सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित
१७ भदौ,काठमाडौं । भदौ १० गतेको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ।
बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सो प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्ला तथा धादिङ,गोर्खा र चितवनलाई मध्यम प्रभावितमा सूचीकृत गरेको छ।
मृत्यु र बेपत्ता
नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ।
सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६,नवलपरासी पश्चिममा १७०,नुवाकोटमा ९५,गोर्खामा ६५,धादिङमा ५५,तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त ...








