Author: सगरमाथा प्रेस

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड हिनामिना भएको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड हिनामिना भएको निष्कर्ष

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२ साउन, काठमाडौं । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला पारेको छ । यससम्बन्धी प्रतिवेदन स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई बुझाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका...
मौसम पूर्वानुमान : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान : यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२ साउन,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी र तराई भूभागको धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।उता राति पनि देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली...
बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्य गरिने सरकारी प्रतिबद्धता

बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्य गरिने सरकारी प्रतिबद्धता

ताजा अपडेट, राजनीति, समाचार
३२ असार, काठमाडौं ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव बेचबिखन जस्ता गम्भीर समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा  ‘अन्ताराष्ट्रिय श्रम संगठन (आइएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९०’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा उनले सो कुरा बताएका हुन्। मन्त्री यादवले बाध्यकारी श्रम र यसको उन्मूलन सम्बन्धी अन्ताराष्ट्रिय महासन्धिहरू नेपालले यसअघि नै अनुमोदन गरिसकेको पनि स्मरण गराए। उनले यस प्रोटोकलले बाध्यकारी श्रमको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीमाथि प्रभावकारी कारबाहीका लागि सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बताए। नेपालको संविधान र प्रचलित कानूनहरूले सबै प्रकारका श्रम शोषण र दासत्वलाई निषेध गरेको हुनाले सोको कार्यान्वयनमा प्रतिबद्ध रहे...
मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३२ असार,काठमाडौं । आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । केही प्रदेशका धेरै स्थानमा दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले वर्षा भइरहेको छ। अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी, वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशको हिमाली भूभाग तथा को...
अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, मनोरन्जन, समाचार
३२ असार, काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। आज बुधबार विहान अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा प्रवेश गर्न सफल भएको हो। ४० वर्षअघि सन् १९८६ को विश्वकपमा म्याराडोनाले खेलका क्रममा यी दुई टोलीबीच जुन २–१ को नतिजा निस्किएको थियो, ठीक त्यही स्कोरलाइनमा अर्जेन्टिनाले जितको फारम दर्ता गरेको छ। यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ   । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले सुरुवाती चरणमा खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर,दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । गोल खाएपछि अर्जेन्टिनाले ...
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असार, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  ...
बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३१ असार,काठमाडौं ।नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । ७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।...
नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

नागढुंगा सुरुङमार्ग साउनमा सञ्चालन गरिने ,प्रयोग दस्तुर कति ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१ असार,काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा सुरुङमार्ग’ यही साउनभित्रै सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार अब केही दिनभित्रै उद्‌घाटनको मिति तय हुनेछ। सुरुङमार्गको सम्पूर्ण काम सकिएकाले अहिले सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाएको छ। काठमाडौंको नागढुंगाबाट धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ। सुरुवाती ठेक्का सम्झौतानुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन सकेको थिएन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए। हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको थियो। जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरक...
वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

ताजा अपडेट, समाचार
३१ असार,काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त,मितव्ययी,पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजनामा आफु पूर्ण पुर्ण रुपमा समर्पित हुने बताए । हवाई सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका विषयविज्ञ श्रेष्ठलाई निगमको महाप्रबन्धको समेत जिम्मेवारी सम्हालनेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ। विसं २०४९ मा निगमको निर्देशकबाट सेवानिवृत्त भएका उनले निगमको बजार विभाग,संस्थागत विभाग र व्यवस...
नेपाल–अमेरिका बिजनेस समिट हुने

नेपाल–अमेरिका बिजनेस समिट हुने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ असार, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार,लगानी,उद्यमशीलता,नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेस्टमेन्ट समिट (एनएबीआईएस) आयोजना गर्ने भएको छ । सेप्टेम्बर २५ देखि २७ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना हुने तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन ‘पूँजी,बिचार र अवसरलाई जोड्ने’नाराका साथ सञ्चालन हुने बताइएको छ । समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि,व्यवसायी,लगानीकर्ता,उद्यमी,नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने  छ । सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार,लगानी प्रवर्द्धन,प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ । समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क न...