ताजा अपडेट

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९ माघ,काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र ढङ्गले मर्यादित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ। नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा सो विषय गरिएको उल्लेख छ । विज्ञप्ति मार्फत निर्वाचनमा संलग्न सबै सरोकारवाला,राजनीतिक दल,उम्मेदवार,सरकारी निकाय,सुरक्षाकर्मी,सञ्चारमाध्यम तथा मतदातालाई निर्वाचन आचारसंहिता पालना गर्न आह्वान गरिएको छ । स्वच्छ,निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो।अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी,सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ। जारी विज्ञप्तिमा भनिएको छ ।  सुरक्षा निकायलाई ...
आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो,पहाडी तथा हिमाली भागमा मुख्यतया सफा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो,पहाडी तथा हिमाली भागमा मुख्यतया सफा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
हाल देशमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। उता आज राति पनि तराईका भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ।देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।...
ट्राफिक सप्ताह सुरु

ट्राफिक सप्ताह सुरु

ताजा अपडेट, बिशेष, समाचार
२५ पुस, काठमाडौं।दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ। आज शुक्रबारदेखि एक हप्ता संचालन हुने र माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय एसएसपी नवराज अधिकारीले आज आयोजित पत्रकार सम्मेलनमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले सहयोग पुग्ने बताए। ‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ उनले भने।  ...
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ । नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन् । त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधान विपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ । संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा केन्द्रीय सदस्यहरू रमा पौड्याल कोइराला, गोमा भट्टराई, सुशीला ढकाल आचार्य, शिव हुमागाई, लक्ष्मी खतिवडा, कृष्णकिशोर घिमिरे सहभागी छन् ।त्यस्तै, जीतजंग बस्नेत, सिता देवकोटा, शारदा पौडेल, सिता राना, रुपा विश्वकर्मा, बालकृष्ण खाण, गुरु बराल, मानबहादुर नेपालीसहितका केन्द्रीय...
म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरुको लर्काे

म्यादी प्रहरीका लागि आवेदन दिन युवाहरुको लर्काे

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२५ पुस, काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि युवाहरु फारम भर्न लाइन लागेका छन् । भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको हो । यस पटकको निर्वाचनमा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ ।  ...
एमालेले जारी गरेको अपानिमा के छ ?

एमालेले जारी गरेको अपानिमा के छ ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५ पुस,काठमाडौं ।नेकपा एमालेले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ ।कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ।‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरुप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ एमालेद्धारा जारी अपानिमा भनिएको छ । चुनावमा नेतृत्वले खेलेको भूमिकालाई आधार मानेर नेताहरूको मूल्यांकन गरिने पनि अपानिमा उल्लेख छ। ‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिनेछ,’ अपानिमा भनिएको छ । केन्द्रीय सदस्य मनोनयन, पोलिट्ब्यूरो गठन र स्थायी कमिटी गठन भने चुनावपछि गरिने एमालेको भनाई छ । जानकारी दिइएको छ । एमालेले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आफ्ना नेताकार्यकर्त...
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच झन्डै ४ घण्टा छलफल

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच झन्डै ४ घण्टा छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५ पुस,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच झन्डै ४ घण्टासम्म छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो दुई जनाबिच भेटवार्ता र लामो छलफल भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबिच कुराकानी भएको थियो ।  भेटवार्तामा फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको र त्यसबाहेक प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत ओलीले चासो राखेका पनि बताइएको छ ।भेटवार्तामा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका र जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले एमाले निर्वा...
बाबु–आमाको ठेगान नभएकाहरुले पनि नागरिकता पाउने नयाँ प्रावधान

बाबु–आमाको ठेगान नभएकाहरुले पनि नागरिकता पाउने नयाँ प्रावधान

ताजा अपडेट, ब्यानर-१, समाचार
२५ पुस,काठमाडौं । सरकारले नेपाल नागरिकता ऐन,२०६३ लाई कार्यान्वयन गर्न ‘नेपाल नागरिकता (चौथो संशोधन)नियमावली,२०८२’ जारी गरेको छ । गृह मन्त्रालयले संशोधन गरेको राजपत्रमा प्रकाशित नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेका सन्तान, नेपालमा फेला परेका अनाथ बालबालिका र गैरआवासीय नेपालीका लागि नागरिकता प्राप्तिको प्रक्रियालाई थप स्पष्ट र सरल बनाएको छ । विशेषगरी एकल महिलाका सन्तान र राज्यको संरक्षणमा रहेका बालबालिकाको ‘पहिचानको हक’ लाई कानुनी रूपमै यो नियमावलीले सुरक्षित गरेको छ ।यसमा बाबुको पहिचान नभएको अवस्थामा आमा र सन्तान दुवैले अनुसूची बमोजिमको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।यो नै यसको प्रमुख विषेशता हो । यसमा बालबालिकाको पहिचानका लागि १६ वर्षसम्म मान्य हुने ‘नाबालक परिचयपत्र’को सुरुवात गरिएको छ । संरक्षणमा रहेका बालबालिकालाई संरक्षकको विवरणका आधारमा नागरिकता दिइने व्यवस्था गरिए...
बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

ताजा अपडेट, बिशेष, विचार, शिक्षा, समाचार, स्थानीय
 मनिषा गुरुङ २४ पुस,काठमाडौं । शिक्षा सुधारका लागि प्रतिबद्धता,शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा गर्दै बुढानीलकण्ठ नगरपालिकाले बुधबार नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको बताए।सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गरि गुणस्तरीय शिक्षा र सुशासन तथा पारदर्शिता अनिवार्य रहेको उनको तर्क थियो। मेयर अधिकारीले शिक्षकहरूको भूमिका केवल पाठ्यक्रममा सीमित नभइकन विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने भन्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति,स्रोत तथा सााधनका साथमा उचित वातावरण तयार गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। कार्यक्रममा उप–मेयर अनिता लामाले शिक्षामा समान पहुँच,शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थान...
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु,पहाडी तथा हिमाली भू–भागमा मुख्यतया सफा रहने

आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु,पहाडी तथा हिमाली भू–भागमा मुख्यतया सफा रहने

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, स्वास्थ्य
२४ पुस,काठमाडौं ।देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ। उता आज राति पनि तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।  ...