Author: सगरमाथा प्रेस

मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८ असार,काठमाडौं । आज देशभर अधिकांश बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही स्थानमा  आज मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी तथा मधेश प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशसहित कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।...
नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

नागार्जुनको सीताराम मावि र सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
२७ असार, काठमाडौं । नागार्जुन नगरपालिका–६ स्थित सामुदायिक सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। नागार्जुन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी कार्यवाहक प्रमुख सुशिला अधिकारीको वडा ६ का अध्यक्ष देवेन्द्रराज गिरी,प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा। चो युन यी, निर्देशक योङ–सुन ओह लगायतको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार दुवै संस्थाबीच शैक्षिक आदान–प्रदान,शिक्षक तथा विद्यार्थीको क्षमता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिने जनाइएको छ । उक्त सहकार्यले विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक सञ्जालसँग जोड्दै विद्यार्थी र शिक्षकका ला...
यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ असार , काठमाडौं । यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत पठाउने भन्दै ठगी गर्ने चार कन्सल्टेन्सीका ८ जना सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।...
बढ्यो सुनको भाउ, तोलाको कति ?

बढ्यो सुनको भाउ, तोलाको कति ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२६ असार, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज शुक्रबार तोलामा २ हजार ७ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय तोकिएको छ । हिजो बिहीबार तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदीको भाउ पनि बढेको छ । बिहीबार तोलाको ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको छ ।...
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२६ असार, बागलुङ। बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।  १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उनको भनाइ छ । असुरक्षित यौन सम्पर्क, रगत लिँदारदिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उनको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ ।  ...
आयल निगमको निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक

आयल निगमको निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक

ब्यानर-२, राजनीति, समाचार
२६ असार, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो । सार्वजनिक सूची अनुसार कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमा प्युठानका छविराज पोख्रेल, प्युठानकै कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् । यसैगरी धनुषाका नागेन्द्र साह, महोत्तरीका सरोजकुमार शर्मा र सप्तरीका दीपेन्द्रकुमार देवको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ । छनौट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ ।  ...
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको  उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको उद्धार

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२६ असार, तनहुँ। तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् । नदीको बिचम अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीको भनाइ छ ।...
आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२६ असार, काठमाडौं ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ। मुगुको सोरु गाउँपालिका–१ का उनलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै कार्यालयले त्यसको खण्डनसमेत गरेको हो। सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार छानबिन गर्दा नेपालीलाई कुनै पनि प्रकारको जरिवाना तिराइएको छैन । उनले अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई गरेका छन् । नेपालीले त्रिपुरेश्वरको राहदानी विभाग अगामा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।...
आजदेखि सरकारी खाता बन्द हुँदै

आजदेखि सरकारी खाता बन्द हुँदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५ असार, काठमाडौं । आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अघि सरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था छ। यसर्थ अब सात दिन संघ,प्रदेश र स्थानीय तहका सरकारी खाता बन्त हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म सरकारको कुल बजेटको ८ प्रतिशत अर्थात १५ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ। जसमध्ये पूँजिगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड अर्थात ...
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२५ असार,काठमाडौं। आज देशभर साधरणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ । उता राती पनि अधिकांश बादल लाग्नेछ। कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी,बागमती,गण्...