Author: सगरमाथा प्रेस

साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा  भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२५ साउन,काठमाडौँ। साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँच लागेको छ। बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू पूजा आराधना तथा दर्शनका लागि पशुपतिनाथ मन्दिर क्षेत्रलगायत विभिन्न शिवालयहरुमा पुगेका छन्। भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि भक्तजनहरू वाग्मती नदी किनारस्थित सुन्दरीजलमा जम्मा भएका छन्। प्रत्येक वर्ष साउनको सोमबार सुन्दरीजलमा जम्मा भई स्नान गरेर शुद्ध कपडा लगाई पशुपतिनाथमा जल चढाउने परम्परा रहेको छ। साउन महिनाको हरे...
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने भएको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा जारी सूचनामा कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने उल्लेख छ। विगत केही समयदेखि बजारमा ग्यास सहजरुपमा नपाएर उपभोक्ताहरु मर्कामा छन्।ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाइ आफूनिकट व्यक्ति,होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु सहज रूपमा तोकिएको मूल्यमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो,’ विभागद्वारा जारी सूचनामा छ,‘ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु,कालोबजारी गर्...
शिक्षकहरूले भदौदेखि सशक्त आन्दोलन गर्ने,यस्ता छन् मागहरु

शिक्षकहरूले भदौदेखि सशक्त आन्दोलन गर्ने,यस्ता छन् मागहरु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
२२ साउन,काठमाडौँ ।नेपाल शिक्षक महासङ्घले आगामी भदौदेखि सशक्त रूपमा आन्दोलन गर्ने भएको छ । शुक्रबार तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले विगतका सहमति तथा पेसागत हकहितका विषयहरू सम्बोधन नभए आगामी भदौदेखि आन्दोलनमा उत्रने निर्णय गरेको उल्लेख गरेको हो। महासङ्घको संशोधित विधान पारित गरी शिक्षा तथा खेलकुद मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिसकिएको जानकारी दिँदै परिषद्ले चालु आर्थिक वर्ष २०८३र०८४ को बजेटमा प्रारम्भिक बालविकास शिक्षक,विद्यालय कर्मचारी तथा सिकाइ अनुदान शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताबाट वञ्चित गराइएको भन्दै तीव्र विरोध जनाएको छ। २०८२ वैशाख १७ गतेको मन्त्रिपरिषद् निर्णय अनुसारको दुर्गमरस्थानीय भत्ता सबै शिक्षकलाई उपलब्ध गराउन र बालविकास शिक्षक तथा विद्यालय कर्मचारीका लागि दरबन्दी सिर्जना गरी सेवा सुविधा सुनिश्चित गर्न सरकारसँग...
काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, बिशेष, समाचार
२२ साउन,काठमाडौँ ।काठमाडौँको नागार्जुन नगरपालिका स्थीत हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं ९ घर भई हाल काठमाडौँको कपन बस्दै आएका २३ वर्षीय युवा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउन १९ गते राति करिब १०ः१५ बजेको समयमा नागार्जुन नगरपालिका वडा नं ८ स्थित सिभान्स सप्लायर्स हार्डवेयर पसलका सञ्चालकमाथि चक्कु प्रहार भएको थियो । घटनालगत्तै आक्रमणकारी फरार भएका थिए। घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई साउन २० गते कोटेश्वरबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुस...
संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ साउन,काठमाडौं।विपक्षी दलहरूले प्रतिनिधिसभामा आज पनि विरोध गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनीहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिए । उनले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दिए । १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे दुई वटा कुरा राखेका थिए । पहिलो – लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमिया नोट भारत सरकारलाई पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले राखेका थिए । ‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेक...
स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा

स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ साउन,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने बताए। उनले केवल चुनावी प्रतिष्पर्धा मात्र नभई,निर्वाचित हुने जनप्रतिनिधिहरूलाई शासन सञ्चालनका लागि दक्ष बनाउन विशेष प्रशिक्षणको समेत योजना रहेको जानकारी दिए। आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय तथा प्रदेश तहमा नेतृत्व लिन इच्छुक र योग्य व्यक्तिहरूलाई पहिचान गरी पार्टीको यस अभियानमा जोड्न आग्रह गरे । उनले भने, ‘हामी आगामी दिनमा मेयर, उपमेयर र वडा अध्यक्षका प्रत्यासीहरूलाई प्रशिक्षित र तयार गर्न ...

सभामुखको निर्देशन : ‘संसद्‍मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतले संसद्‍मा आउँदा पनि कालो चस्मा छोड्दैनन् । रास्वपाबाट निर्वाचित भएका उनीहरूका पोसाक र चस्माले संसद्‍मा समेत बहसको विषय बनेको छ । यो संसदीय मर्यादा अनुकूल नभएको भन्दै प्रश्न उठ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका हुन्। बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुका अनुशासन लगायतका विषयमा छलफल भएको थियो ।सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्नरगराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए । तोकिएको पोशाक र सांसदको लोगो लगाउन तर कालो चस्मा नलगाउन निर्देशन दिएको सभामुख अर्यालका स्वकीय सचिव नवराज ...
१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

१३ अंक घट्यो सेयर बजार, ६४ कम्पनीको मूल्य बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ साउन,काठमाडौं।बिहीबार सेयर बजारमा ६४ कम्पनीको मूल्य बढेको छ भने २०२ को घटेको छ ।कारोबार भएका अरु १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से १३.८२ अंक घटेको छ।यो कमीपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबारका क्रममा आज दिनभर बजार ओरालोमा रह्यो । कारोबार रकम केही बढेको छ।अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ६२ करोडको भयो । आज व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्।सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो। यस्तै अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो ।आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।  ...
राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

राजमार्ग दायाँबायाँका जग्गाको विकास कर ५ प्रतिशत बिन्दु पु¥याइँदै

कानुन, ताजा अपडेट, बिशेष, समाचार
२१ साउन,काठमाडौं ।सरकारले संघीय,प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्‍याउने गरी सरकारले सार्वजनिक सडक विधेयकको मस्यौदा तयार पारेको छ। पूर्वाधार विकास मन्त्रालयले यो विधेयक बनाएको हो।प्रस्तावित प्रावधान अनुसार जग्गा प्राप्त गर्दा जुन क्षेत्र वा इलाकामा त्यस्तो जग्गाको जे जति मूल्य कायम भई मुआब्जा दिइएको हो,त्यस्तो क्षेत्र वा इलाकामा सोही मूल्यको बढीमा २५ प्रतिशतसम्म विकास कर एक पटक लिने गरी सरकारले राजपत्रमा सूचना प्रकाशन गर्ने छ। विद्यमान सार्वजनिक सडक ऐनले विकास करको दर कायम गर्ने प्रयोजनका लागि जग्गालाई दुई खण्डमा विभाजन गरेको छ।जस अनुसार १ सय २५ मिटरसम्मको जग्गालाई ‘क’वर्गको सडक मानी २० प्रतिशत र १ सय २५ देखि १ सय ५० मिटरसम्मको जग्गालाई खण्ड ‘ख...
तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

तोलामा ८ हजार रुपैयाँ बढ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२१ साउन, काठमाडौं । आज बिहीबार सुनको मूल्य प्रतितोलामा ८ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ ।...