ताजा अपडेट

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयांकएकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनि...
नकारात्मक सोच र विचारले देश बन्दैन : परराष्ट्रमन्त्री

नकारात्मक सोच र विचारले देश बन्दैन : परराष्ट्रमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, जेठ काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुने बताइन् । उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि च...
आजको मौसम  : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
९, जेठ काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी , मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, जेठ काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले क्षति पुगेरनपुगेकोबारे स्पष्ट भइसकेको छैन ।...
विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छ : सांसद श्रेष्ठ

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छ : सांसद श्रेष्ठ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, जेठ काठमाडौं । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताएका हुन् । उनले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिए । विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उहाँले नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको बताए । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गरे । उनले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गरे ।...
पदमार्गमा अब देशभरि एउटै मापदण्ड लागु हुने

पदमार्गमा अब देशभरि एउटै मापदण्ड लागु हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, जेठ काठमाडौं । नेपालभरि निर्माण गरिएका पदमार्गको मापदण्ड अब एउटै हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरिका पदमार्ग एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको हो । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड लागु गर्ने निर्णय गरेको हो । बैठकले पर्यटन विकासका लागि विभिन्न निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी ठानिएको होमस्टे सञ्चालन मापदण्ड समेत सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्रमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्र...
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
८, जेठ काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यालयमा पठनपाठन गराउन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णांकसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए । अध्यक्ष यादवले भने, “अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनरुप काम गरिएको हो । आ...
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

ताजा अपडेट, वातावरण, समाचार
८, जेठ काठमाडौं । सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् । पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक) स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् । चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको उन...
पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै

ताजा अपडेट, राजनीति, समाचार
८, जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुन सकेन । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण रिटको पेसी तोकिएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।...
नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात घाइते

नारायणगढ–मुग्लिन सडकमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात घाइते

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
८, जेठ काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ गाइघाटमा बिहीबार बिहान करिब ६ः५० बजे नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सात जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले दुबै ट्रकको अगाडिको भागमा क्षति पुगेको जानकारी दिनुभयो । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको छ । दुबै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।...