ताजा अपडेट

कुलमानले दिए मन्त्री पदबाट राजीनामा,राजनीतिक यात्रा तय

कुलमानले दिए मन्त्री पदबाट राजीनामा,राजनीतिक यात्रा तय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ पुस,काठमाडौं ।ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपाल बनाउन आफ्नो अबको बाटो राजनीतिक यात्रा नै हुने बताएका छन्। प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका थिए ।अब आफू खुला रुपमा राजनीतिमा लाग्ने उनको भनाई छ । उनले भने, ‘म पदबाट बाहिरिएको छु । तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,।’ ‘उज्यालो नेपाल बनाउन सशक्त रुपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ राजीनामापश्चातको पत्रकार सम्मेलन मार्फत उनले भने। घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको एका छन् ।  राजीनामा बुझाएसँगै उनलाई...
पातलो प्लास्टिक झोला उत्पादन गर्ने र बेच्ने ४ उद्योगलाई जरिबाना

पातलो प्लास्टिक झोला उत्पादन गर्ने र बेच्ने ४ उद्योगलाई जरिबाना

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२३ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि बजारमा यसको प्रयोग नरोकिएपछि विभागले उद्योगमै पुगेर अनुगमन थालेको छ । विभागले गरेको निरीक्षणका क्रममा ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ ९२० ९क० र दफा ३८ ९ङ० बमोजिमको कसुर गरेको ठहर भएको थियो ।कारबाहीमा पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ स्थित औद्योगिक क्षेत्रमा रहेका प्रज्ञा प्लास्टिक उद्योग र श्री विन्दवासिनी प्लास्टिक उद्योग रहेका छन् । यी दुवै उद्योगलाई विभागले जनही २ लाख रुप...
मानव अधिकार आयाेगमा लामिछानेकाे दुई घन्टा बयान

मानव अधिकार आयाेगमा लामिछानेकाे दुई घन्टा बयान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् । बुधबार साढे १ बजे बयान दिन पुगेका लामिछाने साढे ३ बजेसम्म ३ घण्टा आयोगको अनुसन्धान टोलीलाई बयान दिएर फर्किएको बताइएको छ ।  जेनजी आन्दोलन तथा नख्खु कारागारबाट भाग्नुको कारण लगायतका विषयमा बयान लिइएको अनुसन्धान टोलीले जानकारी दिएको छ । उनले दिएको बयान आयोगले तयार पार्ने प्रतिवेदनमार्फत सार्वजनिक हुने बताइएको छ । ...
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३ पुस,काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । उनले मन्त्रालयमा अहिले पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेको उनको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा उनी भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।    ...
आजको मौसम : तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो

आजको मौसम : तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३ पुस,काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा भने हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। उता राति पनि तराईका धेरै स्थानहरूमा हुस्सु रहने र पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।  ...
सामाजिक सद्‌भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्लामा निर्देशनात्मक सर्कुलर

सामाजिक सद्‌भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्लामा निर्देशनात्मक सर्कुलर

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ पुस, काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्‌भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । मङ्गलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न पर्ने उल्लेख छ । गृहले धार्मिक,सामाजिक,एवंम सांस्कृतिक सद्‌भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न समेत सबै जिल्ला प्रशासनलाई निर्देश गरेको छ । यसका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक,सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्‌भाव का लागि सार्वजनिक आह्वान गर्ने गृहको निर्देशन छ । यस्तै सबै पक्षहरूको सहभा...
एमाले लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई

एमाले लुम्बिनी प्रदेश संयोजनको जिम्मेवारी पद्मा अर्याललाई

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस, काठमाडौं । नेकपा एमालेले लुम्बिनीको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिएको छ । अर्याल यसअघि पनि लुम्बिनी इन्चार्जको जिम्मेवारीमा थिइन् ।आगामी निर्वाचनसम्मका लागि प्रदेश संयोजन गर्ने जिम्मेवारी पनि उनलाई नै दिइएको एमालेले जनाएको छ । यसअघि इन्चार्ज रहेका नेता केन्द्रीय सदस्य नभएको ठाउँमा नयाँलाई जिम्मा दिएर केन्द्रीय सदस्यहरुको कार्य विभाजन भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । साबिककै जिल्ला इन्चार्जहरू निर्वाचित भएको ठाउँमा चुनावसम्म उनीहरूले नै संयोजन गर्ने एमालेले जनाएको छ ।...
एमालेमा जिम्मेवारी बाँडफाँट : कुन नेतालाई कुन प्रदेश ?

एमालेमा जिम्मेवारी बाँडफाँट : कुन नेतालाई कुन प्रदेश ?

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस, काठमाडौं ।नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज मंगलबार बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचन संयोजनका लागि नेताहरूलाई जिम्मेवारी दिएको उप–महासचिव लेखराज भट्टले जानकारी दिए । यस्तो छ जिम्मेवारी बाँडफाँट –ः १. कोशी — शेरधन राई २. मधेश — लीलानाथ श्रेष्ठ ३. बागमती — महेश बस्नेत ४. राजधानी — डा. राजन भट्टराई ५.गण्डकी — खगराज अधिकारी ६. कर्णाली—यामलाल कँडेल ७. सुदूरपश्चिम—गणेश ठगुन्ना ८. संगठन विभाग—भानुभक्त ढकाल...
एमालेको प्रचार विभाग प्रमुखमा  शाही

एमालेको प्रचार विभाग प्रमुखमा शाही

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस,काठमाडौं ।नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन् । आज मंगलबार बसेको पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभुमीबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गरेका हुन् । शाही सामुदायिक सुचना नेटवर्कको संस्थापक,सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब)को दुई कार्यकाल अध्यक्ष भएका थिए । एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका शाही सामुदायिक रेडियो विश्व संगठनको सह–अध्यक्ष हुन् ।...
राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय

ताजा अपडेट, राजनीति, समाचार
२२ पुस, काठमाडौं ।नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। आज मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। कांग्रेस र एमालेले ७÷७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको र क्लस्टर मिलाउन बाँकी भएको उनको भनाइ छ। उम्मेदवार टुंगो लगाउन  नेताहरू आन्तरिक छलफलमा व्यस्त छन्। कार्यसम्पादन समितिको बैठक भोलि फेरी बिहान ९ बजे बस्ने गरी बोलाइएको कंग्रेसले जनाएको छ।...