ताजा अपडेट

मनसुन सक्रिय नहुदा देशभर गर्मी बढ्यो, अब कहिले पर्छ पानी ?

मनसुन सक्रिय नहुदा देशभर गर्मी बढ्यो, अब कहिले पर्छ पानी ?

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२७, जेठ काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिएता पनि कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन । पानी नपर्दा देशभर गर्मी बढेको छ । मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १६ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ । तर अब मनसुनी वा...
तारकेश्वरमा मेयरसँग सञ्चारकर्मी अन्तरक्रिया : सहिलाई साथ गलतलाई सुधार,सूचनाको सेतु सृदिृढमा पालिका

तारकेश्वरमा मेयरसँग सञ्चारकर्मी अन्तरक्रिया : सहिलाई साथ गलतलाई सुधार,सूचनाको सेतु सृदिृढमा पालिका

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) जेठ २७ काठमाडौं । तारकेश्वर नगरपालिकाले ‘नगरप्रमुखसँग सञ्चारकर्मीै अन्तरक्रिया तथा अभिमूखिकरण’ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको उत्तरीभेगमा नागार्जुन–शिवपुरी,जंगलको फेदमा रहेको तारकेश्वर नगरपालिकाले सोमबार ३ नं वडाको ओशो तपोवनस्थीत,होटल मोनालिसामा उक्त कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको कार्यक्रमका संयोजक,समार्टपार्टी मिडिया हाउसका अध्यक्ष ऋषी बस्यालले जानकारी दिए। अध्यक्ष बस्यालका अनुसार संवादमार्फत स्थानीय सरकार र मिडियाबीच सशक्त सहकार्य र सहयात्रा गरी दुबै पक्ष मिलेर जनउत्तरदायी शासन प्रलालीको विकास,सेवा प्रवाहलाई पारदर्शी एवम् चुस्त–दुरुस्त बनाउन  र समृद्ध तारकेश्वर निर्माणको लागि मिडिया र नगरबीच सहयोग,समन्वय र सहयात्रा गर्ने प्रणालीको विकास गर्न यस प्रकारको खुला संवादको आयोजना गरिएको हो ।कार्यक्रममा नगरप्रमुख (मेयर) कृष्णहरि महर्जजनले आफु निर्वाचित भएर ...
पनौतीमा आइतबारदेखि हिले–जात्रा सुरु

पनौतीमा आइतबारदेखि हिले–जात्रा सुरु

ताजा अपडेट, वातावरण, समाचार
२७, जेठ काठमाडौं । यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । परम्पराअनुसार आज सोमबार साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण दुइचा न्याकेगू हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा होम गर्ने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ । जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ । त्यसैगरी जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा...
मर्यादित र सुरक्षित श्रमप्रति नेपाल प्रतिबद्ध : श्रममन्त्री

मर्यादित र सुरक्षित श्रमप्रति नेपाल प्रतिबद्ध : श्रममन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२७, जेठ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल मर्यादित श्रमको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) द्वारा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सो कुरा बताएका हुन् । सोमबार जेनेभा, स्विट्जरल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२५ को प्लेनरी सेसनलाई सम्बोधनका क्रममा श्रममन्त्री भण्डारीले सुरक्षित, मर्यादित र नैतिक श्रमको सर्तसहित निजी क्षेत्र, नागरिक समाज र विकास साझेदारको सहकार्यमा स्वदेश तथा वैदेशिक रोजगारीका लागि श्रमशक्ति तयार गरेको पनि जानकारी दिए । नेपालले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्यलाई निरन्तर सुदृढ गर्न प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “हामी न्यायोचित र नैतिक आपूर्ति शृङ्खला, सिप मान्यता र श्रम गतिशील प...
हिमानी शाह र हृदयेन्द्रले गरे निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन

हिमानी शाह र हृदयेन्द्रले गरे निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन

ताजा अपडेट, वातावरण, समाचार
२७,जेठ काठमाडौं । जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।...
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
२७, जेठ काठमाडौं । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुख स्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिंगटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।...
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, जेठ काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।...
७२ जिल्लामा फैलियो डेंगी

७२ जिल्लामा फैलियो डेंगी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२६, जेठ काठमाडौं । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म असार–भदौ सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेंगी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, “डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सक...
राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित

राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२६, जेठ काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्न गरेका थिए । मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए । कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने बताए । अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र बाह्य रूपमा पहुँच अभिवृद्धि गर्न ध...
‘हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ’: ब्रिटिस गोर्खा सैनिक

‘हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ’: ब्रिटिस गोर्खा सैनिक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६, जेठ काठमाडौं । बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ नभई भएकै नागरिकताको निरन्तरता चाहेको धारणा राखे त्यस अवसरमा ब्रिटिस गोर्खा भूपू सैनिक कृष्णकुमार राईले आफूहरूले उठाएको नागरिकतासम्बन्धी विषय बेलायत सैनिकमा नेपाली युवाको भर्ती बन्द गर्ने कि नेपाली नागरिकताले निरन्तरता पाउने भन्ने रहेको बताए । भूपू गोर्खा सैनिकले बेलायती सेनामा गरेको योगदान स्वरूप नेपाललाई वार्षिक करिब २१ करोड बेलायती मुद्रा प्राप्त भइरहेको जानकारी दिँदै उनले राज्यको सम्झौताअनुरूप बेलायती सेनामा भर्ना भएका युवाको नागरिकताले निरन्तरता नपाउने विषय मानवअधिकारको मूल्यमान्यता विपरीत रहेको धारणा राखे । सो अवसरमा अहिले बेलायती सेनामा करिब तीन हजार ५०० क...