ताजा अपडेट

‘शान्ति,सुरक्षा र प्रतिबद्धता’सहित सशस्त्र प्रहरी बलले मनायो रजत महोत्सव

‘शान्ति,सुरक्षा र प्रतिबद्धता’सहित सशस्त्र प्रहरी बलले मनायो रजत महोत्सव

ताजा अपडेट, समाचार
१२ माघ,काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यहि माघ ९ गते शुक्रबार आफ्नो २५औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) मनाएको छ। ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ मूल नारासहित तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जिउ,धन र स्वन्त्रताको रक्षा गर्नका लागि २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो।...
नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१२ माघ ,काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा,सुरक्षा,सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साउदीको रियादमा साधारण श्रमिक  (General Workers)  को सुरक्षित,व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।...
बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

ताजा अपडेट, समाचार, स्थानीय
११ माघ,काठमाडौं ।बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण सुरु भएको छ। नगरपालिकाका अनुसार पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी तथा वित्तीय जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न सो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसमार्फत नगरपालिकाले सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र ल्याई व्यवस्थित गर्ने तथा शेयर सदस्यहरूको हित संरक्षण तथा सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। सहकारी समन्वय समितिको संयोजनमा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष,सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ।  ...
राष्ट्रिय सभामा चुनिए १८ नयाँ सांसद

राष्ट्रिय सभामा चुनिए १८ नयाँ सांसद

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११ माघ,काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन्।जसमा नयाँ र अनुभवी तथा युवासहित समावेशी अनुहार रहेका छन् । आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आज आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन्। ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन्। कहाँ को भए निर्वाचित ? कोशी प्रदेश १) सुनिलबहादुर थापा निर्विरोध निर्वाचित,नेपाली कांग्रेस २) रोशनी मे...
अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबारको सीमा घटायौं : अर्थमन्त्री

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबारको सीमा घटायौं : अर्थमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१० माघ,काठमाडौं।अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए ।  कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेको भन्दै उनले अपारदर्शी कारोवारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको स्पष्ट पारे। बैंक तथा वित्तीय संस्थाहरूले राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने उनको भनाइ छ । फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन् ।  धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित,क्षमतामा आधारित,आय आर्जन गर्ने क्षमतामा आधारित...
‘रेलवे म्युजियम’ बनाउने तयारीमा वीरगञ्ज महानगर,झाडी तथा फोहर हटाइयो

‘रेलवे म्युजियम’ बनाउने तयारीमा वीरगञ्ज महानगर,झाडी तथा फोहर हटाइयो

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१० माघ,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा ‘रेल्वे म्युजियम’ निर्माणको प्रारम्भिक चरणका काम अघि बढाएको छ । सोही अवसरमा उक्त क्षेत्रमा रहेका रेल्वेका पुराना संरचना,झाडी,अनावश्यक रुख तथा फोहर हटाउँदै सरसफाइ कार्यक्रम गरिएको छ । महानगरको गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए ।  उनले वीरगञ्जबाटै नेपालमा पहिलोपटक रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको भन्दै रेल सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचना,सामग्री तथा ऐतिहासिक सम्पदालाई संरक्षण र पुनः प्रयोग गरी ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताएका थिए ।  कार्यक्रम नगरप्रमुख  सिंहले ‘रेलवे म्युजियम’ वीरगञ्जको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताएका छन् । नेप...
काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

काठमाडौं–ल्हासा पुनः बस सञ्चालन सहमति

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, वातावरण, समाचार
१० माघ,काठमाडौं । नेपाल–चीन वाणिज्य सचिव स्तरीय बैठकले काठमाडौं–ल्हासा पुनः बस सेवा सञ्चालन गर्ने सहमित गरेको छ । बैठकले पूर्वाधार निर्माणलाई गति दिने सहमति पनि गरेको छ ।हालै चीनको ल्हासामा सम्पन्न तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा द्विपक्षीय व्यापार,लगानी,पारवहन,भन्सार सहजीकरण,प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विविध विषयमा बृहत छलफल भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले गरेका थिए ।चीनियाँ प्रतिनिधिमण्डलको नेतृत्व सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंक, ल्हासास्थित नेपाली महावाणिज्यदूतावास, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलमा सिजाङ स...
पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

पद बहालपश्चात सभापति थापाको स्पष्टोक्ति : कांग्रेस बदल्यौं,अब देश बदल्छौं

ताजा अपडेट, राजनीति, समाचार
९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको एकमात्र ध्येय देशको समुन्नति रहेको बताएका छन् । केन्द्रीय कार्यालयमा पद बहाल गरेपछि माइन्युटमा प्रतिबद्धता जनाउँदै उनले आफ्नो एकमात्र ध्यये देशको समुन्नति रहेको बताएका हुन् । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश,’ सभापति थापाले उल्लेख गरेका छन्, । ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति ।’ सभापति थापाले थपेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले आज शुक्रबार केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका थिए । शुक्रबारको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा समेत गरिसकेको छ । विभिन्न ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उप–सभापति विश्वप्रकाश शर्माले बताएका छन्। उप–सभाप...
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए  : निर्वाचन आयोग

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए : निर्वाचन आयोग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९ माघ,काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको पनि नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।१० गते समानुपातिकतर्फको दाबी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगको भनाइ छ। प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली आज देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको छ। आयोगका अनुसार आज बेलुका ४ बजेदेखि ७ बजेसम्म ती कार्यालयमा दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिद...
विभिन्न संस्थाका सामाजिक सञ्जालका ९८ पोष्ट हटाउँदै निर्वाचन आयोग

विभिन्न संस्थाका सामाजिक सञ्जालका ९८ पोष्ट हटाउँदै निर्वाचन आयोग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ माघ,काठमाडौं ।निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित संस्थालाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचनाको गलत तरिकाले प्रचारप्रसार भएकाले ति सामग्रीहरु हटाउन सोही अनुसार पत्राचार गरिएको हो ।  ९८ वटा प्रसारित सामग्री गलत ठानिएकोले कारबाहीका लागि पत्राचार गरेको र तत्तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको बताइएको छ। पाठकलाई गलत सूचना नपुगोस् भनेर फ्याक्ट चेकका लागि  पनि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरेको उनले आज शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत बताएका छन् । आचारसंहिता कार्यान्वयनका लागि आयोगमा कार्यदल नै बनाएर काम भएको उनको भनाइ छ ।  ...