ताजा अपडेट

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
काठमाडौं ।‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा सो समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष,महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभाअध्यक्षता सम्पन्न उक्त समारोहमा सभाध्यक्ष क्षेष्ठले विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदालगायत नेपाल,भारत, युकेलगायत देशबाट आएका अतिथीहरुलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई  धन्यवाद दिएकी थिईन। प्रतिनिधि सभाका उप–सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भा...
रास्वपा महामन्त्री ढकाल सात दिनका लागि निलम्बन

रास्वपा महामन्त्री ढकाल सात दिनका लागि निलम्बन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।  बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए ।...
नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती ५ घण्टा बन्द हुने

नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती ५ घण्टा बन्द हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
मनिषा गुरुङ काठमाडौं । त्रिभुवन राजपथ अनतगर्तको नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती १० बजेदेखि देखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ। राजमार्गको नौबिसे खोलको पुलको गर्डर लन्च गर्न लागिएकाले सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्ने देखिएकोले सो समयमा सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख भए अनुसार सो समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी बाहेक अन्य साधन चल्न पूर्णरुपमा रोक लगाइएको छ ।साथै दुइपांग्रे र साना सवारी साधन प्रयोगकर्ताहरुले बैकल्पिक मार्गको रुपमा धार्के– सितापाइला सडक प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।– फाइल तस्विर...
नौबिसे नागढुङ्गा सडक राति बन्द हुने

नौबिसे नागढुङ्गा सडक राति बन्द हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नौबिसे नागढुङ्गा सडकखण्ड राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज पनि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वी खण्डका सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए ।“पुलको आरसिसी विम ९प्रिकास्ट ब्रिज गर्डर पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर एभिडमेन्टमा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भने, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छन् । आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।११ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको स्मभावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको स्मभावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभर...
निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न आग्रह

निर्देशिका विपरीत सञ्चालित विदेशी सम्बन्धन कलेजमा भर्ना नगर्न आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका विपरीत सञ्चालनमा रहेका विदेशी सम्बन्धन शिक्षण संस्थामा भर्ना नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै नियमित विपरीत सञ्चालनमा रहेको शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना नगर्न सूचित गराउन सार्वजनिक आह्वान गरेकी हुन् । विगतमा गरिएको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा निर्देशिका अनुसार पूरा गर्नुपर्ने न्यूनतम सर्त पूरा नगरेका र उत्कृष्ट १००० भित्र नपर्नेको हकमा हाललाई विद्यार्थी भर्ना नगर्न नगराउन हुन सबैमा मन्त्रालयले अनुरोध गरेको छ । निर्देशिकामा भएका प्रावधानहरूको परिपालनाको सुनिश्चितता गर्न र विद्यार्थी एवम् अभिभावकहरूले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरू छनोट गर्दा सम्बन्धित देशको प्रचलित कानुन बमोजिम स्वीकृति ग...
आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौँ । हाम्रा मन्त्रीहरू फर्कनु हुन्छ ।’ दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली काँग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्म...

सुन चोरेको र किनेको आरोपमा ६ जना पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । झापाका विभिन्न स्थानमा सुन चोरी र चोरीको सुन खरिद गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन चोरी गर्ने, चोरीको सुन बेच्न सहयोग गर्ने र चोरिएको सुन सस्तो दरमा खरिद गर्ने ६ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सुन चोरीमा संलग्न रहेको आरोप लागेका कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा छन् । त्यसैगरी चोरीको सुन खरिद गरेको आरोपमा झापाकै पाथीभरा बराइली ज्वेलर्सका सञ्चालकद्धय ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक ४० वर्षीय सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गरी बगानकै क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी छन् ।...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बाँके । नेपालगन्ज उपमहानगरपालिका(२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा ५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...