Author: सगरमाथा प्रेस

नेपाल–फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

नेपाल–फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, राजनीति, समाचार
८ असोज,न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भएको भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरेकि छिन् । दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका आपसी हित लगायतका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ।  ...
आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८ असोज,काठमाडौं। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको छ । आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिएको छ। हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम...
कहिले कहिले छ भारी वर्षाको सम्भावना ? काठमाडौंमा कस्तो पर्ला असर ?

कहिले कहिले छ भारी वर्षाको सम्भावना ? काठमाडौंमा कस्तो पर्ला असर ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमश ःशक्तिशाली बन्दै गएका कारण नेपालभर वर्षा ९वाइड स्प्रेड रेन० गराउने सम्भावना छ । मौसमविद्‍हरूका अनुसार अहिले प्रणाली अन्डमान–निकोबार क्षेत्रबाट आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको छ । समुद्रमा रहँदा यसले थप ऊर्जा र जलवाष्प प्राप्त गर्दै शक्तिशाली बन्न सक्छ । काठमाडौंमा कस्तो असर होला रु जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अनुसार अहिलेसम्मको आँकलनमा यो प्रणाली भारतको झारखण्ड हुँदै उत्तरप्रदेशको गोरखपुर हुँदै बिहारतिर आउने सम्भावना देखिएको छ । ‘यदि बिहार र उत्तर प्रदेश आसपास हुँदै आयो भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम हुनसक्छ,’ सिग्देलले भने, ‘अहिलेको आँकलनले गोरखपुरतिर हुँदै अघि बढ्ने सम्भावना बढी देखिएको छ । यदि यो आँकलन मिल्यो भने काठमाडौं उपत्यकासहित बागमतीको पूर्वी भेग, लुम्बिनी र गण्डकीमा झ...
फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त विधेयक पेश गरेका थिए । सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको छ। मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याएका छन् । तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उनको भनाइ छ ।...
जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा

जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म नि:शुल्क शिक्षा

ताजा अपडेट, बिशेष, शिक्षा, साहित्य
७ असोज, काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निस्शुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा शहीदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ । मापदण्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निस्शुल्क शिक्षासँगै पोसाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय तहमार्फत उपलब्ध गराइने प्रस्ताव छ । माध्यमिक तहमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का लागि नगदसहित पोसाक तथा पाठ्य र सिकाइ सामग्रीबापत उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसैगरी, स्नातक तहसम्म अध्ययनका लागि सबै विश...
पोखराबाट फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखराबाट फ्लाई दुबईको आजदेखि नियमित उडान

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
७ असोज, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आज बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनले फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको पनि जानकारी दिए । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिने बताइएको छ ।    ...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । जसका कारण मौसम बदली भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उता राति पनि देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, ...
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

ताजा अपडेट, राजनीति, समाचार
७ असोज,काठमाडौं ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । उनी मंगलबार कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाहसँगै े ४ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री शाहले ८ असोजमा महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनले जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ । महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली पनि न्युयोर्क प्रस्थान गरिसकेको छ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जि...
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

कानुन, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
६ असोज, काठमाडौं ।राष्ट्रिय सेवा दल विधेयकमा  बालअधिकार सुनिश्चित गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारलाई आग्रह गरेको छ। सिजपले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेटका रूपमा तालिम दिने तथा तालिम प्राप्त जनशक्तिलाई आवश्यकता अनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्था सहितको ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा  गम्भीर ध्यानाकर्षण भएको मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरेको छ। बालबालिकामा अनुशासन,नेतृत्व, स्वयंसेवा,विपद् व्यवस्थापन तथा नागरिक जिम्मेवारी विकास गर्ने गैरसैनिक कार्यक्रम सकारात्मक भए पनि १८ वर्षमुनिका बालबालिकालाई सैन्य प्रकृतिको तालिम, हतियार सम्बन्धी अभ्यास र सुरक्षा तथा द्वन्द्व सम्बन्धी प्रयोजनमा परिचालन गर्ने  व्यवस्था बालअधिकारको दृष्टिले स्वीकार्य हुन नसक्...
प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
६ असोज, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा,नुवाकोट र धादिङका प्रभावितलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ । अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो । समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ । जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको छ। पहिचान गरिएका जग्गामा सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गासँगै निजी, वन, नेपाल विद्युत् प्राधिकरण, सरकारी विद्यालय, सिँचाइ तथा निकुञ्जअन्तर्गतका जग्गासमेत छन् । ठूलो हिस्सा सरकारी र वन क्षेत्रको जग्गा रहेको समितिको अध...