Author: सगरमाथा प्रेस

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार पक्राउ गरेको हो । उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका थिए ।हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेको बताएका थिए । प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्ने बताएका थिए।...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थतन्त्र, ब्यानर-१, वातावरण, समाचार
१८ साउन,काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले  आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल,डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ,डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो। योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं,पोखरा र दिपायलमा २ सय रुपैयाँ,सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ ।त्यस्तै,चारआली,विराटनगर,जकपुर,अमलेखगञ्ज,भलवारी,धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ।  ...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१५ साउन, काठमाडौं ।आज शुक्रबार दिउँसो देशभर साधरणतया बादल लाग्नेछ र देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ।देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ।मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी प्रदेशको पहाडी र तराई भूभाग,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१५ साउन,काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो।त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी,एक चिनियाँ,एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ...
रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४ साउन,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम पौडेलले सरकारी कार्यालयहरूमा व्याप्त बेथिति,कर्मचारीको मनोमानी र ‘सर्भर डाउन’ का नाममा सर्वसाधारणले पाइरहेको सास्तीप्रति सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले सरकारले चुस्त सेवा दिने दाबी गरे पनि व्यवहारमा नागरिकले ठुलो कष्ट भोग्नुपरिरहेको बताए।सांसद पौडेलले सरकारी कार्यालयहरूमा ‘सर्भर डाउन’ को समस्या एउटा गम्भीर रोगको रूपमा देखा परेको उल्लेख गरे । ‘राहदानी निकाल्न जाँदा सर्भर डाउन, वडा कार्यालयमा सिफारिस लिन जाँदा सर्भर डाउन, नगरपालिका, यातायात र राजस्व तिर्न जाँदा पनि सर्भर डाउन,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘हामी डिजिटल युगको कुरा गरिरहेका छौँ, तर सामान्य सेवा पनि डिजिटल माध्यमबाट दिन सकिँदैन भने कसरी विश्वास गर्ने ?’ उनले यो समस्या दुई–चार मिनेट वा एक–दुई घण्टाको मात्र नभई हप्तौँस...
गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौं ।गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराईमधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ(आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।  ...
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।
प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।...
‘रेड नोटिस’ जारी भएका व्यक्ति कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका व्यक्ति कतारबाट पक्राउ

कानुन, ताजा अपडेट, बिशेष, समाचार
१४ साउन,काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक एक पुरुष कतारबाट पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार एनसिबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने तथा गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।...
रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकपश्चात गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्। बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। साथै, महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद गर्ने निर्णय समेत गरेको छ।...