी कुनै पनि समाचार,विषयहरू यस च्यानल मार्फत अपडेट गरिनेछ।...
‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन

‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१५ माघ,काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर कौशलटारस्थित ‘ चाहना पाउरोटी उद्योग प्राली’ ले उत्पादन गरेको ‘उत्सव’ ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले प्राप्त उजुरीका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उक्त उद्योगको हालै स्थलगत निरीक्षण गरेको थियो। निरीक्षण क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादित वस्तुको लेबलमा भने गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ। अनुगमन क्रममा उक्त उद्योगले उत्पादन गरेको उत्सव ब्रान्डको मिल्क ब्रेडको लेबलमा उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको फेला परेको थियो। ब्रेडको प्याकेटमा उत्पादन मिति २३।०२।२६ र उपभोग्य मिति ०१।०२।२६ उल्लेख गरी बिक्री वितरण भइरहेको पाइएको हो।यस्तो गल्ती प्रिन्टका कारण उपभोक्ता झुक्किने र स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि विभ...
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१५ माघ,काठमाडौं।नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ। आज विहिबार एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ।यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।आज बिहिबारर चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएकोछ।...