Author: सगरमाथा प्रेस

मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ भदौ,काठमाडौं । सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भोली बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो। २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नै यस्तो निर्णय भएको मन्त्रालयले जनाएको छ।  ...
व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर  : महासंघ अध्यक्ष

व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर : महासंघ अध्यक्ष

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै कमजोर भएको बताएका छन् । नाडा अटो शो —२०२६ को १८ औं संस्करणको उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन्।उनले भने, ‘मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु । ‘बजार शिथिल रहेकाले अर्थतन्त्र चूनौतीपूर्ण छ । समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ छ। व्यवसायीको मनोबल निकै गिरेको छ ।’ नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको उनले बताए । ‘सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय,१ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ,’ उनले भने, ‘बजेटका घोषणा अगाडि बढेनन् ।सोही अनुसारको रणनीति बनेको देखिदैन । अर्थतन्त्...
विद्युत् महसुल घटाउने सरकारको तयारी

विद्युत् महसुल घटाउने सरकारको तयारी

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको जनाएको छ । वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको बताइएको छ। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको प्राधिकरणले जनाएको छ। सिजनल ट्यारिफमार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने संयोजक अंशुकिरण शाहीले बताएका छन्।...
विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८ भदौं,काठमाडौ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ,पारदर्शी,प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् । सञ्चारमन्त्री तिमिल्सिनासँग सोमबार राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गरेको भेटमा विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता भएकोप्रति सरकारको ध्यानाकर्षण भएकोबारे छलफल भयो। सरकारी विज्ञापन वितरणमा समस्या दोहोरिन नदिन सबै सरोकारवालले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको भनाई छ।  ...
गृहमन्त्री र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता

गृहमन्त्री र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता

ताजा अपडेट, राजनीति, समाचार
८ भदौं,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता भएको छ। आज सोमबार गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को बनस्थली स्थित केन्द्रीय कार्यालयमा घाइते जेनजी,राइड सेयरिङ चालक,ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेटवार्ता गरेका हुन्। रास्वपाले पार्टीले आयोजना गरेको नागरिक, नीति र नेतृत्वु विषयक छलफलमा गृहमन्त्री आउने थाहा पाएपछि उनलाई भेट्न पीडितहरू रास्वपाको पार्टी कार्यालय पुगेका थिए।...
नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
८ भदौ,काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आज सोमबारबाट सर्वसाधारणका लागि आंशिक रुपमा खुला गरिएको  छ। चार पाङ्ग्रे साना सवारी कार,जिप,भ्यान लगायतका लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा.विजय जैसीले बताए। अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । जैसीका अनुसार अन्य ठूला सवारी साधनले परीक्षणकालपछि प्रवेश गर्न सक्नेछन् ।  तत्कालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुने बताइएको छ ।...
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ। सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।...
बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

कृषि, ताजा अपडेट, ब्यानर-१, समाचार
८ भदौ,काठमाडौं ।पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।बिचौलियाको जालो तोड्न आवश्यक रहेको भन्दै उनीहरुले आन्दोलन गरेका छन् । बिचौलियाहरुका कारण साना किसान मर्कामा परको भन्दै देशका विभिन्न स्थानबाट सोमबार काठमाडौं आएर किसानले माइतिघर मण्डलमा प्रदर्शन गरेका हुन्। किसान र उपभोक्तालाई सिधैं जोड्नु पर्ने र बिचौलियाको जालो तोड्नु पर्ने सरकारसँग साना किसानको माग छ । साथै पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने,दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने,वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने,दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने लगायतका मागसमेत राखेका छन् । लगानीको ग्यारेन्टी गर्न पनि किसानको माग छ ।...
नेपाल–भारत सीमामा कडा निगरानी गरिने

नेपाल–भारत सीमामा कडा निगरानी गरिने

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, समाचार
६ भदौं, काठमाडौं ।नेपाल र भारत सीमामा कडाइ गर्ने निर्णय भएको छ ।नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले सो निर्णय गरेको हो । कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा भदौ ४ र ५ गते बसेको थियो । दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने,तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाइ गर्ने,विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ । बैठकमा सन् २०२५ मा नेपालको पोखरा...
भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरणको अपिल

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरणको अपिल

ताजा अपडेट, समाचार
६ भदौं,काठमाडौं ।जेनजी अभियानका अभियान्ता रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण,सम्मान,शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्। राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति,घाइतेहरूको आत्मबल,शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकताका लागि नागरिकहरू एकजुट हुनुपर्ने बताए। “भदौ २३ गते आन्दोलन गर्न होइन, आन्दोलनको सम्झना र सम्मानमा जुटौँ। शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा र समग्र नेपाली जनताको एकता कायम गर्न लाखौँ नागरिक सडकमा उत्रिऔँ,” हमालले भने। हमालले आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनी गर्दै राज्यविहीनताको अवस्था ...