ताजा अपडेट

पार्टीको हरेक संरचनामा ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व गराउन माग

पार्टीको हरेक संरचनामा ४० वर्षमुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व गराउन माग

ताजा अपडेट, ब्यानर-२, समाचार
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र सबै तहका पार्टी संरचनामा कम्तीमा ४० वर्षमुनिका युवाहरूले ४० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग भएको छ ।झापाका ४० मुनिका पार्टी राजनीतिमा आबद्ध युवाहरूले मंगलबार भेला गर्दै दबाब दिएका छन् । झापाको सो भेलाले अवधारणा पत्र नै पारित गरेको छ । मिलन चापागाईंको संयोजनमा पार्टी संरचना र राज्य सञ्चालनमा युवाको निर्णायक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको बताइएको छ । अवधारणा पत्रमा पार्टीका वडा तहदेखि केन्द्रसम्म ४० प्रतिशत ४० मुनिका युवा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने मात्र होइन तीनै तहका सरकारका लागि उम्मेदवार छनोट गर्दा अनिवार्य रूपमा ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने, भ्रष्टाचारविरुद्ध सङ्गठित खबरदारी गर्ने, पारदर्शीता र जवाफदेहिता बढाउने तथा समसामयिक राजनीतिक...
टोखाका व्यापारी चाकु बनाउन व्यस्त

टोखाका व्यापारी चाकु बनाउन व्यस्त

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
२२ पुस, काठमाडौं । माघे संक्रान्ति नजिकिंदै गर्दा काठमाडौंको टोखा क्षेत्रका उद्योगी व्यवसायीहरू चाकु बनाउन व्यस्त देखिन्छन् । विशेष गरि माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन रहिआएकोले यो समय त्यस क्षेत्रमा सञ्चालित चाकु उत्पादन गर्नै उद्योगहरुमा कर्मचारीहरुलाई भ्याइनभ्याइ हुने गर्दछ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यस्’ को अर्थ ‘फल्ने ठाउँ’ भन्ने बुझिन्छ । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । नेवारी समुदायको बहुल्यता रहेको टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । यो समयमा चाकुको माग अत्यधिक हुने गर्दा बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ हुने गरेको उद्योगीहरूको भनाई छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेत...
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

अन्तर्राष्ट्रिय, अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ। कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ। कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए। अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डक, चमन, कुर्म, पक्तिया, पक्तिका, कुनर, खोस्ट, कन्दाहार र हेलमन्दमा पाकिस्तान र अफगानिस्तानको सेनाबीच भिडन्त भएको थियो।...
ट्रम्पविरुद्ध अमेरिकामा  प्रदर्शन

ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर विशाल प्रदर्शन भएको छ। “नो किङ्स” नाम दिइएको आन्दोलन न्युयोर्क, वासिङ्टन डीसी, शिकागो, मियामी र लस एन्जलससहितका ठूला शहरमा एकैसाथ सुरु भएको बीबीसीले उल्लेख गरेको छ । न्युयोर्कको प्रसिद्ध टाइम्स स्क्वायरमा स्थानीय समय अनुसार बिहानैदेखि हजारौँ प्रदर्शनकारी भेला भएको र राजतन्त्र नभइ लोकतन्त्र चाहिने भावसहितका नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरूले सडक र सबवे प्रवेशद्वार भरिएको जनाइएको छ । ट्रम्प प्रशासनले कार्यकारी आदेशमार्फत् संसदले पास गरेको बजेट रोक्ने, संघीय निकाय विघटन गर्ने र राज्यहरूको विरोध हुँदाहुँदै नेशनल गार्ड परिचालन गर्ने जस्ता कदम संविधानविपरीत भएको प्रदर्शनकारीले आरोप लगाएका छन्। ट्रम्पका पछिल्ला नीतिहरुले उनलाई संचारमाध्यमहरुले राजाको संज्ञा दिन थालेका छन्। बीबीसीका अनुसार ट्रम्पले फक्स न्यु...
१३ वर्षीया विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

१३ वर्षीया विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२ कार्तिक,खोटाङ । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन्। १३ वर्षीया आफ्नै विद्यार्थी बालिका (छात्रा)लाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन्। असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार बालिका प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न।...
निर्वाचनको तयारी तीव्र, यसरी बन्दै छ निर्वाचन सुरक्षा रणनीति

निर्वाचनको तयारी तीव्र, यसरी बन्दै छ निर्वाचन सुरक्षा रणनीति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२ कात्तिक, काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ । शनिबार राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल गरिएको सरकारको भनाई छ । निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित भएको गृहमन्त्रालयले जनाएको छ । आज आइतबारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् ।भने,बैठकले एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने बताइएको छ । गृहमन्त्री अर्यालले गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अप...
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको छ ।यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर...
वाणिज्य बैंकहरुले अझै घटाए ब्याजदर

वाणिज्य बैंकहरुले अझै घटाए ब्याजदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
३१ असोज, काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर अझै घटाएका छन् ।  २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६३ प्रतिशत विन्दुले घटेको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.४६३५ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.२००५ प्रतिशत कायम भएको छ । कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत ब्याजदर थियो । कात्तिक महिनाका लागि १४ वटा बैंकले ब्याजदर घटाउँदा ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी ...
दल घोषणा गर्दै मिरज ढुंगाना,एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्ने

दल घोषणा गर्दै मिरज ढुंगाना,एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असोज, काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् । ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् । ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवा मध्येका एक हुन् ।शुरुमा धेरैले उनलाई २३ गतेको जेनजी प्रदर्शन कार्यक्रमका संयोजक भनेर चिन्थे ।  ...
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक(सूचीसहित)

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक(सूचीसहित)

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने र न्याय सेवाका दुई सचिवको सरुवा गर्ने लगायतका निर्णय भएको छ। मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।  ...