Author: सगरमाथा प्रेस

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१४ साउन,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ भने एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बाग...
सुनसरी घटना सम्बन्धमा लामिछानेको आह्वानमा सर्वदलीय बैठक, बैठक सुरु

सुनसरी घटना सम्बन्धमा लामिछानेको आह्वानमा सर्वदलीय बैठक, बैठक सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ साउन,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरु सहभागी छन् ।...
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१३ साउन,काठमाडौं । गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर:  । गुरुःसाक्षात्परंब्रम्ह तस्मै श्रीगुरवे नम: ।। अर्थात गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ । आज श्रावण १३ गते अर्थात तिथिका आधारले गणना गर्दा आषाढ शुक्ल पूर्णिमा । हरेक वर्ष आजकै दिन मनाइने यो पर्व हिन्दु,बौद्ध र जैन धर्मावलम्बीहरूका लागि विशेष धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको पर्व हो । गायत्री मन्त्र, धर्मशास्त्र, वेद मन्त्र सुनाउने र आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने र जन्मदेखि मृत्यु नहुँदासम्म संस्कार सिकाउने गुरुजनहरूलाई नमन गर्ने, पूजा गर्ने, सामाजिक सञ्जाल तथा टेलिफोनको माध्यमबाट सम्झदै कृतज्ञता प्रकट वा सम्मान गर्दै आर्शीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमा पर्व मनाइछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । अज्ञानत...
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३ साउन, काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ...
संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
१२ साउन, काठमाडौं ।मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो स्थानमा सूचीकृत भएको छ । सन् २०२६ का लागि रब रिपोर्टस्‌ले तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो । संसारका प्रमुख २४ ट्राभल अगुवाको प्यानलले शिन्तामणिलाई पहिलो नम्बरमा सूचीकृत गरेको हो । तल्लो मुस्ताङमा रहेको शिन्तामणि बिल बेन्स्लेले डिजाइन गरेका हुन् । यती समूहको शेर्पा हस्पिटालिटी ग्रुपले विगत ३ वर्ष देखि शिन्तामणि सञ्चालन गर्दै आएको छ ।शिन्तामणि सम्भवतस् नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो होटलमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ । शिन्तामणिमा बास बस्ने रातको न्यूनतम १ हजार ८०० अमेरिकी डलर भाडा तिर्नुपर्छ । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रो...
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१२ साउन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।  मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ। सुविधाहरू लिनका लागि ग्राहकले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरेर वा नेपाल टेलिकमको एप तथा वेबसाइटमार्फत जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन्।...
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण

सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण

ताजा अपडेट, ब्यानर-१, समाचार
१२ साउन, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले मुख्य सहरी सडकको बिच भागमा रहेका तथा सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा असर पुर्‍याइरहेका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तहसँग समन्वय अघि बढाएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८÷३८४ को कार्यक्रम अन्तर्गत ‘स्थानीय निकायका मुख्य सहरको सडक बिचको पोल सिफ्टिङ तथा सडक सुरक्षा आयोजना सञ्चालन गर्न लागिएको हो। कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले आफ्नो क्षेत्र भित्र सडकको बीचमा रहेका, दुर्घटनाको जोखिम बढाइरहेका वा सडक विस्तारमा अवरोध गरिरहेका पोलको स्थान पहिचान गरी सम्बन्धित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रसँग समन्वय गर्नुपर्नेछ। प्राधिकरणले स्थानीय तह, सडक विभाग तथा अन्य सम्बन्धित निकायका योजना र कार्यक्रमसँग दोहोरो नपर्ने गरी प्रस्ताव तयार गर्न आग्रह गरेको छ।प्रस्तावमा सम्बन्धित जिल्ला, स्थानीय तह, वडा, सडक वा...
साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
११ साउन, काठमाडौं ।साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएसँगै पशुपति क्षेत्र मा साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। पशुपतिनाथका साथै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेवलगायत देशभरका सानाठूला शिव मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ।...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै

ताजा अपडेट, पर्यटन, प्रेरक प्रसङ्ग, ब्यानर-१, राजनीति, समाचार
११ साउन, काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन गरिँदैछ । नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको सो सुरुङमार्ग निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको हो । आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुन् लागेको हो । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनला...
रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ । घटनास्थलको सीसीक्यामेरामा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ । रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् । ‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन ।तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ । तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ ...