ताजा अपडेट

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे उनकै निवास बूढानिलकण्ठमा बस्नेछ । सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं। आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य २००  बढेर कारोबारमा आएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ थियो । आज चाँदीको मूल्य भने स्थिर छ । तोलामा १७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य हिजो पनि यही कायम थियो ।...
आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादीं) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने छ । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । ...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यसका साथै प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६४औं वार्षिक प्रतिवेदन ९२०७९ साउन(२०८० आसार  पेस गर्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने, अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।...
पहिरोले पुरिएर बालकको मृत्यु

पहिरोले पुरिएर बालकको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
सुर्खेत । सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ ।भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
चन्द्रागिरिले नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

चन्द्रागिरिले नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने भएको छ । आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने निति ल्याएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततिका नाममा मुद्दती खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका लागि बालबालिकाको जन्म दर्ता अनिवार्य गरिएको छ । बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ लाई संशोधनसमेत गरेको छ ।...
प्रचण्ड र ओलीबिच भेटवार्ता

प्रचण्ड र ओलीबिच भेटवार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो ।
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँ रहेको छ ।  यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.०८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१६ रुपैयाँ रहेको छ ।...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।...
आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी वायुको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। माहाशाखाका अनुसार आज दिउँसो कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती देशभर  मौसम साधारणतयादेखि पूर्णतया बदली रहने छ।कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। साथै कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका...