विकास निर्माण सम्बन्धी कानुन संशोधन गर्दै सरकार
१५ असोज,काठमाडौं। सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार यस विषयमा छलफल गरेका थिए।
छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानुन संशोधनको काम भइरहेको जानकारी गराए ।
“प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्रमैत्री र व्यवसायमैत्री वातावरण निर्माण गर्ने हो”,मन्त्री लम्सालले भने,“हामीले हालै फोहोर व्यवस्थापनको क्षेत्रमा पनि यसको अभ्यास गरेका छौँ ।
फोहोर व्यवस्थापनलाई व्यवसायका रूपमा विकास गर्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाएका छौँ ।फोहोर व्यवस्थापन पनि एउटा उद्योगका रूपमा विकास हुन सक्छ।त्यसैले यसमा पनि पूर्ण रूपमा व्यवसायमुखी दृष्टिकोण आवश्यक छ ।”
मन्त्री लम्सालले उद्योगले भोगेका समस्या स...









