श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ
२७ असोज,काठमाडौं ।श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(७, गौरीघाट मिलनचोकमा डेरा गरी बस्ने ३५ वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरेको हो।
उनले ४० वर्षीया श्रीमतिलाई हत्या गरेको अभियोग लागेको छ। ती महिला आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले हत्यामा संलग्नको आरोपमा उनलाईलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच वादविवाद भई झगडा हुँदा कुटपिट तथा ढुङ्गा प्रहार गरी श्रीमतिको हत्या गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...








