ताजा अपडेट

एकीकृत समाजवादीको महाधिवेशन : ११ बजेदेखि बन्द सत्र,१२ वटा समूहमा सामूहिक छलफल गर्ने

एकीकृत समाजवादीको महाधिवेशन : ११ बजेदेखि बन्द सत्र,१२ वटा समूहमा सामूहिक छलफल गर्ने

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनको आज बुधबार ११ बजेदेखि बन्द सत्र शुरु हुदै छ।सो बन्द सत्रमा शुरुमा विभिन्न प्रतिवेदनहरूमाथि छलफल हुने र निष्कर्ष पेश गर्ने कार्यचालिका भएको समाजवादीले जनाएको छ। प्रतिनिधिहरुबाट विभिन्न १२ समूह बनाएर सामूहिक छलफल गर्ने,विशेष गरि राजनीतिक दस्तावेज,समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमाथी समूहगत छलफल गरेर निष्कर्ष पेश गर्ने तयारी भएको छ। प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने बताइएको छ।भोली बिहीबारसम्म हुने सो महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति चयन गर्ने जनाएको छ।  ...
आज बेलुकासम्ममा राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

आज बेलुकासम्ममा राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । एमालेले आज बेलुकासम्ममा राजीनामा दिइसक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ। हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६को उपदफा (२) बमोजिम अर्को सरकार निर्माण गर्न आज बुधबारसम्ममा राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यले जनाकारी दिइन। साथै नेकपा एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन समेत आह्वान गरेको छ। एमालेको पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो। तर माओवादी केन्द्रको  हिजो नै बसेको सचिवालय बैठकले भने,प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु संसदमा विश्वा...
कृषि मन्त्रालयका कर्मचारी समायोजन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

कृषि मन्त्रालयका कर्मचारी समायोजन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणा देउवाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत देखिएको कर्मचारी समायोजनको समस्या समाधान गर्न निर्देशन दिएकी छन् । समितिको आज बसेको बैठकमा उनले मन्त्रालय अन्तर्गतका कर्मचारी समायोजन नहुँदा समस्या भएकाले समायोजन गर्न निर्देशन दिएकी हुन् । यसअघि मन्त्रालयअन्तर्गत व्यक्ति समायोजन भए पनि पद अस्थायी पुल भनी राखिँदा कर्मचारी सेवा निवृत्त भएपनि १८, २० वर्षदेखि काम गर्दै आएका अधिकृतको बढुवा हुन नसकी समस्या हुँदै आएको छ । तीन दिनदेखि कर्मचारी समायोजनमा देखिएको समस्या समाधान हुनुपर्ने माग राखी कर्मचारीले धर्ना दिँदै आएका थिए । बैठकपछि समिति सभापति देउवाले समस्या छिटो समाधान गर्न सरकारलाई निर्देशन दिएकी हुन् । कृषि समितिमा सरकारले विधेयक दिन नसक्दा काम गर्ने वातावरण नभएको उनको भनाइ थियो । कृषि समितिका सदस्य काम ग...
नुनको मूल्य वृद्धि

नुनको मूल्य वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ ।मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । आज नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०५ रुपैयाँ रहेको छ ।...
कांग्रेसको संसदीय दलको बैठक बस्दै

कांग्रेसको संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक बुधबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने तयारी भएको स्रोतले जानकारी दिएको छ। बैठकमा जलस्रोत विधेयक,हालको राजनीतिक परिवेश र अबको बाटो लगायतका विभिन्न विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गरिने बताइएको छ।

आजको मौसम : चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही बागमती,गण्डकी,लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक– दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  साथै कोशी, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागमा अनुसार राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। विभागले जनाए अनुसार हाल देशभर सा...
राष्ट्रिय सभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत

राष्ट्रिय सभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौ । राष्ट्रिय सभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्ताव प्रस्तुत गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजीकरणका लागि आवश्यक व्यवस्था गरिएको बताए । दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समिटिने बताउँदै उनले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराएका थिए ।...
४७ अकंले बढ्यो शेयर बजार

४७ अकंले बढ्यो शेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं। आज शेयर बजार दोहोरो अकंले बढेको छ । नेप्से मंगलबार ४७ दशमलव ०४ अकंले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अकंले उकालो लागेको छ । हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अकंले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ । कारोबार रकम पनि बढेको छ । सोमबार ९हिजो० झन्डै ३ अर्बको कारोबार भएकोमा मंगलबार ९आज० ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।...
काँग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काँग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । काँग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । काँग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।...