ताजा अपडेट

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८, जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। सो प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्ष...
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन्, राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भने । रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत दिए । विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले राजर्षी जनक विश्वविद्यालयमा पढेका विद्यार्थी हरेक ठाउँमा पूर्ण हुनुपर्नेमा जोड दिए । जनकपुर ज्ञानको भूमि भएको चर्चा गर्दै विश्वविद्यालयले जुनसुकै ठाउँमा पनि आफ्नो प्रतिभा देखाउन सफल हुने उनले बताए । सरकारले विश्वविद्यालयको लागि काम गरिरहेको समेत बताए ।...
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२७,जेठ काठमाडौं। टोखामा गोली चल्दा दुईजना घाइते भएका छन्। मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ। नेपाल प्रहरीका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन्।...
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, जेठ काठमाडौं । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनको माग गर्दै नाराबाजी तथा होहल्ला भएपछि बन्द सत्र स्थगित गरिएको थियो । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा।सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए । ती नामहरूमा विरोध गर्दै असन्तुष्ट पक्षले नाराबाजी गरेको थियो । जसले गर्दा बन्द सत्र स्थगित गर्दै निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।...
महँगी दर घट्यो

महँगी दर घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२७, जेठ काठमाडौं । नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा चालु आर्थिक महँगी दर घटेको देखिएको हो । वैशाख मसान्त सम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर ४-४० प्रतिशत थियो । यस्तै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १-५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३-४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६-४१ प्रतिशत र ३-०९ प्रतिशत रहेको थियो । वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५।१७ प्रतिशत र गैर-मदिरा...
१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स

१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२७, जेठ काठमाडौं । चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करो...
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२७, जेठ काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।” मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी...
बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री

बजेट आर्थिक सुधारको अर्को चरण : अर्थमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएका छन् । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् हो । उनले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गरे । उनले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गरे । अर्थमन्त्री पौडेलले सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताए । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित...
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२७, जेठ काठमाडौं । गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ । पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । जसले छालालाई सुख्खा हुन दिंदैन । यसले घामबाट हुने एलर्जी, छालामा हुने सुख्खापनबमाट जोगाउँछ र छालालाई मुलायम बनाइराख्छ । हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ । सादा पानीले मात्र मुख धुँदा मुखमा जमेका फोहोर नपाल्न सक्छ । जसकारण मुखमा डन्डीफोर, एलर्जी जस्ता समस्या निम्त्याउन सक्छ ।छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी ह...
खोकना विवादमा प्रमको चासो

खोकना विवादमा प्रमको चासो

ताजा अपडेट, राजनीति, समाचार
२७, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै द्रुतमार्गको प्रस्थान विन्दुमा उठेका विवाद र यसको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा जाने जानकारी गराएका हुन् । सो अवसरमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी थिए । द्रुतमार्ग निर्माण भई सञ्चालनमा आएपछि खोकनाको जातीय तथा सांस्कृतिक सम्पदा नष्ट हुने, खोकना गाउँ नै विस्थापित हुने भन्दै खोकनावासीले सो क्षेत्र भएर द्रुतमार्ग निर्माणको विरोध गर्दै आएका छन् तर खोकना क्षेत्रमा...