ताजा अपडेट

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असोज, काठमाडौं ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्। सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख भएनुसार उनीसहित राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।...
आजको मौसम : देशभर मुख्यतया मौसम सफा रहने

आजको मौसम : देशभर मुख्यतया मौसम सफा रहने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१ असोज,काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।जसका कारण आज बिहानैदेखि देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । उता आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।...
सेयर बजार एक वर्षकै न्यून विन्दुमा झर्‍यो

सेयर बजार एक वर्षकै न्यून विन्दुमा झर्‍यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
३० असोज,काठमाडौं ।बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ । बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो । त्यस्तै...
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशनः नर्सको समस्या तत्काल समाधान गर्नू

स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशनः नर्सको समस्या तत्काल समाधान गर्नू

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
३० असोज,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज बिहिबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई भेटेर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन समेत निर्देशन दिएकी छिन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो ।  हाल स्वास्थय मन्त्रालयको जीम्मेवारी पनि प्रधानमन्त्रीकै माताहतमा रहेको छ ।...
आज साढे २ लाख नाघ्यो सुन

आज साढे २ लाख नाघ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० असोज,काठमाडौं ।नेपाली बजारमा सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेपछि नेपाली बजारमा प्रभाव देखिएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ ।...
आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

आज ४५औं विश्व खाद्य दिवस मनाइँदै

अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, समाचार
३० असोज, काठमाडौं । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । सरकारको कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागेको सरकारको भनाई छ । विभागका अनुसार खाद्य वस्तुको प्रदर्शनी,जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको छ । भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्न दिवसले सहयोग पुर्‍याउने उनको विश्वास छदिवसका अवसरमा राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूसँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाश...
तीन करोडभन्दा महँगो जग्गा सिधै किन्न नपाइने

तीन करोडभन्दा महँगो जग्गा सिधै किन्न नपाइने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
३० असोज,काठमाडौंं । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको हो । यस अनुसार अब इजाजतपत्र प्राप्त गरेको संस्थालाई ब्रोकर बनाएर मात्रै यस्तो खरिदबिक्री गर्नु पर्नेछ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन,२०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको जनाएको छ। यो व्यवस्था हालका लागि महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा हकमा मात्रै अनिवार्य गरिएको छ ।क्षेत्रफल भने निर्धारण भइनसकेको मन्त्रालयले जनाएको छ।...
मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३० असोज,काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । बागमती,गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । उता आज राति भने, देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने

बैंकहरूले सीएसआरको रकम जेनजी आन्दोलन पीडितमाथि खर्च गर्न पाउने

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२९ असोज,काठमाडौं ।बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा भएको रकम जेनजी आन्दोलनका घाइते र पीडितको हितमा खर्च गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सीएसआर मार्गदर्शन संशोधन गरी जेनजी आन्दोलन घाइतेको उपचार तथा रोजगारका लागि पनि खर्च गर्न पाउने भएका हुन्। केन्द्रीय बैंकले मार्गदर्शनमा थप गर्दै सीएसआरको रकमबाट जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी अस्पताललाई उपलब्ध गराइने खर्च पनि गणना गर्न सकिने बनाएको छ। त्यसैगरी जेनजी आन्दोलनमा शहीद भएका व्यक्ति, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउन संस्थामा समेत लगानी गर्न सक्ने व्यवस्था थप गरेको छ ।  ...
फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
२९ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ। यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरुसँग सहज रुपमा जोडिनका लागि सहयोग गर्नेछ। यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सनमा मात्रै सुरुवात गरिएको छ । बिटा भर्सन परीक्षण गर्ने कतिपय प्रयोगकर्ताले यसको पुष्टि गरेका छन् । यसअघिसम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिंक्स मात्रै देखिन्थे । अब चाहीँ सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा ...