Author: सगरमाथा प्रेस

उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
११ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी, गुँदपाक लगायत हुने गर्छन् । बालबालिकालाई चकलेट र बिस्कुट किन्ने अभिभावकदेखि भान्सामा मिठो परिकार बनाउन सुजी र राजमा किन्ने गृहिणीसम्म सबैको विश्वास बजारको त्यही चिल्लो प्याकेजिङ माथि छ । तर,बाहिरबाट हेर्दा पौष्टिक र सफा देखिने ती प्याकेटभित्र केही व्यापारीले नाफाको लोभमा कतिसम्म ‘विष’ भरिरहेका छन् भन्ने डरलाग्दो तथ्य भर्खरै सरकारले गरेको बजार अनुगमन प्रतिवेदनले देखाउँछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ। हामीले पैसा तिरेर दैन...
मानव बेचबिखन नियन्त्रण विधेयक संशोधन प्रस्ताव दर्ता

मानव बेचबिखन नियन्त्रण विधेयक संशोधन प्रस्ताव दर्ता

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता भएको छ ।जसमा २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । संगठित अपराधको रूपमा फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने उद्देश्यले सो विधेयक ल्याएको थियो ।महिला, बालबालिका,लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गत १४ साउनमा उक्त प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि तीन वटै तहमा संयन्त्र निर्माण तथा जिम्मेवार बनाउन,पीडित एवं प्रभावितको उद्धार तथा पुनर्स्थापना सम्बन्धी कार्यलाई कानुनी रूपमा प्रष्ट पार्न जरुरी ठानीएको छ । बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि अन्तर्गत मानव बेचबिखन, विषेश गरी महिला र बालबालिकाको बेचबिखन...
जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
१० असोज,काठमाडौं ।जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी बसोबासी रहेको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन् । उनले २०१८ मै जापानको स्थायी बसोबास अनुमति पीआर प्राप्त गरेका छन् । थापाले अन्तर्वार्तामा भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमा बस्ने निर्णय गरेँ । मेरो विवाह नेपाली महिलासँग भएको छ र हाम्रा दुई छोराछोरी जापानमा जन्मेका छन् । उनीहरूले यहीँ शिक्षा हासिल गरेका छन् । मेरी श्रीमतीले जापानी भाषा पढेकी थिइन् र एसिया, मध्य र दक्षिण अमेरिका, अफ्रिकाका अनुसन्धानकर्ताहरूसँग जापानी विद्यालयमा गरिबी न्यूनीकरण र शान्ति निर्माणको अध्ययन गरेकी थिइन् । हाल उनी जापानमा नेपाली भाषा विद्यालय चलाउँछिन् ।’ उनले आफ्ना छोराछोरीहरू जापानमै जन्मे...
रमेश उप्रेती लगायतका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर,३० लाख हस्ताक्षर संकलन भएको दाबी

रमेश उप्रेती लगायतका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर,३० लाख हस्ताक्षर संकलन भएको दाबी

कला, कानुन, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
१० असोज,काठमाडौं ।राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा कलाकार शिव श्रेष्ठ,अर्जुनजंग शाही,आनन्द कार्की,रमेश उप्रेती,पूजा प्रधान, कृष्ण मल्ल, शर्मिला मल्ल,सुनील कटवाललगायतले सामूहिक हस्ताक्षर गरेका हुन् । शुक्रबार राजधानीको एलो प्यागोडामा आयोजित कार्यक्रममा श्रेष्ठसहितका कलाकारहरुले राजतन्त्रको पक्षमा हस्ताक्षर गरेको शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले जानकारी दिए। उनका अनुसार अभियान साउन १ गतेदेखि देशभर सञ्चालन भइरहेको छ । अभियानको मुख्य उद्देश्य नै कलाकार तथा सार्वजनिक व्यक्तित्वमार्फत जनतालाई राजसंस्थाका विषयमा आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्नु रहेको छ । राप्रपाका नेता निरञ्जन थापाले अभियानमा हालसम्म ३० लाख हस्ताक्षर संकलन भएको दाबी गरे। ...
आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा

