Author: सगरमाथा प्रेस

१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ साउन,काठमाडौं।बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ ।कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ।यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ।अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्।सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो। यस्तै अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो ।आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।  ...
राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

कानुन, ताजा अपडेट, बिशेष, समाचार
२१ साउन,काठमाडौं ।सरकारले संघीय,प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्‍याउने गरी सरकारले सार्वजनिक सडक विधेयकको मस्यौदा तयार पारेको छ। पूर्वाधार विकास मन्त्रालयले यो विधेयक बनाएको हो।प्रस्तावित प्रावधान अनुसार जग्गा प्राप्त गर्दा जुन क्षेत्र वा इलाकामा त्यस्तो जग्गाको जे जति मूल्य कायम भई मुआब्जा दिइएको हो,त्यस्तो क्षेत्र वा इलाकामा सोही मूल्यको बढीमा २५ प्रतिशतसम्म विकास कर एक पटक लिने गरी सरकारले राजपत्रमा सूचना प्रकाशन गर्ने छ। विद्यमान सार्वजनिक सडक ऐनले विकास करको दर कायम गर्ने प्रयोजनका लागि जग्गालाई दुई खण्डमा विभाजन गरेको छ।जस अनुसार १ सय २५ मिटरसम्मको जग्गालाई ‘क’वर्गको सडक मानी २० प्रतिशत र १ सय २५ देखि १ सय ५० मिटरसम्मको जग्गालाई खण्ड ‘ख...
तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२१ साउन, काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोलामा ८ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ ।...
आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ साउन, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो।जसमा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक समेत रहेका साह उत्कृष्ट तीनभित्र पर्न सफल भएका थिए। अन्तिम तीनको प्रतिस्पर्धामा साहका साथै कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए । आयल निगममै काम गरेको लामो अनुभवका आधारमा साहलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो । अहिले देशभरि ग्यास नपाएर उपभोक्ता मारमा छन् ।भने,पेट्रोलियम पदार्थको चर्का मुल्यबृद्धिको मारमा पनि नागरिक छन् ।यसको तत्काल समाधान गर्नुपर्ने जिम्मेवारी उनीसामु...
उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना तर्जुमा

कानुन, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
२१ साउन,काठमाडौं । उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा भएको छ सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ । काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिइने र खासगरि उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन मद्धत पुग्ने ठहर गरिएको छ । भने कार्यान्वयनपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुने विश्वास लिइएको छ । योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा १३ वटा कार्यक्रम सार्वजनिक यातायात सुधारका प्रस्...
पोखरामा एलपी ग्यासको अभाव

पोखरामा एलपी ग्यासको अभाव

ताजा अपडेट, बिशेष, समाचार
१९ साउन,कास्की । देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तीव्र पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’ मा छड्के अनुगमन गरिएको थियो। उनले बाहिरका कम्पनीहरूले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गरेका छन्। बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गरे। उनले आगामी दुई–तीन दिनभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने दाबी समेत गरे। ‘हामीले ग्यास लुकाएका छैनौँ, आपूर्ति हुनासाथ वितरण गरिरहेका छौँ,’ बरालले भनिन्, ‘के...
नबिल बैंक र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

नबिल बैंक र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१९ साउन,काठमाडौं ।नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्। भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् । शाइन रेसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्ड संगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ। यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धीका रूपमा हेरिएको छ ।  अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्र्स एण्ड पोलिसी डिपार्टमेन्टले बिम्स्टेक राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, भुटा...
मौसम पूर्वानुमान : आज यी  प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९ साउन,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।  आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र तराई भू–भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी,बागमती,गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी,बागमती,गण्डकी र ...
मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

मौसम पूर्वानुमान : केही प्रदेशमा भारी वर्षाको जोखिम

बिशेष, ब्यानर-२, वातावरण, समाचार
१८ साउन,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक सरिसकेको छ। यसकै कारण देशभर साधारणतया बदली भएको छ।कोशी,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ । यसैगरी बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा पानी पर्नेछ।मधेस प्रदेशका साथै कोशी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। ...
ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
१८ साउन, काठमाडौं ।पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ),वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्। क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ। उद्धारकर्ताहरूले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेका छन्। तर,प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना न्यून रहेको जनाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियानमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहस,व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ...