ताजा अपडेट

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि बोर्ड बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने भएको छ । प्राविधिक त्रुटि वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन् । यसैबीच कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।...
झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् ।...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११.३० बजे सिंहदरवार स्थित समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने बताइएको...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालयमा बस्नेछ ।पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ । सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्...
आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।८९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३८ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७५ रुपैयाँ रहेको छ ।...
श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

श्रावण कृष्ण चतुर्दशी : घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ ।चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्व कालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ । यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा ...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंसिकदेखि सामान्य बदली रही देशको कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
रातो मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइयो

रातो मत्स्येन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइयो

ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, वातावरण, समाचार
सीता पौडेल(अर्चना) १८साउन,काठमाडौं।वर्षा र सहकालको देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको छ। बिहिबार दिउँसो ३ बजेर ४९ मिनेटमा लगनखेलबाट रथ तानिएको थियो ।रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने र जावलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिने प्रचलन छ । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ ।मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी सुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्...
श्री शीतलामाई (प्याथ अजिमा)देवीको क्षमा पूजा सम्पन्न

श्री शीतलामाई (प्याथ अजिमा)देवीको क्षमा पूजा सम्पन्न

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, वातावरण, स्थानीय
सीता पौडेल(अर्चना) १७ साउन,काठमाडौं ।धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय स्थल बालाजु–बाइसधारा उद्यान परिसरमा रहेको श्री शीतलामाई (प्याथ अजिमा) देवीको मन्दिरमा क्षमा पुजा गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उक्त उद्यानमा अवस्थित सो मन्दिरमा श्री शितलामाई भजन मण्डलको आयोजनामा १६ नं वडासँगको समन्वय र विभिन्न स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा वार्षिक क्षमा पूजा आयोजना गरेर राम्रोसँग सम्पन्न गरिएको भजन मण्डलका अध्यक्ष कृष्णलाल मानन्धरले बताए । उनका अनुसार हरेक वर्षको साउन महिनामा उक्त मन्दिरमा क्षमा पूजा गर्ने चलन छ ।विशेष गरि पूजाको प्रसादको रुपमा मातालाई ठूलो समयवजी बनाएर प्रसाद चढाउने र पूजा सकिसकेपछि सो प्रसाद सबैलाई बाँडेर  खुवाइन्छ।क्षमा पुजा गरिसकेपछि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई प्रसाद ग्रहण गराएर मात्रै पठाइन्छ ।  शीतलामाई दर्शन ...
बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

ताजा अपडेट, वातावरण, समाचार
म्याग्दी । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो । सङ्घीय सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा नदी नियन्त्रण गर्न काम थालेको थियो । “बेनी बजार संरक्षण आयोजनाअन्तर्गत आठवटा कम्पनीसँग सम्झौता गरेर निर्धारित समयमा नै काम सम्पन्न भएको परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विश्वकर्माले बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रण आयोजना निर्माण भएको हो । आयोजनाअन्तर्गत रु नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी ...