व्यावसायिक संस्था लाई राजनीतिबाट टाढा राख्नुपर्छ,भैरहवा र पोखरा विमानस्थल छिट्टै सञ्चालनमा ल्याउँदैछौं : सभामुख अर्याल
२९ साउन, काठमाडौं ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि हुन नहुने बताएका छन् ।
आज शुक्रबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यावसायिक संस्था नाट्टालाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याए ।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालले भने ।
पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै उनले हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण सृजना गर्नु पर्नेमा जाड दिए ।
व्यवसायीको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने भन्दै उनले विदेशी र...








