Author: सगरमाथा प्रेस

कांग्रेसको केन्द्रीय सदस्यमा डीपी कंडेलको उम्मेदवारी घोषणा

कांग्रेसको केन्द्रीय सदस्यमा डीपी कंडेलको उम्मेदवारी घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९ असोज,काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी (डीपी) कंडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। कंडेलले प्रवासमा सिकेको ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने मुद्दालाई प्राथमिकतामा राखेका छन्। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान १० बजे केन्द्रीय समितिको बैठक बस्दैछ।केन्द्रीय समितिको बैठक सकिएलगत्तै बन्दसत्र सुरु हुनेछ।बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ। निर्वाचन समितिका अनुसार आजै साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दाबी विरोध र छानबिनको प्रक्रिया सुरु हुने बताइएको छ। काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन भएको १५औं महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक देखिएको छ। विशेषतः युवा प...
उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो : कांग्रेस सभापति थापा

उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो : कांग्रेस सभापति थापा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट  धेरै  कमजोरी भएको स्वीकारेका छन्।   कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको,नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको,सार्वजनिक नियुक्तिमा भागबन्डा खोजेको र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको उनको स्पष्टोक्ति छ। यस्ता अभ्यासले कांग्रेसको  विश्वसनीयता मात्र गुमाएको नभएर सार्वजनिक संस्थाको स्वायत्तता र राजनीतिक दलप्रतिको नागरिक भरोसासमेत कमजोर बनाएको उनको भनाई छ। कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न नहुने, तर ती उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु नै पार्टीको प्रमुख कमजोरी भएको उनले औँल्याएका छन्। ...
त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठकले के–के गर्‍यो निर्णय ?

त्रिवि प्राज्ञिक परिषद्को पूर्ण बैठकले के–के गर्‍यो निर्णय ?

कानुन, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१६ असोज,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राज्ञिक परिषद्को पूर्ण बैठकले शैक्षिक कार्यक्रमको पाठ्यक्रम स्वीकृति सम्बन्धका निर्णय अनुमोदन गरेको छ। आज शुक्रबार बसेको उक्त बैठकले आर्थिक वर्ष (आव) २०८१–०८२ र आव २०८२–२०८३ मा प्राज्ञिक परिषद्को स्थायी समितिबाट भएका निर्णयको अनुमोदन गरेको हो । ट्रान्सक्रिप्टको नमूना,मौका परीक्षा,शैक्षिक उपाधि स्थापना,विषय थप,विद्यार्थी भर्ना एवं कोटा निर्धारण सम्बन्धी निर्णय बैठकले अनुमोदन गरेको जनाइएको छ। त्रिविका उपकुलपति एवं त्रिवि प्राज्ञिक परिषद्का अध्यक्ष प्राडा भोला थापाले त्रिविलाई अन्ताराष्ट्रिय स्तरमै थप मर्यादित,प्रतिस्पर्धी र गुणस्तरीय बनाउने बताए। सबै विषयका पाठ्यक्रमलाई समय सापेक्ष,बजारकेन्द्रित र राज्यको नीतिसँग मेल खाने गरि प्रभावकारी बनाउने,भौतिक पूर्वाधार सुधारमा पनि जोड दिइएको छ ।  जनताको विश्वास र भरोसा कायमगरी प्राज्ञि...
प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ असोज,काठमाडौं ।प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत व्यक्तिहरूको नाम आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ।जसनुसार उक्त टोलीमा २५ पदाधिकारी छन्। कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू समेटिएका छन्। जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकारमा छन्।राजनीतिक सल्लाहकार असिम शाह छन्।मन्त्री सरह तलब सुविधा पाउने छन्। नीति,प्रशासन तथा सुशासन सल्लाहकार यसैगरी सुदिप ढकालले राज्यमन्त्री सरहको सेवा सुविधा पाइरहेका छन्। यस्तै सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ।अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदिश प्रसाद अग्रवालको मन्त्री सरहको सेवा सुविधा  छ। सचिवालयको नेतृत्व मा प्रमुख स्वकीय सचिव (रा.प. वि...
दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

दोहोरो अंक घट्यो सेयर बजार, ४ अर्बमाथि कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । आज ०.४५ प्रतिशतले बजार घटेको हो । शुक्रबार कारोबार रकम भने ४ अर्ब नाघेको छ । कुल ३ सय ५६ धितोपत्रको ४३ हजार ६ सय ८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५ सय ५० कित्ता सेयर किनबेच भएको छ । यी किनबेचबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १ सय ८१ रुपैयाँ बराबर कारोबार भएको छ । आज म्युचअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको मूल्य घट्यो । जसले गर्दा समग्र सेयर बजार घटेको हो । आज सबैभन्दा धेरै (०.७३ प्रतिशत) उत्पादन तथा प्रशोधन उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।...
निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउने

निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउने

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५ असोज, काठमाडौं ।सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीहरूलाई सामाजिक सञ्जाल र विद्युतीय माध्यमको प्रयोगमा थप मर्यादित र अनुशासित बनाउने उद्देश्यका साथ नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । विधेयकअनुसार कुनै पनि निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा दलका पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पाउने छैनन् । कर्मचारीको तटस्थता र व्यावसायिकता कायम राख्न यस्तो प्रावधान राखिएको विधेयकमा उल्लेख छ । यस्तै कर्मचारीहरूलाई सरकारी काममा बाधा पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन, प्रदर्शन वा हड्ताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। विधेयकको दफा ८३ ले निजामती कर्मचारीलाई प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न र घेराउ गर्न स्पष्ट रूपमा रोक लगाएको छ। आफ्ना माग पूरा गराउन दबाब दिने, पेन डाउन गर्ने, तालाबन्दी गर्न...
बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले निजामती सेवामा प्रवेश नपाउने

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१५ असोज,काठमाडौं । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकको दफा १८ मा उम्मेदवार हुनका लागि आवश्यक योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ । विधेयकको दफा १८ (२) (क) र (ग) मा निजामती सेवामा प्रवेशका लागि अयोग्य मानिने व्यक्तिहरूको सूचीमा ‘बहुविवाह’ गर्ने व्यक्ति र ‘विदेशी मुलुकको पीआर वा ग्रीन कार्ड’ लिएका व्यक्तिहरूलाई समावेश गरिएको छ । यो प्रावधानसँगै अब निजामती सेवामा प्रवेश गर्न चाहने कुनै पनि नेपाली नागरिकले बहुविवाह गरेको वा विदेशी स्थायी आवासीय अनुमति पत्र लिएको अवस्थामा उम्मेदवार हुन पाउने छैनन् । विधेयकले बहुविवाह र पीआर र ग्रिन कार्ड लिने बाहेकका गम्भीर फौजदारी कस...
राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’

ब्यानर-१, समाचार
१५ असोज, काठमाडौं । आज दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको थियो । कर्मचारीहरुले ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका थिए । इन्टरनेटमा समस्या आउँदा वायोमेट्रिक लगायतका काम प्रभावित भएको उनिहरुको भनाई थियो।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१५ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ ’ पेस गर्नेछन्। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘ कर्मचारी सञ्चय कोष विधेयक, २०८३ ’, नागरिक लगानी कोष विधेयक, २०८३ ’ र ‘भुक्तानी तथा फछ्र्यौट विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धिन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै अपराह्न १ः१५ बजे सिंहदरबार...
राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दशैंमा नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा सधैं उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले यसका लागि मिति निर्धारण नगर्ने जनाएको छ । ‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ बैंकले भनेको छ।,‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं,त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’ बैंक भन्छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको जनाइएको छ । अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन्।एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।...