Author: सगरमाथा प्रेस

असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२४ असार, काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको हो । विभागका अनुसार, आगामी असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी गरेको छ । यसर्थ असार २५ र २६ गते सेवाहरू बन्द गरिने भएको छ । विभागले सूचनामा आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई सो अवधिमा विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन अनुरोध गरेको छ । विभागले यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको थियो ।  ...
गुल्मीमा गुणस्तरहीन  मह नष्ट

गुल्मीमा गुणस्तरहीन मह नष्ट

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२४ असार,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले त्यहाँबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय,तानसेन,पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । ...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२४ असार,काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०० रुपैयाँमा झरेको छ ।...
काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२४ असार,ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा,मोरङ, सुनसरी,महोत्तरी,बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा.मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहेको र त्यस मध्येमा काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी,१० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी,एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।विभागले जोखिमयुक्त क...
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा. तिमिल्सिना

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२४ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका प्रतिनिधिहरुसँगको भेटमा मंगलबार उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए। सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई सुदृद्ध गरिने मन्त्री तिमिल्सिनाको भनाइ छ। सरकारले सुशासनलाई मुख्य एजेण्डा बनाएकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणको प्रबन्ध मिलाइने पनि उनले सुनाए। उनले राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको समेत जानकारी दिए ।  ...
मौसम पूर्वानुमान : यी प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ तथा देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा र मधेश प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ । देशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ । उता राति पनि देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । भने,मधेस प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानम...
संघीय संसद्को दुवै सदनबाट बजेट पारित

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२३ असार, काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभामा प्राप्त विनियोजन विधेयक,२०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो । राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेको बजेट । प्रस्ताव बहुमतले पारित भएको हो ।यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरेका थिए ।...
काममा ‘ब्रेक–थ्रु’ गर्न प्रजिअहरूलाई निर्देशन दिइसकेँ : गृहमन्त्री सुदन गुरुङ

काममा ‘ब्रेक–थ्रु’ गर्न प्रजिअहरूलाई निर्देशन दिइसकेँ : गृहमन्त्री सुदन गुरुङ

बिशेष, राजनीति, समाचार
२३ असार, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। मंगलवार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्। गृहमन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सिमित नराखी मानवअधिकार र कानूनी राज्यको भावना अनुरूप परिष्कृत गरिने बताए। अबको गृह प्रशासनले कागजी आश्वासन र भाषणभन्दा पनि नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा दिने उनको जिकिर छ । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाकाभूकम्प प्रभावित क्षेत्रमा घर पुनःनिर्माण, रेट्रोफिटिङ र न्य मर्मत गर्नुपर्ने देखिएको पनि उनले बताए । विगतदेखि सञ्चालित पुनःनिर्माणका कार्यहरू हालसम्म...
निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
२३ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सो विषय उजागर गरेका हुन् । काठमाडौं–तराई द्रुतमार्ग बारे बोल्दै मन्त्री लम्सालले हाल जिरो प्वाइन्ट लगायतका धेरै समस्याहरू समाधानको अन्तिम चरणमा पुगेको स्पष्ट पारे । पाल्पाको सिद्धबाबा खण्ड लगायतका सडकमा बजेट अभाव भएको भन्ने सांसदहरूको जिज्ञासामा मन्त्री लम्सालले अत्यावश्यक सडकहरूका लागि कार्यविधिअनुसार बजेट व्यवस्थापन गरिने आश्वासन दिए । ‘पालिकास्तरका सडक मर्मत तथा निर्माणका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ । कार्यपालिकाले पारित गरेका र धेरै जनसंख्याले प्रयोग गर्ने सडकलाई प्राथमिकता दिएर बजेट कार्यान्वयन गरिनेछ,’ मन्त...
नेप्सेमा सुधार,२४ दशमलव ५७ अङ्कले बृद्धि

नेप्सेमा सुधार,२४ दशमलव ५७ अङ्कले बृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२३ असार,काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ। यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ।भने, सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ। आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ वटै उपसमूहको सेयर बढेको छ।...