Author: सगरमाथा प्रेस

भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

भारी वर्षाको समयमा उच्च सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६ असोज,काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले विज्ञप्ति जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा सम्भावित प्राकृतिक विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरिएको छ। मन्त्रालयका अनुसार प्रदेश सरकार मातहतका सबै निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन  छ।...
बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, विचार, शिक्षा, समाचार, स्थानीय
६ असोज,काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज,उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श गरेको छ। सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा असोज ४ गते उद्धारकर्तासहित बाढी प्रभावित स्थानीय,कारागारमा रहेका कैदीबन्दी तथा होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई परामर्श दिइएको हो। मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुगेर मनोसामाजिक आवश्यकता पहिचान तथा परामर्श प्रदान गरेको थियो। भदौ १० गतेदेखि रसुवाको धुन्चे,टिमुरे,स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार, ढुंगेबजारलगायत क्षेत्रमा सुरक्षाकर्मी खोज तथा उद...
रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी

रसुवा बाढीपछि चार तुइन सञ्चालनमा, ३३ झोलुङ्गे पुल पुनर्निर्माणको तयारी

जीवनशैली, ताजा अपडेट, पर्यटन, फिचर, बिशेष, राजनीति, वातावरण, समाचार, स्थानीय
६ असोज,काठमाडौं । रसुवा बाढीपछि क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण भइरहेको छ । हालसम्म चार वटा तुइन सञ्चालनमा ल्याइएको तथा थप तीन स्थानमा जडान तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना तथा गोसाइँकुण्ड गाउँपालिका–६  र  आमाछोदिङ्मो गाउँपालिका–१ स्थित हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको हो । थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।...
फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम

फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम

कानुन, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
६ असोज,पोखरा । पोखराको फिर्के खोलाको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ । सोमबार सात दिनभित्र फिर्केको खोलाघर खाली गर्न सम्बन्धित संरचनाका धनीहरूलाई अपिल गरेको हो । फिर्केमा खोलाको वहाव नै छेकेर सयौं संरचना बनाइएका छन् । तोकिएको समयभित्र संरचना नहटाए भत्काइदिने चेतावनी महानगरले दिएको छ । महानगरले भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुलउपर गर्ने मेयर धनराज आचार्यले बताएका छन् । महानगरपालिकाले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थित सहर बनाउन खोला मिचेर बनाइएका कुनै पनि संरचना बाँकी नराख्ने अडान दाबी गरेको छ ।...
विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिँदै कहिलेदेखि होला कार्यान्वयन?

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिँदै कहिलेदेखि होला कार्यान्वयन?

ब्यानर-१, राजनीति, शिक्षा, समाचार
६ असोज, काठमाडौं । सरकारले सात वर्षपछि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । त्यसका लागि सरोकारवालाबाट प्राप्त सुझावहरूलाई एकीकृत गर्दै छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्माताबाट सुझाव प्राप्त भइरहेका छन् । सुझाव व्यवस्थापनपछि कुन विषय रहने र कुन विषय नरहनेबारे निर्क्यौल हुनेछ । । शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले परिमार्जित पाठ्यक्रम आगामी शैक्षिक सत्रदेखि नै लागु हुने बताएका छन् । नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूले पुराना पाठ्यपुस्तकबाटै पठनपाठन जारी राख्ने छन् । तत्काल नयाँ पुस्तक लागु हुन नसके पनि पाठ्यक्रमको दायरा परिमार्जन गर्दै हालको कोर्सको भार घटाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइने शिक्षा मन्त्रालयको तयारी छ । पाठ्यक्रमको पूर्ण रूपान्तरण २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ, तर स...
सुरु भयो घरजग्गा एक्स्पो

सुरु भयो घरजग्गा एक्स्पो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१ असोज, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। सभामुख डीपी अर्यालले प्रदर्शनी उद्घाटन गरेका छन्। प्रदर्शनी ४ असोजसम्म चल्नेछ।
अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

अन्तर्राष्ट्रिय, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
१ असोज,काठमाडौं । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गरेको छ । भिसा अवधि सकिएपछि पनि बस्ने,एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ। गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा नयाँ आप्रवासन सुधार नीति सार्वजनिक गर्दै सरकारको लक्ष्य शुद्ध वैदेशिक आप्रवासनलाई कम गर्ने बताएका छन्। बर्कका अनुसार सरकारले आप्रवासनलाई समर्थन गरे पनि आप्रवासन प्रणालीको दुरुपयोग गर्ने गतिविधि स्वीकार नगर्ने नीति लि इएको छ। नयाँ व्यवस्थाअन्तर्गत भिसा अवधि सकिएपछि अस्ट्रेलियामै बसिरहनेलाई लक्षित गरिनेछ । विद्यार्थी भिसा प्रयोग गरेर अर्को भिसामा निरन्तर जाने ‘भिसा हपिङ’ रोक्न पनि नियम कडा बनाइने जनाइएको छ। पर्यटक भिसालाई अस्ट्रेलियामा बसिरहने माध्यमका रूपमा प्रयोग हुन नदिन सबै भिजिटर भिसामा ‘नो फर...
मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । गत २२ भदौदेखि आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो । सडक डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन गुड्न थालेपछि मुग्लिन – नारायणगढ सडक खण्डमा पनि दुईतर्फी सडक खुला गरिएको हो। कृष्णभिरमा सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन भरतपुरले तुइनखोलामा आंशिक सडक बन्द गरेर पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गरिरहेको थियो। स्लोप स्टेबिलाइजेसन निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भइनसकेकाले पनि कार्यालयले जनाएको छ।  ...
असोजमा कुन बैंकले कति दिन्छन् ब्याजदर ?

असोजमा कुन बैंकले कति दिन्छन् ब्याजदर ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । अघिल्लो महिनाका लागि हरेक मसान्तको दिन ब्याजदर सूची बैंकहरूले सार्वजनिक गर्दै आइरहेका छन् । असोज महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर घटेको छ । बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।...
४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, समाचार
३१ भदौ,काठमाडौं । सरकारले असोज  १ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो ।विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारीसाधन दर्ता गर्न सूचित गरेको छ । सरकारले ७ जेठ २०८३ देखि लागु हुने गरी दर्ता रोकेको थियो । ...