ताजा अपडेट

नेपाली काँग्रेसले बनायो निर्देशक समिति

नेपाली काँग्रेसले बनायो निर्देशक समिति

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न र गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकार सम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने र गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् । पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्या देश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो अवधि सम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।...
आजको  विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२८ रुपैयाँ रहेको छ । यता अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।...
आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज बिहानैदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ...
नागार्जुनको स्वीजरल्याण्ड पार्कलाई ‘छापेचौर’कै नामले प्रचार–प्रसार गरिदिन वडा अध्यक्ष शैलेन्द्र लामाको आग्रह

नागार्जुनको स्वीजरल्याण्ड पार्कलाई ‘छापेचौर’कै नामले प्रचार–प्रसार गरिदिन वडा अध्यक्ष शैलेन्द्र लामाको आग्रह

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) काठमाडौं ।संघिय राजधानी काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ७ मा अवस्थित स्वीजरल्याण्ड पार्कको वास्तविक नाम ‘छापेचौर’ नै कायम गरिने भएको छ। शनिबार वडाले वडा भित्रका विभिन्न धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार–प्रसार गरि पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘पदयात्रा’कार्यक्रममा वडा अध्यक्ष लामाले सो कुरा उल्लेख गरेका हुन् । पदयात्रामा उनले सो ‘छापेचौर’लाई स्वीजरल्याण्ड पार्क नभनेर यसको वास्तविक नामबाटै चिनाउन प्रयास गरिएको उद्घोष गरे।साथै उनले यस स्थानलाई ‘छापेचौर’कै नामले प्रचार प्रसार गरिदिन आमसञ्चार माध्यम,पत्रकार,स्थानीयवासी लगायत अवलोकन भ्रमणमा आउने सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन्। पदयात्राका क्रममा सगरमाथाप्रेस डटकमसँग कुरा गदै उनले ‘छापेचौर’ सहित यहाँका अन्य पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण...
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो । पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो ।...
नेप्से सूचक १६.२९ अंकले बढ्यो

नेप्से सूचक १६.२९ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । अघिल्लो दिन १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो । तर सोमबार कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । जबकि १४ अंकमाथिले सूचक घटेको अघिल्लो दिन ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।...
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्रिपरिषद्का सदस्यको खोजी गर्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरेको हो । आजको बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।...
एकीकृत समाजवादीले पुराना नेतालाई गर्‍यो सम्मान

एकीकृत समाजवादीले पुराना नेतालाई गर्‍यो सम्मान

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन एकीकृत समाजवादीले पुराना कम्युनिस्ट नेता सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु साह, गोपीरमण उपाध्याय, रामऔतार पासमान, न्हुच्छेनारायण डुकुजु, विजयलाल श्रेष्ठ र शीतल झा रहेका छन् । उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।...
बिहीबारसम्म मनसुन थप सक्रिय हुने

बिहीबारसम्म मनसुन थप सक्रिय हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । आगामी बिहीबारसम्म देशभर मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भागरसिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते

जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते

ताजा अपडेट, बिशेष, समाचार
धनुषा । धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो । घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्। यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दीप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्। त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। ...