ताजा अपडेट

आतंक बढेको भन्दै कास्की प्रहरीले थाल्यो अपरेसन ३६५

आतंक बढेको भन्दै कास्की प्रहरीले थाल्यो अपरेसन ३६५

अपराध, ताजा अपडेट, बिशेष, समाचार
२९ असोज,पोखरा । केही दिनअघि पोखरा लेखसाइडमा बुलेट मोटरसाइकल पड्काउँदै कुद्ने,आतंक मच्चाउने र व्यवसायी कुट्ने गरेको पाइएपछि कास्की प्रहरीले अपरेसन ३६५ थालेको छ । यस्ता घटना हुन थालेपछि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरेका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट,क्रस फायर,पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएको बताइएको छ। नेतादेखि व्यवसायीसम्मको घर जलाउने,लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखर...
आजदेखि राहदानी आवेदन सेवा सुचारु

आजदेखि राहदानी आवेदन सेवा सुचारु

ताजा अपडेट, ब्यानर-२, समाचार
२९ असोज, काठमाडौं ।काठमाडौंमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुचारु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा बुधबारदेखि सुरु गर्न लागेको जानकारी दिएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्ट मार्फत राहदानी आवेदनसम्बन्धी सेवा पुनः संचालन गरिएको जानकारी दिएका छन्। हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ ।...
संघसंस्था र ट्रष्टका सम्पत्ति बिक्री नगर्न काठमाडौं प्रशासनको मालपोत कार्यालयलाई निर्देशन

संघसंस्था र ट्रष्टका सम्पत्ति बिक्री नगर्न काठमाडौं प्रशासनको मालपोत कार्यालयलाई निर्देशन

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, स्थानीय
२८ असोज,काठमाडौंं।जिल्ला प्रशासन कार्यालय,काठमाडौंले मठ–मन्दिर,ट्रष्ट र संघसंस्थाका नाममा रहेका जग्गा तथा अचल सम्पत्तिको बिक्री वितरणमा कडा निगरानी बढाउने भएको छ । प्रशासनले २०७६ साल बैशाख ३१ गते गृह मन्त्रालयबाट जारी निर्देशनअनुसार यस्ता सम्पत्ति बिक्री–वितरणमा रोक लगाइएको स्मरण गराउँदै यस्तो कार्य नगर्न पुनः सचेत गराएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा हालसम्म पनि केही गैरसरकारी संस्था, संघसंस्था, मठ–मन्दिर र ट्रष्टले जग्गा बिक्री गरेको जानकारी प्रशासनमा पुगेको उल्लेख छ । उक्त सूचनामा भनिएको छ, ‘विक्रि वितरणमा रोक लगाइएको सरकारी निर्णय हुँदाहुँदै समेत यस्ता संस्था र निकायले जग्गा बिक्री गरेको भन्ने गम्भीर सूचना प्राप्त भएकोले यस कार्यालयको ध्यानाकर्षण भएको छ।’ प्रशासनले काठमाडौं जिल्लाभित्रका सबै मालपोत कार्यालयलाई पनि निर्देशन जारी गर्दै संघ, मठ–मन्...
१०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक

१०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२८ असोज,काठमाडौंं। गरिमा विकास बैंक लिमिटेडले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने सञ्चालक समितिको ३३४औँ बैठकले प्रस्ताव गरेको हो। चुक्ता पुँजीको ६ र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति हुनासाथ बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै उक्त लाभांश वितरण गरिनेछ। हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ चुक्ता पुँजी रहेकोमा नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई आउन्नाइसौँ वार्षिक साधारणसभाबाट पारित भएपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ कायम हुनेछ। लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्...
गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्रीद्वारा उजुरी आह्वान

गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्रीद्वारा उजुरी आह्वान

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८ असोज,काठमाडौंं। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्नका लागि उजुरी दिन आह्वान गरेका छन्। सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले नागरिकहरूले उठाउँदै आएका यस्ता प्रकरणका फाइल खोल्नका लागि पीडितहरूले उजुरी दिनुपर्ने बताएका हुन्। मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र लिखित रूपमा राज्य संयन्त्रमा उजुरी आए मात्र प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। उनले भने,‘पहिले आदेशले हुन्थ्यो,अहिले कानुनले हुन्छ। जे छ, कानुनबमोजिम हुन्छ।भइरहेको कानुन कार्यान्वयन हुन्छ। हस्तक्षेप कतै पनि हुँदैन। कानुनले आफ्नो कार्य लिन्छ। अब बडो अर्ग्यानिक वेमा हुन्छ। कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानुन हेरिन्छ, उजुरी हेरिन्छ। हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्दछन्। जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ...
अन्तत: देउवाले तोके कार्यवाहक

अन्तत: देउवाले तोके कार्यवाहक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८ असोज,काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।  उनले विषम परिस्थितिमा पार्टीभित्र सम्पूर्ण मतभेद बिर्सेर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे । बैठकमा सम्बोधन गर्दै देउवाले सरकारले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सार्थक संवादको वातावरण नबनाएको पनि बताए । देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ । पार्टीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा...
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ असोज, काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले नयाँ वर्ष नेपाल संवत् ११४६ कात्तिक ५ गते मनाउनुपर्ने शास्त्रीय निर्णय भएको पनि बताएका छन् ।कात्तिक १ गतेदेखि सुरु हुने यमपञ्चक तिहार पर्वमा यमदीप दान, काग र कुकुरको पूजा गरिन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त...
एकैदिन ८ हजार १ सय बढ्यो सुन,अहिलेसम्मकै उच्च

एकैदिन ८ हजार १ सय बढ्यो सुन,अहिलेसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२८ असोज, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ।सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीमा पनि हालसम्मकै उच्च मूल्य हो।...
संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पेस

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पेस

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८ असोज, काठमाडौं ।सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिएका छन् ।  जेनजी आन्दोलनपछि  प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।...
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी,जेनजीका सपना पुरा गर्न होला त यो निर्वाचन उपयोगी ?

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी,जेनजीका सपना पुरा गर्न होला त यो निर्वाचन उपयोगी ?

ताजा अपडेट, बिशेष, समाचार
२७ असोज,काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच नै छलफल भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारीको विषयमा छलफल भएको थियो । जहाँ अध्यक्ष दाहालले निर्वाचन आयोगका आयुक्तसँगको भेटबारे पनि जानकारी गराएका थिए । निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने भनेको छ । उनीहरुले आफ्नो कार्यतालिका भित्र राखिसके । अब सरकारसँग समन्वय गरेर, तपाईंसँग समन्वय गरेर अघि बढ्ने भन्नेसम्मको कुरा भएको छ’ अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष राखेका छन् ।आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसकारण माघ दोस्रो साताभित्र निर्वाचन ...