Author: सगरमाथा प्रेस

अब विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक

अब विद्यालय व्यवस्थापन समितिमा दलको सदस्यलाई रोक

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
२३ असार,काठमाडौं । सरकारले राजनीतिक दलको सदस्यता लिएका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन रोक लगाइएको छ । गत बिहीबार स्वीकृत शिक्षा नियमावली १० औँ संशोधनमा राजनीतिक दलको सदस्यता भएको व्यक्तिलाई समितिको अध्यक्ष र सदस्य हुन नपाउने प्रावधान राखिएको छ । ‘विद्यालय व्यवस्थापन समिति गठन हुनुभन्दा कम्तीमा पाँच वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्यता नलिएको,’ संशोधित नियमावलीमा भनिएको छ । भ्रष्टाचार,जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार,तोडफोड तथा आगजनी,लागुऔषध बिक्री (वितरण तथा ओसारपसार,सम्पत्ति शुद्धीकरण,अवैध रूपमा वन्यजन्तु ओसारपसार,सङ्गठित अपराध,राहदानी दुरुपयोग, जातीय भेदभाव तथा छुवाछुत,अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति पनि समितिको अध्यक्ष र सदस्य हुन पाउने छैनन् । विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३ असार,काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । विभागले सोमवार बुढानीलकण्ठस्थित देउवाको घर पुगेर बयानका लागि आउनू भनी घरमा पत्र टाँसेको छ ।पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको स्पष्ट उल्लेख गरिएको छ । देउवाका छोरा जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुृद्धिकरण विभागलगायतका निकायमा उजुरी परेको छ ।तसर्थ अनुसन्धानका लागि उनका नाममा बयान लिन पुर्जी काटिएको स्रोतको भनाइ छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान प्रकृया थालिसकेको छ ।  ...
बालबालिकाको मुख स्वास्थ्यका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सुरु गरिदैं

बालबालिकाको मुख स्वास्थ्यका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सुरु गरिदैं

ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२२ असार, काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले देशभरका ५० हजार बालबालिकाको मुख स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘५० हजार स्माइल्स नेपाल’अभियान सञ्चालन गर्ने भएको छ। रोटरीको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीले कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र बीएम फाउन्डेसनसँगको सहकार्यमा सो अभियान सञ्चालन गर्न लागेको हो । उक्त अभियान १ जुलाई २०२६ देखि ३१ जुन २०२७ सम्म सञ्चालन हुने बीएम फाउन्डेसनका अध्यक्ष एवम् रोटरी डिस्ट्रिक्टको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका सदस्य डा.बुद्धिमान रोटरीयन डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । अभियानअन्तर्गत देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने परियोजना संयोजक समेत रहेका उनको भनाइ छ।...
सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२२ असार,काठमाडौं ।सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ । सोमबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा उक्त प्रावधान राख्न लागिएको बताए । सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताए । मन्त्री पौडेलले हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए । पर्यटन प्रवर्द्धनका लागि सरकारी,निजी,गैर–सरकारी,दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।  ...
कांग्रेसको प्रश्न : यो देश कालो चश्मा,कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेको मात्र हो ?

कांग्रेसको प्रश्न : यो देश कालो चश्मा,कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेको मात्र हो ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ असार,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हिँड्नेहरूको मात्र नभएको टिप्पणी गरेका छन्। सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। सुकुमवासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गर्न माग गर्दै उनले समाधानको नाममा हजारौँ सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकलाई वर्षा यामको मुखमा वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु सरकारको संवेदना शुन्य भएको लक्षण भएको आरोप लगाए। व्यवस्थापनको नाममा सुकुमवासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने र पछि रातारात धपाउने कुरा उचित नभएको उनको तर्क छ । नेता आङदेम्बेले यो देश सुकुमवासी अव्यवस्थित बसोवासी गरिब किसान र मजदुरहरूको यो देश होइन ? भन्दै प्रश्न समेत गरेका छन् ।...
रोटरी क्लब अफ काठमाडौं नर्थको ३३ औँ पदस्थापना सम्पन्न, प्रभावमुखी सेवा परियोजनामा जोड

रोटरी क्लब अफ काठमाडौं नर्थको ३३ औँ पदस्थापना सम्पन्न, प्रभावमुखी सेवा परियोजनामा जोड

बिशेष, ब्यानर-१, समाचार
२२ असार, काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थको ३३ औँ पदस्थापना तथा रोटरी वर्ष २०२६–२७ का नयाँ नेतृत्वको सपथ तथा पदभार ग्रहण समारोह सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर नोमिनी (डिजिएन ) रोटेरियन अमित गिरिको प्रमुख आतिथ्यता तथा क्लबका नवनिर्वाचित प्रेसिडेन्ट रोटेरियन सीता पौडेलको अध्यक्षतामा शनिबार धुम्बाराहीस्थित होटल रमादामा सो समारोह सम्पन्न भएको हो । रोटरी वर्ष २०२६–२७ का असिस्टेन्ट गभर्नर रोटेरियन ज्ञानेन्द्र भारी तथा निवर्तमान असिस्टेन्ट गभर्नर रोटेरियन मञ्जु धमला र क्लबका इमिडियट पास्ट प्रेसिडेन्ट रोटेरियन प्रदीप थापा विषेश अतिथिको रुपमा रहेका थिए । क्लबका पूर्व प्रेसिडेन्टहरु, रोटेरियनहरू,रोटरी परिवार,रोटर्याक्ट तथा इन्टर्याक्टक्लबका प्रतिनिधिहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको सो समारोहमा प्रमुख अतिथि डिजिएन गिरीले...
समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२२ असार,काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे। घरलाई जोखिममुक्त बनाउन महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वको टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ। कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएपछि ।तत्काल ८ घर जोखिममा देखिएका छन् । महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम)ले प्रतिकार्यका लागि वडाको विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको विभागका प्रमुख अनिरुद्र नेपालले बताए । स्थानीयका अनुसार यहाँ ढल निकासको क्षमता कमजोर हुनुका साथै बर्खाको पानीले प्लास्टिक,बालुवा, माटो बगाएर ल्याएपछि नदी जाम हुनुे समस्या छ ।  ...
फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल

फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल

ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
२२ असार,पोखरा ।पोखरा–दुबई उडान दिगो बनाउन फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताए । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन,न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको विश्वास लिइएको सो अवसरमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तरराष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएइरहेको जानकारी दिए । पोखरा पर्यटन परिषद्का पूर्व...
सानो भन्दाभन्दै ठूलै गल्ती गरियो र यो अवस्थामा आइपुगियो : प्रचण्ड

सानो भन्दाभन्दै ठूलै गल्ती गरियो र यो अवस्थामा आइपुगियो : प्रचण्ड

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२२ असार,काठमाडौं ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले विगतमा पार्टी राजनीति र देशको लागि ठूलै गल्ती गरेका कारण अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका छन् । पार्टीको उपत्यका प्रदेश समितिको कार्यक्रममा प्रचण्डले संघमा प्रधानमन्त्री,मन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र मन्त्री बन्ने लोभ र बिचौलियाहरूसँगको साँठगाँठका कारण आफूहरू अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका हुन्। उनले विगतमा ठूलो क्रान्ति र त्याग गरे पनि पुराना संसदीय दलको सिको गर्दा अहिले यो अवस्थामा पुगेको बताएका छन् ।कार्यक्रमा उनले एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको दुखेसो पोखे। ‘हामीलाई लाग्यो ( अरुले गरेका छन् भने हामीले गर्न किन नहुने? ’, उनले भने, ‘पदका लागि, प्रतिष्ठाका लागि, पैसाका लागि दलालसँगको साँठगाँठमा लाग्यौँ। त्यसैले जनतामा हामीप्रति वितृष्णा उत्पन्न भयो। हामी अ...
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२२  असार,काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयद्धारा आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफलमा कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना उनले सुनाए। कार्यक्रममा उनले आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरला राजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने र मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए। मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पौडेलले सम्बन्धित निकायलाई निर्द...