आज यी प्रदेशमा हुनेछ अति भारी वर्षा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१० असोज,काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । आज राति पनि बागमती, गण्डकी, लुम्बिनी...
यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
८ असोज, काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर नेपालमा सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा नयाँ कलर सार्वजनिक गरेको हो। असोज ५ देखि १० गतेसम्म सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा असोज ७ गते एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक गरिएको हो।नयाँ भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। मोटरसाइकलप्रति ग्राहकको रुचि बढिरहेको र थप कलर विकल्पको माग आएपछि नयाँ ब्लु संस्करण ल्याइएको कम्पनीले जनाएको छ। एक्सएसआर १५५ मा नियो–रेट्रो डिजाइन र आधुनिक प्रविधिसहितको पर्फर्मेन्स रहेको कम्पनीको भनाइ छ । भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ। ५० भन्दा बढी भ्यालुएटरमार्फत पुरानो दुईपांग्रे सवारीसाधनको मूल्यांकन गर...
बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
८ असोज, काठमाडौं । बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा २ हजार कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ। आर्थिक दबाब भएको भन्दै बीबीसीले खर्च घटाउन पुनर्संरचना अभियान अघि बढाएको जनाएको छ। विभिन्न विभागका धेरै कर्मचारीसहित केही टेलिभिजन कार्यक्रमसमेत बन्द गर्ने र नयाँ सामग्री निर्माणमा हुने खर्च कटौती गर्ने तयारी गरेको पनि जनाइएको छ। दुई वर्षभित्र करिब ५० करोड पाउन्ड बचत गर्ने उसको लक्ष्य छ। समग्र कटौतीमध्ये करिब ५५० पद कटौतीले बीबीसी न्युज, टेलिभिजन र रेडियो सञ्चालनमा प्रत्यक्ष असर पार्ने बताइएको छ। यसबाट मात्रै करिब १६ करोड पाउन्ड बचत हुने अपेक्षा छ।  कर्मचारी कटौतीका लागि बीबीसीले स्वैच्छिक अवकाश प्रक्रिया समेत अघि सारेको उल्लेख गरेको छ। प्रेस एसोसिएसनले प्राप्त गरेको आन्तरिक मेमोअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कन्टेन्ट डिभिजनबाट मात्रै करिब १०० पद कटौती हु...
१७ जनाले दिए प्रधानमन्त्री बालेनलाई सुझाव (पूर्णपाठ सहित)

१७ जनाले दिए प्रधानमन्त्री बालेनलाई सुझाव (पूर्णपाठ सहित)

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ असोज, काठमाडौं । मानवअधिकारकर्मी तथा नागरिक समाजका १७ जना प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई  जलवायु न्याय, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग जुटाउने सम्बन्धमा सुझाव दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएसँगै उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको विपद् र जलवायु संकटबारे अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुन सो सुझाव दिएका हुन्। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय र भौतिक क्षतिप्रति ध्यानाकर्षण गराउँदै उनीहरूले नेपालले भोगेको महाप्रलयकारी संकट, खोज, उद्धार तथा पुनर्स्थापनामा भइरहेका प्रयासहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सुझाएका छन्। साथै उनीहरुले नेपालले जलवायुजन्य विपद्बापत अन्तर्राष्ट्रिय ‘हानि तथा क्षति सम्बोधन कोष’सँग माग गरेको २ करोड अ...
नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

नारायणगढ-मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी आवागमन प्रतिबन्ध

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८ असोज, चितवन । अविरल वर्षा र त्यसबाट हुन सक्ने विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ। जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै प्रशासनले सो निर्णय गरेको हो। कार्यालयले बिहीबार एक सूचना जारी गर्दै राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ। साथै मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायद्धारा जारी हुने सुरक्षा निर्देशनको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ।  ...
काठमाडौँमा प्रहरीको स्विप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ

काठमाडौँमा प्रहरीको स्विप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ

अपराध, कानुन, ताजा अपडेट, बिशेष, समाचार
८ असोज,काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधि गर्ने व्यक्ति पक्राउ परेका हुन् । साथै विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार एवं फरार प्रतिवादीसम्म छन् ।  ...