Author: सगरमाथा प्रेस

संसद्‌भित्र छुट्टै समिति, रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइदै

संसद्‌भित्र छुट्टै समिति, रविको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइदै

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ भदौ, काठमाडौं ।प्राकृतिक विपद्पछिको अवस्थामा काम गर्ने गरी दुई वटा सर्वदलीय संयन्त्र बन्ने भएको छ । एउटा संसद् बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र अर्को संसद्भित्र रहेका दलहरू रहेको संसदीय समिति ।आज बुधबार सिंहदरवारमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बन्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए । लामिछानेको नेतृत्वको संयन्त्रमा नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी,श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल समावेश हुनेछन् । यसमा राष्ट्रिय जनमोर्चालाई पनि समावेश गर्ने बताइएको छ । रास्वपा प्रवक्ता खरेलले भने, ‘दिगो रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको...
कृष्णभीर सडकखण्डमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

कृष्णभीर सडकखण्डमा भोलिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१ भदौं, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ,ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। रातिको समयमा समेत फ्लड लाइटको व्यवस्था गरेर निर्माण भइरहेको र बाँकी काम आज बुधबार बेलुकासम्म सम्पन्न हुने कार्यालयले जनाएको छ ।...
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३१ भदौं,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्। उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन) लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपा प्रवक्ता जगदीश खरेलले बताएका छन्।...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न रास्वपाको माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ भदौं,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेका हुन्। सांसद खरेलले बाढी,पहिरो र कटानजस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको जिकिर गरे। ‘भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न नमिल्ने उनको भनाइ छ। प्रवक्ता खरेलले भने, ‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्। त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’ उनले यस्ता घटनाहरू प्राकृतिक विपत्ति वा मानव सिर्जित विपत्ति भएको जिकिर गरे।उनले यस्ता विपत्...
मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१ भदौ,काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।   त्यस्तै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ।  ...
ठेक्का,जग्गा प्राप्ति,मुआब्जाको मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने प्रस्ताव

ठेक्का,जग्गा प्राप्ति,मुआब्जाको मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने प्रस्ताव

ताजा अपडेट, समाचार
२८ भदौ,काठमाडौं ।पुर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा ९० दिनभित्र टुंग्याउनुपर्ने गरी सरकारले कानुन बनाउँदैछ। मुद्दा दायर भएको मितिले ९० दिनभित्र त्यस्तो मुद्दाको किनारा गरिसक्नुपर्ने व्यवस्था भएको छ। मन्त्रालयका अनुसार प्रस्तावित व्यवस्था ऐनमा रुपान्तरित भएर कार्यान्वयनमा आएपछि ठेक्का, जग्गा प्राप्ति, मुआब्जा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्दा हुने अवरोध हट्नेछ। न्याय परिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशहरू मध्येबाट नेपाल सरकार मन्त्रिपरिषदले तोकेको एक जना न्यायाधीश अध्यक्ष हुन्छन् । अर्थशास्त्र,व्यवस्थापन,वाणिज्य कानून वा वित्त विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र सार्वजनिक खरिदको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव हासिल गरेका व्यक्तिहरू मध्येबाट नेपाल सरकार,मन्त्रिपरिषद्ले नियुक्त गर...
रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२८ भदौ,काठमाडौं ।रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गरेको छ । शनिबार चौतारा सागाँचोकगदी नगरपालिका–५ , मेलम्ची नगरपालिका–११,बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा एकैचोटी आयोजित उक्त शिविरबाट १ हजार ४ सय जनाको आँखा परीक्षण गरिनुका साथै आवश्यक औषधि समेत वितरण गरिएको शिविरका संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया समेत गरिएको उनले बताए । शिविर सञ्चालन र व्यवस्थापनका लागि  रोटरी क्लब अष्ट्रेलिया,रोटरी कम्युनिटि क्रब्स सिन्धुपाल्चोक लगायतले सहयोग गरेको क्लब प्रेसिडेन्ट मोहन कुमार श्रेष्ठले बताए ।...
मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का

मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२८ भदौ,काठमाडौं ।सरकारले मलेसियामा श्रमिक पठाउने २५० वटा म्यानपावरको नयाँ पूर्वस्वीकृति प्रक्रिया तत्कालका लागि रोक्का गरेको छ । विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध भएका २५० वटा इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति रोक्का गरिएको हो। वैदेशिक रोजगार विभागले एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ वटा संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका २५० वटा संस्थाको पूर्वस्वीकृति रोक्का गरेको हो। मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबीचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहलसमेत जारी रहेको  भनाइ छ । नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता तथा नेपालको कानुनअनुसार श्रमिक पठाउने व्यवस्था गर्न मलेसिया सरकारसँग अनुरोध भइरहेको मन्त्रालयले ज...
नेपाली नारीको महान् पर्व हरितालिका तीजको आज दर खाने दिन

नेपाली नारीको महान् पर्व हरितालिका तीजको आज दर खाने दिन

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२८ भदौं ,काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइतीले छोरीचेलीलाई बोलाएर दर खुवाउने परम्परा छ ।भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ । तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय विभिन्न देशहरुमा समेत मनाउन थालिएको छ । आइतबार दर खाएपछि सुरु हुने यो पर्व ऋ...
रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

कृषि, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
२८ भदौं,पोखरा ।रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। समितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई,द्वितीय उपाध्यक्षमा योगेश भट्टराई,महासचिवमा वीरेन्द्र शेरचन निर्वाचित भएका छन्।यस्तै,सचिवमा रोशन जंग कार्की,कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित भए। वैभव पौडेल,भीष्म राज पौडेल,लोकेश ढकाल,कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिल बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने सदस्य पदमामा निर्वाचित भएका छन् ।...