ताजा अपडेट

प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवास

प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवास

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शीतलनिवास गएका हुन् । सरकार सञ्चालनका लागि दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गए राति सहमति गरेका थिए । उनीहरूले दुई दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (बुधबारं) बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सङ्घीय संसद्का दुई ठूला दल काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ ।...
सेयर बजारमा सर्किट ब्रेक: ४० मिनेटका लागि कारोबार स्थगित

सेयर बजारमा सर्किट ब्रेक: ४० मिनेटका लागि कारोबार स्थगित

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक ९४ प्रतिशत० बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ । यतिबेलासम्म बैंकिङ ४.३, विकास बैंक ३.९९, फाइनान्स ३.७७, होटल ३.४४, हाइड्रोपावर ४.१९, लगानी ४.७३, जीवन बीमा ३.२७, उत्पादन ४.०५, माइक्रोफाइनान्स २.३१, निर्जीवन बीमा ३, अन्य ५।७६ तथा व्यापार १।७५ प्रतिशत बढेका छन् । कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।...
नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । एमाले कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बिहान बसेको रास्वपा सचिवालय बैठकले वर्तमान सरकारबाट बाहिरिने तर नयाँ गठबन्धनमा पनि सामेल नहुने निर्णय लिएको हो। नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।...
संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय, प्रधानमन्त्री ‘प्रचण्डले राजीनामा नदिने

संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय, प्रधानमन्त्री ‘प्रचण्डले राजीनामा नदिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा भने नदिने भएका छन्।बरु उनले संसदमा विश्वासको मत माग्ने निर्णय माओवादीले गरेको छ। बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी पार्टी स्रोतको भनाई छ । कांग्रेस र एमालेबीच गएराति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारीसँगै १८ महिना अघि गठन भएको प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ । सत्तारुढ एमाले वा कुनै दलले सरकारको समर्थन फिर्ता लिएपछि अब अर्को सरकार गठनको संवैधानिक प्रक्रिया शुरु हुने देखिन्छ । गएरातिको सहमतिसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न पर्ने हुन्थ्यो ।तर उनले तत्काल राजीनामा नदिने भएपछि भने सत्तारुढ दलले...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ ।...
रोल्पा जिप दुर्घटना : सातको मृत्यु, आठ जना घाइते

रोल्पा जिप दुर्घटना : सातको मृत्यु, आठ जना घाइते

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
रोल्पा । रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रोल्पाको घर्ती गाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठ जना घाइते भएका थिए । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको बताइएको छ । घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मृत्यु हुनेमध्ये छ जनाको पहिचान भएको छ भने एक जना बालिकाको पहिचान भएको छैन । दुर्घटनामा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी – ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी ...
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक(ग्रेडवृद्धि) को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०८० को एसइईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड ९एनजी० अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ ।...

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ताजा अपडेट, बिशेष, समाचार
बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेको बताए । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उनले जानकारी दिए ।...
एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउँसो तीन बजे बस्नेछ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।...