गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् ।‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौँ ।
त्यसकारण सरकारबाट हटाइयो,’ महामन्त्री शर्माले भने, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ । प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ ।
’फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उनले बताए । शर्माले अब बन्ने नयाँ सरकारले पनि भ्रष्टाचारका फाइल खोल्ने अपेक्षा राखे । ‘जे खोलिएका छन्, ती प्रक्रियामा हुन्छन् । जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।...








