Author: सगरमाथा प्रेस

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय, स्वास्थ्य
१० साउन,काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले २०० वटा फलफूलका बिरुवा रोपेको छ । “आजको एउटा बिरुवा,भोलिको सुन्दर भविष्य।” भन्ने नाराका साथ हरिशयनी एकादशीको अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनको सन्देश दिन क्लबले काठमाडौंको तारकेश्वर नगरपालिका ५, तिनपिप्लेमा ४ वटा रोट्¥याक्ट कलबसँगको सहकार्य र ग्रीन भ्याली ग्रीन नेपालसँगको समन्वयमा शनिबार सो वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको क्लब प्रेजिडेन्ट सीता पौडेलले जानकारी दिइन् । प्रेजिडेन्ट पौडेलका अनुसार रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी  “१ लाख बिरुवा रोपण अभियान ” लाई समेत सफल पार्न क्लबले अम्बा,अमला,लप्सी,जामुन,अबोगाडो लगायतका विभिन्न प्रजातिका फलफूल र ज्याक्राण्डा,तेजपत्ता,कपुर,चाँप,कल्की,पारिजात लगायतका फुल तथा वनस्पतिजन्य २०० वटा विरुवा रोपेको हो। सो वृक्षारोपणमा रोटेरियन,रोटर्याक्टर र स्थान...
बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१० साउन, काठमाडौं ।आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ ।   ...
सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

अपराध, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१० साउन, सिन्धुपाल्चोक । मापदण्ड विपरीत र अनुमति नलिई सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालिमा सिल गरिएको जनाएको हो । अनुगमन क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र अनधिकृत ल्याब तथा एक्सरे सेवा सञ्चालन गरिरहेको पाइएको टोलीले उल्लेख गरेको छ । यसैबीच, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । कानुनी प...
बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१० साउन, काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउन सक्ने विपत्तिबारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपद्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइडमार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्रयाजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ । मानिसले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्...
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१० साउन, बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरुले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन् । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो । हिजो शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो ।  ...
ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ए दुबई इनभाइट : आफन्तलाई घुमाऊ

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
८ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ए दुबई इनभाइट’ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दुबईका बासिन्दाले आफ्ना साथीभाइ वा परिवारका सदस्यलाई जुलाई २० देखि अक्टोबर ३१ सम्म दुबई भ्रमणका लागि आमन्त्रण गरेमा तीन हजार दिराम भन्दा बढी मूल्यका विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्। अभियानमार्फत सहभागीहरूले होटल बसाइ,रेस्टुरेन्टमा भोजन तथा विभिन्न पर्यटकीय आकर्षणस्थलका प्रवेश टिकट लगायतका लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ। दुबई सरकारले यो अभियान गर्मीयाममा अपेक्षाकृत कम हुने पर्यटक आगमन बढाउने र यस वर्षको सुरुआतमा क्षेत्रीय द्वन्द्वका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यले सञ्चालन गरेको जनाएको छ। यो अभियान जुलाई २० देखि सुरु भई अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ।पर्यटन क्षेत्रलाई थप गतिशील बनाउँदै दुबईलाई ...
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं)  घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिएको र घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले लेखा अधिकृतलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।  अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।  ...
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन

बिशेष, ब्यानर-२, वातावरण, समाचार
७ साउन,काठमाडौं। सरकारले सञ्चालमा ल्याएको ‘हेलो सरकार’ मा बुधबार सम्म १ हजार ४४२ वटा गुनासो प्राप्त भएका छन्। प्राप्त गुनासोमध्ये अनलाइन पोर्टलमार्फत दर्ता भएका ३६२ वटा तथा प्राप्त ६०० फोन कलबाट ५६७ वटा गरी कुल ९२९ वटा गुनासो व्यवस्थापन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। उनका अनुसार बाँकी ८८७ वटा गुनासो सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाइएको छ।  ...
मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ साउन,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानम...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६ साउन,काठमाडौं ।हाल देशभर रहेको मनसुनी वायुको प्रभावले गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केहि स्थानमा कोशी,लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ।देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भू–भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्र...