Author: सगरमाथा प्रेस

शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य
६ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक बजेट पारित भएको २३ दिनपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउन सरकार तयार भएको छ । प्रधानमन्त्री बालेन शाहले नै स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागु नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै हटाइएको जानकारी दिएका हुन्। यो प्रावधानसहितको आर्थिक विधेयक (बजेट) प्रतिनिधिसभाबाट गत असार १४ गते पारित भएको थियो ।प्रतिनिधिसभाबाट बजेट पारित भएको २३ दिनपछि सरकार शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउन तयार भएको हो । संघीय संसद् सचिवालयका अनुसार आर्थिक विधेयकको दफा १८ ले करको दर हेरफेर पूर्ण वा आंशिक रूपमा गर्न सक्ने गरी सरकारलाई संसद्ले अ...
बझाङ केन्द्रविन्दु भएर भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बुधबार बिहान ४ः४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण ६ साउन,बैतडी । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ४स्४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।क्षतिको विवरण भने, प्राप्त भएको छैन ।    ...
श्रावणको पहिलो सोमबारः पशुपतिनाथमा भक्तजनको घुँइच

श्रावणको पहिलो सोमबारः पशुपतिनाथमा भक्तजनको घुँइच

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
४ साउन,काठमाडौं । हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुँइचो लागेको छ। भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार बिहानैदेखि श्रद्धा र भक्तिपूर्वक दर्शन गर्न भक्तालुहरुको घुँइचो लागेको हो । सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय विश्वास छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिवभक्तिका लागि अत्यन्त शुभ समय मानिएको छ। साउन महिना भगवान् शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्रमन्थनसँग जोडिएको छ। पुराणअनुसार देवता र दानवहरूले अमृत प्राप्तिका ल...
मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ साउन,काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। भने देशका पहाडी भू–भागका धेरै स्थानमा,कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
४ साउन,काठमाडौं ।अर्जेन्टिनालाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बनेको छ । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात प...
असई भुजेल बने असार महिनाको उत्कृष्ट प्रहरी

असई भुजेल बने असार महिनाको उत्कृष्ट प्रहरी

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, समाचार
३ साउन, काठमाडौं ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धान कार्यालयले उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दैै पुरस्कृत गरेको हो।भुजेल अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी काम गरेको बताइएको छ । विशेषगरी सूचना संकलनदेखि जटिल घटनाको अनुसन्धानसम्म खटिई उत्कृष्ट काम गरेको बताइएको छ। काठमाडौं उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण,फरार प्रतिवादी पक्राउ,कर्तव्य ज्यान,चोरी,डाँका लगायतका विभिन्न गम्भीर अपराधका घटनाको सफल अनुसन्धान गर्नुका साथै कारागारबाट फरार रहेका प्रतिवादीहरू पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अपराध अनुसन्धान कार्यालयले बताएको छ।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३ साउन, काठमाडौं ।आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ रहेकोमा ४० रुपैंयाँ बढेर आज ४ हजार २४० रुपैयाँ पुगेको छ ।  ...
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

अर्थतन्त्र, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३ साउन, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरु गरिएको परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ। ई–टिकेटिङ प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज सेवा पाउने विश्वास लिइएको छ।...
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’ को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ । विभागले विभिन्न माध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै सो आग्रह गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आपूmले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ । शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता,...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

ताजा अपडेट, ब्यानर-१, समाचार
२ साउन,काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने कुरालाई मध्यनजर गर्दै सो कार्य अघि बढाएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई(जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने सम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्ने आशा लिइएको छ । टिकटकको ग्लोबल पब्लिक पोलिसी टीमका एआई प्रमुख टम वर्गिसले भने, ‘...