ताजा अपडेट

निर्वाचनमा वडातहसम्म समन्वय गर्न गृहमन्त्रीको निर्देशन

निर्वाचनमा वडातहसम्म समन्वय गर्न गृहमन्त्रीको निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
१८माघ,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी व्यवस्थापनका लागि वडा तहसम्मका व्यक्तिहरुलाई संलग्न गराउन निर्देशन दिएका छन् । शनिबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्दै गृहमन्त्री अर्यालले प्रतिनिधिसभा निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिएका हुन् । स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा,२०८२’ लाई कार्यान्वयन गर्न उनले निर्देशन दिए। अवधारणा अनुसार स्थानीय तहका वडाध्यक्ष एवम् वडास्तरमा रहेका राजनीतिक दलमा आवद्ध पदाधिकारी,व्यक्ति, स्थानीय प्रबुद्ध व्यक्ति एवं आम मतदाताबाट सहयोग लिने उल्लेख छ । गृहसचिव राजकुमार श्रेष्ठ र मन्त्रालयका प्रवक्ता ...
सुनको मूल्यमा उच्च गिरावट,कति भयो तोलाको ?

सुनको मूल्यमा उच्च गिरावट,कति भयो तोलाको ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१८ माघ,काठमाडौं ।नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।शुक्रबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको  थियो । शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।...
बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, समाचार
१८ माघ, । काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो । महानगरका अनुसार बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने र त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। त्यसैगरी, बबरमहलको धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने भएको छ। आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको महानगरको भनाई छ ।...
स्वस्थानी व्रत कथा समापन गरिँदै

स्वस्थानी व्रत कथा समापन गरिँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ माघ,काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यस दिनदेखि स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिएको थियो। विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी,१०८ पान,१०८,  १०८ फलफूल,१०८ अक्षता विभिन्न थरिका फूल,धुप,बत्ती,नैवेद्य,श्रीखण्ड,रक्तचन्दन,सिन्दूर, वस्त्र,भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिन्छन् र चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई,पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मि...
आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८माघ, काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर...
फागुन २१ गते चुनाव हुने टुंगो छैन : ओली

फागुन २१ गते चुनाव हुने टुंगो छैन : ओली

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१७ माघ,काठमाडौं ।नेकपा (एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन्। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । उनले फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको जिकिर गरे। निर्वाचनको मिति तोकिए पनि व्यवहार शंकास्पद रहेको भन्दै उनले शहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्यून रहेको बताए। ओलीले भने, ‘अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दै छ,२१ गते चुनाव हुन्छ कि हुँदैन टुंगो छैन।हिमाली भेगमा मान्छे छैनन्।चुनावका लागि अहिलेको समयमा कोही भोट खसाउन...
नमूना मतपत्र सार्वजनिक,काठमाडौंको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक,काठमाडौंको सबैभन्दा ठूलो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ पनि सकिएको आयोगले जनाएको छ ।...
मट्टितेल र डिजेलको मूल्य बढ्यो

मट्टितेल र डिजेलको मूल्य बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
१७ माघ,काठमाडौं ।नेपाल आयल निगमले मट्टितेल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले मट्टितेल र डिजेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन ।  ...
कांग्रेसमा अब गुट छैन,यो ध्वंस गर्ने पार्टी पनि होइन : सभापति थापा

कांग्रेसमा अब गुट छैन,यो ध्वंस गर्ने पार्टी पनि होइन : सभापति थापा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६ माघ,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट उप—गुट नरहेको जिकिर गरेका छन् ।धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस प्रकारको जिकिर गरेका हुन् । उनले कांग्रेस नयाँ सोच र नयाँ शैलीको साथ आएको हुँनाले मधेसले पूर्ण विश्वास गर्ने र कांग्रेसको एकलौटी सरकार बन्ने दाबी गरे। उनले भने,‘पार्टी भित्र कुनै गुट छैन, रहँदा पनि रहँदैन।कसैले एउटा कुरा पनि नराखीकन तपाईँहरूले काम गरिदिनुहोला। यो हिजोको पार्टी होइन,हामी फरक ढङ्गले आएका छौँ,फरक सोचका साथमा आएका छौँ। त्यसैले पार्टीको उम्मेदवारको,कांग्रेसको कार्यकर्ता भएर ‘गाछी’ चिन्ह लिएर उम्मेदवार आइसके पछाडि,मलाई व्यक्तिगत रूपमा के लाग्छ भन्ने कुरा अब गौण भयो। त्यसको कुनै पनि अर्थ छैन । पछि बसौँला,छलफल गरौँला।’ उनले भोलि कुनै पार्टीका नेताहरूले असहयोग गरेको कतै सुन्नु नपर्ने अवस्था ल्याउन आग्रह गरे।  ‘हाम...
अर्थ मन्त्रालयको बजेट खर्च निकै कम

अर्थ मन्त्रालयको बजेट खर्च निकै कम

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१६ माघ,काठमाडौं ।अर्थ मन्त्रालयको बजेट निकै कम देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा अर्थ मन्त्रालय र मातहत निकायले कुल विनियोजनको ७.१५ प्रतिशतमात्र बजेट खर्च गरेका छन्।जुन अघिल्लो  तुलनामा कम हो। गत आव विनियोजनको १९.४६ प्रतिशत बजेट अर्थले खर्च गरेको थियो। मन्त्रालय र मातहत निकायको विनियोजित बजेट यस वर्ष ३८ अर्ब ९९ करोड छ।यसमा पुस मसान्तसम्म २ अर्ब ७८ करोडमात्र खर्च भएको छ। यस वर्ष चालु खर्च लक्ष्यको ४.५१ प्रतिशत र पूँजीगत खर्च १५.३९ प्रतिशत हाराहारी भएको तथ्यांक छ। यस वर्ष ९ अर्ब ४५ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखिएकोमा १ अर्ब ४५ करोडमात्र खर्च भएको तथ्यांक छ । यस अवधिमा मन्त्रालय स्वयंले लक्ष्यको १६.६ प्रतिशतमात्र खर्च गर्न सकेको देखिन्छ। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १५.४ प्रतिशत खर्च गरेको देखिन्छ ।आर्थिक पुनरु...