Author: सगरमाथा प्रेस

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, विचार, समाचार
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  ...
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बृद्धि

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३० साउन, काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको जनाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको उल्लेख गरेको हो । आव २०८१र८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ । गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड दुई लाख थियो । यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो ।...
नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित,कस्तो बन्यो नयाँ कार्यसमिति ?

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित,कस्तो बन्यो नयाँ कार्यसमिति ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल ३० साउन,काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पाण्डेसहितको नयाँ नेतृत्व चयन भएको हो। नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन (नाट्टा) को अध्यक्ष पदका लागि तीन जना उम्मेदवार मध्येमा पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएको निवर्तमान अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिए । उनका अनुसार अध्यक्षमा निर्वाचित पाण्डेका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरेकी थिइन्। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको छ।  निवर्तमान अध्यक्ष थपलियाले नयाँ नेतृत...
व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं   : सभामुख अर्याल

व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं : सभामुख अर्याल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, विचार, समाचार
२९ साउन, काठमाडौं ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि हुन नहुने बताएका छन् । आज शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायिक संस्था नाट्टालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याए । ‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालले भने । पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै उनले हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण सृजना गर्नु पर्नेमा जाड दिए । व्यवसायीको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने भन्दै उनले विदेशी र...
चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९ साउन,काठमाडौं ।राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिएको छ।शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।...
देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९ साउन, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेआवश्यकता टड्कारो रहेको औंल्याएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा उनले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने जोड दिए। ‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा छ ।युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ,’ उनले भने । विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने उनको तर्क छ...
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२८ साउन,वासिङ्टन डिसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो महिनाको अन्त्यमा आफ्नो पद छाड्ने भएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएका हुन्। राष्ट्रपति ट्रम्पले लेभिटलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सहयोगीहरूमध्ये एक’ भनेका छन्। उनले आफ्ना साना छोराछोरी र परिवारलाई समय दिनका लागि पद छाड्न लागेको र उक्त निर्णयको आफूले पूर्ण सम्मान गर्ने ट्रम्पले बताएका छन्। ट्रम्पका अनुसार लेभिट अब उनको प्रमुख बाहिरी सल्लाहकारका साथै रिपब्लिकन पार्टीभित्र एक प्रभावशाली व्यक्तित्वका रूपमा रहने छिन्। २८ वर्षीया लेभिटले गत वर्ष ह्वाइट हाउसको प्रेस सचिवको जिम्मेवारी सम्हालेकी थिइन्। उनी यो जिम्मेवारी पाउने इतिहासकै सबैभन्दा कान्छी व्यक्ति हुन्। उनको ठाउँमा कसलाई ल्याइने उल्लेख भएकको छैन। लेभिटले गत मे महिनामा श्रीमान् निकोलस रिचियोबाट दोस्...
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको हो। जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो। अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८ साउन,काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। मौसमविद्का अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।यस्तै,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज बिहीबार दिनभर कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागिरहने छ। मधेस प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानमा मध्यमसम्मको वर्ष...
स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियान

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियान

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२६ साउन ,स्याङ्जा । स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियानअन्तर्गत पोखरी निर्माण गरिएको छ । खोलाखोल्सीमा पछिल्ला वर्षहरुमा पानीका मुहानहरु सुक्दै गएकाले वनको बीच तथा माथिल्लो भागहरुमा रिचार्ज पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रहरुमा पानीका मूलहरु फुट्ने, पानीको स्रोत बढ्ने भएकाले रिचार्ज पोखरी निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८(०७९ बाट सुरु गरेको अभियानलाई कार्यान्वयन गर्दै यस वर्ष स्याङ्जाका सात सामुदायिक वनमा सात रिचार्ज पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अम्मरबहादुर पराजुलीले जानकारी दिए । “स्याङ्जाका विभिन्न २७ वटा सामुदायिक वनभित्र गत वर्षहरुमा २७ वटा रिचार्ज पोखरीहरु निर्माण भइसकेका छन्”, उनले भने “चालु आर्थिक वर्षमा सात वटा सामुदायिक वनभित्र सात वटा रिचार्ज पोखरी निर्माण गरेसँगै स्याङ्जामा ३४ वटा रिचार्ज पोखरी निर्म...